Trending
Prev Story
Next Story

सामाजिक सञ्जालमा ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को क्लिप सामाजिक

Nagarik News •
October 24, 2026 • 11:52 AM
1
1 reads 0 reactions

चलचित्र “कबड्डी ५ः आफ्टर द फाइनल म्याच का दृश्य तथा क्लिपहरू अनधिकृत रूपमा अपलोड नगर्न निर्माण पक्षले आग्रह गरेका छन्।

सामाजिक सञ्जालमा ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को क्लिप सामाजिक

चलचित्र “कबड्डी ५ः आफ्टर द फाइनल म्याच का दृश्य तथा क्लिपहरू अनधिकृत रूपमा अपलोड नगर्न निर्माण पक्षले आग्रह गरेका छन्।

कार्तिक ६ देखि प्रदर्शनमा आएको ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ का क्लिप सामाजिक सञ्जाल भेटिन थालिएपछि निर्माण टिमले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै लेखे–‘उक्त चलचित्रका कुनै पनि दृश्य, भिडियो क्लिप, संवाद, महत्त्वपूर्ण अंश वा अन्य सामग्री अनुमति बिना सामाजिक सञ्जाल, युट्युब, टिकटक, फेसबुक, इन्स्टाग्राम लगायतका डिजिटल प्लेटफर्महरूमा अपलोड़, पुनः प्रकाशन वा अनधिकृत रूपमा प्रसारण नगरिदिनुहुन सम्पूर्ण दर्शक तथा प्रयोगकर्ताहरूमा विनम्र अनुरोध गर्दछौं।’

चलचित्रकर्मीहरूको मेहनत, समय र लगानीमा असर पर्ने उल्लेख गर्दै थपे–‘चलचित्र निर्माण एउटा सिर्जनात्मक यात्रा मात्र नभई धेरै कलाकार, प्राविधिक तथा चलचित्रकर्मीहरूको मेहनत, समय र लगानीसँग जोडिएको कार्य हो । चलचित्रलाई यसको वास्तविक स्वरूपमा, उचित समयमा र आधिकारिक माध्यमबाट हेर्ने वातावरण कायम राख्न यहाँहरूको सानो सहयोगले पनि ठूलो अर्थ राख्दछ।’

यो क्रियाकलाप रोकिएन भने कानुनी कदम आफू चाल्नुपन भन्दै थपे–‘ अनुमति बिना चलचित्रका सामग्रीहरू अपलोड वा वितरण गरिएको पाइएमा प्रचलित कानुन तथा प्रतिलिपि अधिकारसम्बन्धी व्यवस्थाअनुसार आवश्यक कदम चाल्नुपर्ने अवस्था आउन सक्ने भएकाले यस विषयलाई गम्भीरतापूर्वक लिइदिनुहुन अनुरोध छ।’

प्रकाशित: ७ कार्तिक २०८३ १७:३७ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
2w ago
‘कबड्डी ५’ का दृश्य तथा क्लिप अनधिकृत रूपमा अपलोड नगर्न निर्माण पक्षको आग्रह

‘कबड्डी ५’ का दृश्य तथा क्लिप अनधिकृत रूपमा अपलोड नगर्न निर्माण पक्षको आग्रह

काठमाडौं- प्रदर्शनमा रहेको नेपाली फिल्म ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ का दृश्य, भिडियो क्लिप तथा अन्य सामग्री अनधिकृत रूपमा सामाजिक सञ्जालमा अपलोड, पुनःप्रकाशन तथा प्रसारण नगर्न निर्माण पक्षले द...

#क्लिप #कबड्डी
Compare →
Ekantipur
2w ago
कबड्डी ५ : पुरानै कथाको पुनरावृत्ति

कबड्डी ५ : पुरानै कथाको पुनरावृत्ति

रामबाबुको सिग्नेचर फिल्म मानिने ‘कबड्डी’ जतिजति तन्किँदै गयो, उतिउति कमजोर बन्दै गएको छ । हिजो यो शृृंखलामा जे कुरा नयाँ लाग्थे, आज पनि तिनैको पुनरावृत्ति भइरहँदा ‘कबड्डी ५’ अपेक्षाअनुरुप स्वादिलो हुन सकेको छैन ।

#कबड्डी
Compare →
Onlinekhabar
1w ago
कबड्डीले १० दिनमा १० करोड कमाउँदा अरू फिल्मको कमाइ कति ?

कबड्डीले १० दिनमा १० करोड कमाउँदा अरू फिल्मको कमाइ कति ?

दसैंको मौका छोपेर चारवटा नेपाली फिल्म तँछाडमछाड गर्दै प्रदर्शनमा आए । कोभन्दा को कम शैलीमा आएका यी फिल्महरूको ओठतालु त्यसबेला सुक्यो, जब अपेक्षाअनुसार टिकट बिक्री गर्न सकेनन् । जबकि यसरी प्रदर्शनमा आएका फिल्महरू सिक्वेल थिए, …

#कबड्डी
Compare →

Related Stories

Sports
Build #2611