Trending
Prev Story
Next Story

जर्मनीस्थित हिटलरको घरमा आगलागी, एक शङ्कास्पद व्यक्ति नियन्त्रणमा

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

७ कात्तिक, काठमाडौं । जर्मनीको दक्षिणी राज्य बभेरियास्थित एडोल्फ हिटलरको घर केल्स्टाइन हाउसमा शुक्रबार आगलागी भएको छ। बीबीसीका अनुसार, यस घटनामा प्रहरीले एक शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ। यस भवनलाई 'इगल्स नेस्ट' को नामले पनि चिनिन्छ। ट्रोनस्टाइनका …

जर्मनीस्थित हिटलरको घरमा आगलागी, एक शङ्कास्पद व्यक्ति नियन्त्रणमा

७ कात्तिक, काठमाडौं । जर्मनीको दक्षिणी राज्य बभेरियास्थित एडोल्फ हिटलरको घर केल्स्टाइन हाउसमा शुक्रबार आगलागी भएको छ।

बीबीसीका अनुसार, यस घटनामा प्रहरीले एक शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ। यस भवनलाई ‘इगल्स नेस्ट’ को नामले पनि चिनिन्छ।

ट्रोनस्टाइनका आपतकालीन सेवा अधिकारीहरूलाई शुक्रबार राति स्थानीय समयानुसार ९:१५ बजे यस भवनमा आगलागी भएको सूचना प्राप्त भएको थियो। दमकलकर्मीहरू घटनास्थलमा पुग्दा भवन आगोको ज्वालाले घेरिएको थियो।

प्रहरीका अनुसार, दुर्गम इलाका भएका कारण आगो निभाउने काममा कठिनाइ भइरहेको थियो। शनिबार बिहानसम्म पनि आगो बलिरहेकै थियो। घटनास्थलमा आपतकालीन सेवाका करिब २०० जना कर्मचारी तैनाथ गरिएको थियो। घटनामा कोही पनि घाइते भएको खबर छैन।

बेर्स्टेसगाडेन सहरभन्दा माथि अवस्थित यो आश्रयस्थल ती भवनहरूमध्ये एक थियो, जसको प्रयोग नाजी तानाशाह हिटलर र उनका नजिकका व्यक्तिहरूले दोस्रो विश्वयुद्धको समयमा गर्थे।

हिटलर र नाजी शासनका शीर्ष अधिकारीहरूले सन् १९४१ मा सोभियत सङ्घमाथि आक्रमणको योजना बनाउन नजिकै रहेको आफ्नो निवास ‘बर्गहोफ’ को प्रयोग गरेका थिए। यो सम्पूर्ण परिसरलाई हिटलरका प्रमुख अखडाहरूमध्ये एक मानिन्थ्यो।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
5d ago
लिक्विड लाउन्ज बारको आगलागी नियन्त्रणमा

लिक्विड लाउन्ज बारको आगलागी नियन्त्रणमा

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित लिक्विड लाउन्ज बारमा भएको आगलागी नियन्त्रणमा लिइएको छ । आइतबार (कात्तिक २२) बिहान करिब ८ः५५ बजे लाउन्ज बारमा आगलागी सुरु भएको थियो । दमकलको सहायताले आगलागी नि...

#आगलागी #नियन्त्रण
Compare →
Nagarik News
1d ago
तनहुँ प्रहरीको सर्च एण्ड स्विप अपरेसन : ३३ जना नियन्त्रणमा

तनहुँ प्रहरीको सर्च एण्ड स्विप अपरेसन : ३३ जना नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाईबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको सर्च एण्ड स्विप अपरेसनका क्रममा ३३ जनालाई नियन्त्रणमा लिएको छ।

#नियन्त्रण
Compare →
Ekantipur
3d ago
रूपन्देहीमा पटका पड्काउँदा १ घाइते, ७ जना प्रहरी नियन्त्रणमा

रूपन्देहीमा पटका पड्काउँदा १ घाइते, ७ जना प्रहरी नियन्त्रणमा

कञ्चनको हात्तीबजारमा पटका पड्काउँदा एक जना घाइते भएपछि प्रहरीले दुई जनालाई तत्काल नियन्त्रणमा लिएको हो। आतिशबाजी गरिरहेका अन्य स्थानबाट पाँच जना पक्राउ परेका छन् ।

#नियन्त्रण
Compare →

Related Stories

World News
Build #2611