Trending
Prev Story
Next Story

कायरोन पोलार्ड मुम्बई इन्डियन्सको मुख्य प्रशिक्षक नियुक्त

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
3
3 reads 0 reactions 4 comments

७ कात्तिक, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को पाँच पटकको विजेता मुम्बई इन्डियन्सले कायरोन पोलार्डलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ। सन् २०२७ को आईपीएलअघि पोलार्डले महेला जयवर्धनेको स्थान लिने भएका हुन्। मुम्बईसँग सन् २०१० देखि …

कायरोन पोलार्ड मुम्बई इन्डियन्सको मुख्य प्रशिक्षक नियुक्त

७ कात्तिक, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को पाँच पटकको विजेता मुम्बई इन्डियन्सले कायरोन पोलार्डलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ। सन् २०२७ को आईपीएलअघि पोलार्डले महेला जयवर्धनेको स्थान लिने भएका हुन्।

मुम्बईसँग सन् २०१० देखि आबद्ध पोलार्ड पछिल्ला चार सिजन टोलीको ब्याटिङ प्रशिक्षक थिए। उनले सन् २०२३ को सिजनअघि आईपीएल खेलाडीका रूपमा संन्यास लिएका थिए। जयवर्धनेले गत सप्ताहन्त फ्रेन्चाइज छाडेपछि मुम्बईले पोलार्डलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो।

मुम्बईकी सहमालिक नीता एम. अम्बानीले पोलार्डलाई टोलीको परिवारको अभिन्न सदस्य बताउँदै उनको नयाँ जिम्मेवारीप्रति खुसी व्यक्त गरेकी छन्। उनका अनुसार पोलार्डले खेलाडीका रूपमा टोलीलाई अविस्मरणीय क्षण दिएका थिए भने प्रशिक्षकका रूपमा आफ्नो अनुभव र खेलको बुझाइ बाँड्दै आएका छन्।

मुख्य प्रशिक्षक नियुक्त भएपछि पोलार्डले मुम्बई आफ्नो जीवन र क्रिकेट करिअरको महत्त्वपूर्ण हिस्सा रहेको बताएका छन्। उनले टोलीको विरासतलाई अघि बढाउँदै खेलाडीको क्षमता विकास गर्न र समर्थकलाई थप खुसीका क्षण दिन काम गर्ने बताएका छन्।

पोलार्ड सन् २०१० मा २२ वर्षको उमेरमा मुम्बईमा आबद्ध भएका थिए। खेलाडी र प्रशिक्षकका रूपमा फ्रेन्चाइजसँग लामो समय बिताएका उनी टोलीको संस्कृति र प्रतिस्पर्धात्मक आवश्यकतासँग परिचित छन्।

मुम्बईले उनको नियुक्तिलाई टोलीको सफल परम्परा कायम राख्दै नयाँ अध्याय अघि बढाउने योजनाको हिस्सा भनेको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Arthasansar
4h ago
पोचेटिनो म्यानचेस्टर युनाइटेडको प्रशिक्षक नियुक्त, नोभेम्बर १८ देखि जिम्मेवारी सम्हाल्ने

पोचेटिनो म्यानचेस्टर युनाइटेडको प्रशिक्षक नियुक्त, नोभेम्बर १८ देखि जिम्मेवारी सम्हाल्ने

माउरिसियो पोचेटिनो म्यानचेस्टर युनाइटेडको मुख्य प्रशिक्षक नियुक्त भएका छन्। अर्जेन्टिनी प्रशिक्षक पोचेटिनोले नोभेम्बर १८ देखि युनाइटेडको जिम्मेवारी सम्हाल्नेछन्। युनाइटेडले पोचेटिनो र...

#प्रशिक्षक #नियुक्त
Compare →
Ekantipur
2h ago
पोचेटिनो अब युनाइटेडका प्रशिक्षक

पोचेटिनो अब युनाइटेडका प्रशिक्षक

म्यानचेस्टर युनाइटेडले शुक्रबार आफ्नो नयाँ प्रशिक्षकमा मउरिसो पोचेटिनाको नाम औपचारिक रूपमा घोषणा गरेको छ ।

#प्रशिक्षक
Compare →
Hamro Patro News
6h ago
जहाँ धेरै प्रशिक्षक असफल भए, त्यहाँ अब म्यानचेस्टर युनाइटेडलाई पुनः उठाउने ठूलो चुनौती पोचेटिन्होको काँधमा!

जहाँ धेरै प्रशिक्षक असफल भए, त्यहाँ अब म्यानचेस्टर युनाइटेडलाई पुनः उठाउने ठूलो चुनौती पोचेटिन्होको काँधमा!

काठमाडौं । इंग्लिस फुटबलको चर्चित क्लब म्यानचेस्टर युनाइटेडलाई पुनः पुरानै लयमा फर्काउने चुनौती अब प्रशिक्षक माउरिसियो पोचेटिन्होका लागि ठूलो परीक्षा बन्ने देखिन्छ। पोचेटिन्होले यसअघि विभिन्न क्लब...

#प्रशिक्षक
Compare →

Related Stories

Technology
Build #2612