Trending
Prev Story
Next Story

गौतमबुद्ध क्रिकेट रंगशाला समयमै नसकिने, म्याद थपको तयारी

Ekantipur •
October 24, 2026 • 08:30 AM
3
3 reads 0 reactions

निर्माण अवधि सकिन साढे दुई महिना बाँकी हुँदा भौतिक प्रगति ६० प्रतिशत मात्रै पुगेको छ र कम्पनीले छ महिना म्याद थप माग्ने तयारी गरेको छ।

गौतमबुद्ध क्रिकेट रंगशाला समयमै नसकिने, म्याद थपको तयारी

निर्माण अवधि सकिन साढे दुई महिना बाँकी हुँदा भौतिक प्रगति ६० प्रतिशत मात्रै पुगेको छ र कम्पनीले छ महिना म्याद थप माग्ने तयारी गरेको छ।

भरतपुर — चितवनको भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण अवधि आउँदो पुस २७ गते सकिँदैछ । तर, यो अवधिमा रंगशालाको निर्माण सम्पन्न नहुने निश्चित छ । निर्माण अवधि सकिन अब साढे दुई महिना मात्रै बाँकी रहँदा रंगशालाको भौतिक प्रगति ६० प्रतिशत मात्रै भएको छ ।

निर्माण सामग्रीको मूल्यवृद्धि, बजेट निकासामा ढिलाइ, मौसम परिवर्तन र पुराना संरचनामा निर्माण गर्नुपर्नेलगायतका कारणले समयमै निर्माणको काम गर्न नसकिएको निर्माण कम्पनी हिमालयन–कालिञ्चोक बीबीआर जेभीले जनाएको छ । ‘पुरानो संरचनामा निर्माण कार्य गरिएकोले प्राविधिक निर्णयहरू एकआपसमा बाझिँदा निर्माणमा पनि समस्या आयो । विश्व राजनीतिमा भइरहेको टकरावका कारण यहाँका निर्माण सामग्रीमा आएको मूल्यवृद्धिले पनि हामीलाई काम गर्न समस्या भयो,’ निर्माण कम्पनीका व्यवस्थापक सम्राट सिलवालले भने ।

रंगशालाको स्ट्रक्चर, प्लम्बिङ, इलेक्ट्रिकल, म्याट कभर, फेन्सिङ र ट्रसको कामको भौतिक प्रगति ६० प्रतिशत पुगेको छ । सम्पूर्ण कामको शतप्रतिशतमध्ये ५१.४९ प्रतिशत स्ट्रक्चरको काम रहेको छ । हालसम्म स्ट्रक्चरको काम भने ५० प्रतिशत सम्पन्न भइसकेकाले करिब अन्तिम चरणमा पुगेको व्यवस्थापक सिलवालले जानकारी दिए । मैदानतर्फ भने हालसम्म ४.१७ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । बेमौसमी वर्षाका कारण मैदानको काम अघि बढाउन नसकिएको सिलवालले बताए ।

अहिले मुख्यगरी मैदानको काममा ढिलाइ हुँदा समयमै निर्माण सम्पन्न नहुने निश्चितजस्तै छ । त्यसैकारण निर्माण कम्पनीले भरतपुर महानगरपालिकासँग निर्माणको काम सक्न ६ महिना म्याद थप माग्ने तयारी गरेको छ । ‘स्ट्रक्चरको काम लगभग अन्तिम चरणमा छ । हामीले ६ महिना म्याद थप पायौँ भने सबै काम सम्पन्न गरी महानगरलाई हस्तान्तरण गर्न सक्छौँ,’ व्यवस्थापक सिलवालले भने ।

