Trending
Prev Story
Next Story

कबड्डीले १० दिनमा १० करोड कमाउँदा अरू फिल्मको कमाइ कति ?

Onlinekhabar •
November 02, 2026 • 07:01 AM
1
1 reads 0 reactions

दसैंको मौका छोपेर चारवटा नेपाली फिल्म तँछाडमछाड गर्दै प्रदर्शनमा आए । कोभन्दा को कम शैलीमा आएका यी फिल्महरूको ओठतालु त्यसबेला सुक्यो, जब अपेक्षाअनुसार टिकट बिक्री गर्न सकेनन् । जबकि यसरी प्रदर्शनमा आएका फिल्महरू सिक्वेल थिए, …

कबड्डीले १० दिनमा १० करोड कमाउँदा अरू फिल्मको कमाइ कति ?

दसैंको मौका छोपेर चारवटा नेपाली फिल्म तँछाडमछाड गर्दै प्रदर्शनमा आए । कोभन्दा को कम शैलीमा आएका यी फिल्महरूको ओठतालु त्यसबेला सुक्यो, जब अपेक्षाअनुसार टिकट बिक्री गर्न सकेनन् । जबकि यसरी प्रदर्शनमा आएका फिल्महरू सिक्वेल थिए, जसको पहिलो भाग धुमधामसँग चलेको थियो ।

यो लस्करमा ‘आ बाट आमा’, ‘छ माया छपक्कै’, ‘१२ गाउँ’ र ‘कबड्डी’ थिए । ‘कबड्डी’को यो पाँचौँ संस्करण थियो भने बाँकी फिल्मको नामसँग ‘२’ अंक जोडिएको थियो । अर्थात् ती तीन फिल्मका दोस्रो सिक्वेल थिए ।

यी फिल्महरूको अंकगणित त्यति उत्साहजनक देखिएन । केही दिनको अघिपछि गरेर हलमा आएको ‘कबड्डी’ले भने सुरुवाती प्रदर्शनमा राम्रै संकेत देखायो । तुलनात्मक रूपमा उच्च शो पाएको ‘कबड्डी : आफ्टर द फाइनल म्याच’ले अन्ततः १० दिनमा १० करोड कमाइ गर्दै अरूलाई पछाडि पारेको छ ।

चलचित्र विकास बोर्डले सार्वजनिक गर्ने बक्स अफिस रिपोर्टअनुसार हालसम्म ‘कबड्डी’ले १० करोड ७६ लाख ७३ हजार ७१५ रुपैयाँ कमाइ गरेको छ । उसले ३ लाख ४६ हजारभन्दा बढी टिकट बिक्री गरेको छ ।

रमाइलो संयोग चाहिँ के भने रामबाबु गुरुङ केन्द्रीय भूमिकामा रहेको ‘कबड्डी’लाई रामबाबु अभिनित अर्को फिल्म ‘पेन्सन पट्टा’ले पछ्याइरहेको छ । उक्त फिल्मले १० करोड २८ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ ।

यसपछिको सूचीमा छ, ‘आ बाट आमा-२’ । यसको हालसम्मको कमाइ ६ करोड २४ लाख ७० हजार रुपैयाँभन्दा बढी छ । यस्तै, ‘बा एक योद्धा’ले ३ करोड ५४ लाख रुपैयाँभन्दा बढी कमाइ गरेको छ । त्यसपछि ‘छ माया छपक्कै-२’ले ३ करोड ३४ लाख रुपैयाँ कमाएको छ ।

यो सूचीको अन्तिममा छ, ‘१२ गाउँ-२’ । यो फिल्मले २ करोड २९ लाख रुपैयाँभन्दा बढी कमाइ गरेको छ ।

हालसम्म प्रदर्शनमा आएका फिल्ममध्ये ‘गौंथली’ शीर्षस्थानमा छ । यो फिल्मले ३६ करोड ७ लाख रुपैयाँभन्दा बढी कमाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Bizshala
3d ago
दसैंको बक्स अफिस सुस्त: ‘आबाट आमा २’ को सातामा ५६ लाख, अरू दुईको १० लाख पनि पुगेन

दसैंको बक्स अफिस सुस्त: ‘आबाट आमा २’ को सातामा ५६ लाख, अरू दुईको १० लाख पनि पुगेन

काठमाण्डौ । दसैंमा प्रदर्शनमा आएका तीन सिक्वेल फिल्मले पछिल्लो सात दिनमा संयुक्त रूपमा ६५ लाख ६२ हजार रुपैयाँभन्दा बढी...

#फिल्म #दसैँ #अरू
Compare →
Nagarik News
19h ago
‘रामायण’ आठ दिनमै १ हजार करोड क्लबमा, ‘बाहुबली २’ र ‘जवान’को रेकर्ड तोड्यो

‘रामायण’ आठ दिनमै १ हजार करोड क्लबमा, ‘बाहुबली २’ र ‘जवान’को रेकर्ड तोड्यो

फिल्म ‘रामायण’ले प्रदर्शनमा आएको आठ दिनमै विश्वभरको बक्स अफिसमा १ हजार करोड भारतीय रुपैयाँ कमाइ गरेको छ।

#फिल्म #प्रदर्शन
Compare →
Hamro Patro News
1d ago
‘बाटुलो जून’ को सुखद् सुरुवात

‘बाटुलो जून’ को सुखद् सुरुवात

अनमोल केसीको फिल्म ‘बाटुलो जून’ आजदेखि प्रदर्शनमा आएको छ । फिल्मको सुरुवाती व्यापार निकै उत्साहजनक देखिएको छ । फिल्मले प्रदर्शनको पहिलो दिन नै एक करोड रुपैयाँभन्दा बढी कमाइ गर्ने प्रक्षेपण गरिएको छ...

#फिल्म #प्रदर्शन
Compare →

Related Stories

Entertainment & Cinema
Build #2612