Trending
Prev Story
Next Story

विश्वकप लिग-२ः ओमानविरुद्ध नेपालको कसिलो बलिङ

Nagarik News •
October 13, 2026 • 10:05 AM
1
1 reads 0 reactions

नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याएको घरेलु टोली ओमानले पाँच ओभरभित्र २ विकेट गुमाएर मात्र १० रन बनाएको छ।

विश्वकप लिग-२ः ओमानविरुद्ध नेपालको कसिलो बलिङ

आईसिसी विश्वकप क्रिकेट लिग २ को आफ्नो अन्तिम शृंखलाको दोस्रो खेलमा नेपालले ओमानविरुद्ध धारिलो बलिङ गरेको छ। नेपालले दिएको २६४ रनको  लक्ष्य पछ्याएको घरेलु टोली ओमानले पाँच ओभरभित्र २ विकेट गुमाएर मात्र १० रन बनाएको छ।

हसन वाहाबलाई शुन्य रनमा करण केसीले र मुजिबुर अलीलाई २ रनमा नन्दन यादवले बोल्ड गराएका हुन्।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर २६३ रनको योगफल तयार पारेको थियो ।

आठौं नम्बरमा ब्याटिङ गर्न आएका करण केसीले मात्र १६ बलमा ४ छक्का र एक चौकाको मद्दतमा ४० रनको योगदान गरे। रोहित पौडेलले ६१ रन बनाउँदा अर्जुन कुमालले ४० रन जोडे। ईशान पाण्डे र बसिर अहमदले समान ३७, दीपेन्द्र सिंह ऐरीले २२, सुन्दीप जोराले १० रन बनाउँदा आशिफ शेख ४ र नन्दन यादवले नटआउट ७ रनको योगदान गरे।

ओमानका लागि शाह फेसिल, शकिल अहमद र करन सोनाभ्ले समान २ विकेट लिए।

प्रकाशित: २७ आश्विन २०८३ १५:५० मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
1d ago
नेपाल प्रिमियर लिगमा सन्दीप लामिछानेको हृयाट्रिक विकेट

नेपाल प्रिमियर लिगमा सन्दीप लामिछानेको हृयाट्रिक विकेट

एनपीएल ३ मा पहिलो पटक कुनै खेलाडीले लगातार तीन विकेट लिएका हुन् ।

#विकेट #लिग
Compare →
Hamro Patro News
1d ago
सन्दीप लामिछानेको घातक बलिङ, ह्याट्रिकसहित लिए ६ विकेट

सन्दीप लामिछानेको घातक बलिङ, ह्याट्रिकसहित लिए ६ विकेट

काठमाडौं -विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट प्रदर्शन गर्दै ह्याट्रिकसहित ६ विकेट लिएका छन् । पोखरा एभेन्जर्सविरुद्ध उनले ३ ओभरमा २३ रन खर्चेर ६ विके...

#विकेट #बलिङ
Compare →
Arthasansar
14h ago
इंग्ल्यान्ड नेसन्स लिगको क्वार्टरफाइनलमा

इंग्ल्यान्ड नेसन्स लिगको क्वार्टरफाइनलमा

कप्तान ह्यारी केनले इंग्ल्यान्डका लागि कीर्तिमानी १ सय २६ औं खेलमा गोल गर्दा इंग्ल्यान्डले युइएफए नेसन्स लिगमा क्रोएसियालाई २–१ ले...

#लिग
Compare →

Related Stories

National (Nepal)
Build #2611