निर्माण अवधि सकिनै लाग्दा रंगशालाको पहिलो भेरिएसन अर्डर (भीओ) असोज २८ मा स्वीकृत भएको छ । निर्माण कम्पनीले गत वर्ष माघ १४ गते नै निर्माणका क्रममा देखापरेको क्वान्टिटी भेरिएसनका लागि प्रस्ताव पठाए पनि अहिले बल्ल स्वीकृत भएको हो । भेरिएसन अर्डरपछि रंगशालाको लागत ९.८६ प्रतिशतले वृद्धि भएको निर्माण कम्पनीले जनाएको छ । सुरुवाती चरणमा ७८ करोड ५० लाख ९१ हजार रुपैयाँ (भ्याटसहित) मा ठेक्का सम्झौता भएकोमा अब लागत बढेर ८६ करोड २४ लाख ८४ हजार रुपैयाँ पुगेको छ । यसले लागत मात्रै वृद्धि नभई निर्माणको काम पनि थपिएको छ । त्यसकारण पनि सम्झौताअनुसारको समयमा निर्माण सम्पन्न नहुने निर्माण कम्पनीले जनाएको छ ।

रंगशाला निर्माणका क्रममा केही समय बजेट अभावले समेत काम रोकिएको थियो । गत वर्षको पुस र यस वर्षको वैशाखमा निर्माण कम्पनीले पेस गरेको भुक्तानी रकम निकासामा ढिलाइ हुँदा निर्माण कम्पनीले एक महिनाभन्दा बढी समय काम रोकेको थियो । अहिले भने रंगशाला निर्माणको काम निरन्तर भइरहेको छ ।

भरतपुर महानगरपालिकाले भने रंगशाला निर्माणको काम समयमै सकिने दाबी गरेको छ । यद्यपि, पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यलगायतका कारण निर्माणमा ढिलाइ भएको महानगरले समेत स्वीकार गरेको छ । अहिले समयमै निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको भन्दै निर्माण कम्पनीले म्याद थपको माग गरेमा प्रक्रियागत रूपमा निर्णय गरिने महानगरका वरिष्ठ डिभिजन इन्जिनियर सन्तोष आचार्य बताउँछन् ।

‘अहिलेसम्म निर्माण कम्पनीले हामीलाई ६ महिना म्याद चाहिन्छ भनेर आग्रह गरेको छैन । यदि बाँकी रहेको काम सम्पन्न गर्न म्याद थपको माग भयो भने सार्वजनिक खरिद ऐनअन्तर्गत रहेर प्रक्रियागत रूपमा अघि बढाउँछौँ । सकेसम्म समयमै काम सक्न निर्देशन दिएका छौँ,’ वरिष्ठ डिभिजन इन्जिनियर आचार्यले भने ।

भरतपुर महानगरपालिकाले बागमती प्रदेश सरकारसँग मिलेर २०८१ असार २४ गते हिमालयन–कालिञ्चोक बीबीआर जेभीसँग सम्झौता गरी रंगशाला निर्माणको काम अघि बढाएको थियो । धुर्मुस–सुन्तली फाउन्डेसनले आर्थिक अभावका कारण काम गर्न नसक्ने जनाउँदै महानगरलाई दायित्व सुम्पिएपछि महानगरले बागमती प्रदेश सरकारको ६० प्रतिशत र महानगरको ४० प्रतिशत लगानी सुनिश्चित गरी अलपत्र अवस्थामा परेको रंगशालाको निर्माण अघि बढाएको थियो ।

अहिले रंगशाला निर्माणको काममा चारवटा समूह खटिएका छन् । दसैँमा एउटा समूह मात्रै बिदामा घर फर्कियो भने बाँकी तीनवटा समूहका कामदारले निरन्तर काम गरेका छन् । ‘हामीले चाँडै काम सक्न दसैँमा पनि निरन्तर काम गर्‍यौँ । सम्झौताको बाँकी अवधिभित्र स्ट्रक्चरको सबै काम सकाउने तयारीमा छौँ,’ व्यवस्थापक सिलवालले भने ।

उनले दसैँ बिदामा गएको एउटा समूहका कामदार अब केही दिनमा फर्किने र अन्य कामदारको संख्या पनि बढाइने जानकारी दिए । ‘दसैँमा पनि ९० जनाभन्दा बढी कामदारले निरन्तर काम गरे । अब केही दिनमा डेढ सयको हाराहारीमा कामदार पुग्छन् । दुईवटा भीआईपी टावरमा एसी जडानको काम पनि सुरु हुन लागेकाले अब पाँचवटा कामदारको समूहले काम अघि बढाउँछन्,’ व्यवस्थापक सिलवालले सुनाए ।

अहिले भीआईपी टावर–१ को स्ट्रक्चर निर्माण सम्पन्न भई फिनिसिङको चरणमा छ । भीआईपी टावर–२ पनि फिनिसिङकै चरणमा पुगेको छ । चारवटा ब्लकमा रहेको प्याराफिटमध्ये तीनवटा ब्लकको निर्माण सम्पन्न भइसकेको छ भने अन्तिम ब्लकको प्याराफिट निर्माण सम्पन्न हुने चरणमा छ । दसैँ बिदाबाट फर्किने कामदारको समूहले बाँकी प्याराफिटको ढलान सम्पन्न गर्नेछ । मैदानको काम तिहारलगत्तै सुरु गर्ने निर्माण कम्पनीको भनाइ छ ।

राजु चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
6h ago
विराटनगरमा भू–सेवा सञ्चालन गर्ने तयारी

विराटनगरमा भू–सेवा सञ्चालन गर्ने तयारी

मोरङ – विराटनगर महानगरपालिकाले आफ्नो १९ वटै वडाको भू–उपयोग क्षेत्र वर्गीकरणसम्बन्धी अन्तिम प्रतिवेदन तयार गरी कार्यान्वयनको तयारीमा लागेको छ। यससँगै कित्ताकाट खुलाउन आवश्यक प्रशासनिक तथा प्राविधिक ...

#तयारी
Compare →
Nagarik News
16h ago
प्रधानमन्त्रीको गृहजिल्ला महोत्तरीमा छठको तयारी पूरा

प्रधानमन्त्रीको गृहजिल्ला महोत्तरीमा छठको तयारी पूरा

प्रधानमन्त्रीका दाजु कौशलेन्द्र शाहसँग जिल्लाका विभिन्न स्थानको निरीक्षण गरेपछि सांसद झाले छठ पर्वको पूर्वसन्ध्यामा तयारी पूरा भएको जानकारी दिएका हुन्।

#तयारी
Compare →
Bizshala
1d ago
१५ वर्षपछि कमला पुल खुलाउने तयारी, मंसिर पहिलो सातादेखि सवारी चलाउने लक्ष्य

१५ वर्षपछि कमला पुल खुलाउने तयारी, मंसिर पहिलो सातादेखि सवारी चलाउने लक्ष्य

काठमाण्डौ । धनुषा र सिरहा जोड्ने कमला नदीमाथिको पुलमा करिब १५ वर्षको प्रतीक्षापछि सवारीसाधन सञ्चालन गर्ने तयारी भएको...

#तयारी
Compare →
Arthasansar
1d ago
फेरि विद्रोहको तयारीमा प्रचण्ड, ‘जनतालाई मुक्त गर्ने आन्दोलन चाहिएको छ’

फेरि विद्रोहको तयारीमा प्रचण्ड, ‘जनतालाई मुक्त गर्ने आन्दोलन चाहिएको छ’

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू ७३ वर्ष प्रवेश गर्न लागे पनि वैचारिक रूपमा नयाँ विद्रोहको तयारीमा...

#तयारी
Compare →
Onlinekhabar
2d ago
‘जलवायु सङ्कटले विश्वको तयारी र प्रतिकार्य क्षमतालाई उछिन्दै’

‘जलवायु सङ्कटले विश्वको तयारी र प्रतिकार्य क्षमतालाई उछिन्दै’

२६ कात्तिक, अन्ताल्या । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जलवायु सङ्कट विश्वको तयारी र प्रतिकार्य क्षमताभन्दा तीव्र गतिमा बढिरहेको उल्लेख गर्दै हरितगृह ग्यास उत्सर्जन कटौती र जलवायु कार्यलाई तीव्रता दिन विश्व नेताहरूलाई आग्रह गरेका छन् …

#तयारी
Compare →

Related Stories

Sports
Build #2612