Trending
Prev Story
Next Story

नेकपाको जागरण अभियान : चुनावको तयारी, सरकारका गलत कामको प्रचार

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
3
3 reads 0 reactions

७ कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी चुनावको तयारी र सरकारको गलत कामको प्रचारमा केन्द्रित हुँदै दुईमहिने जागरण अभियान सन्चालन गर्ने भएको छ । गत असोज २३ गते बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकको …

नेकपाको जागरण अभियान : चुनावको तयारी, सरकारका गलत कामको प्रचार

७ कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी चुनावको तयारी र सरकारको गलत कामको प्रचारमा केन्द्रित हुँदै दुईमहिने जागरण अभियान सन्चालन गर्ने भएको छ ।

गत असोज २३ गते बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकको गरेको निर्णयअनुसार आज कात्तिक ७ गतेदेखि मंसिर २५ गतेसम्म अभियान सञ्चालन गर्न लागिएको हो ।

नेपाली कम्युनिस्ट पार्टीका नेता एवम् केन्द्रीय कार्यालय सचिव गणेशमान पुन (रश्मी)ले अनलाइनखबरसँग भने, ‘आगामी चुनाव, पार्टी महाधिवेशन, संगठन सुदृढीकरण, जनजीविकाका सवाल, लोकतन्त्र र राष्ट्रिय स्वाधिनताको रक्षा लगायतका विषयमा केन्द्रित भएर अभियान सञ्चालन हुनेछ ।’

नेकपाले गत असोज २५ गते जारी गरेको अन्तर पार्टी निर्देशन (अपानि)मा पनि ‘पार्टीको राष्ट्रिय महाधिवेशन, स्थानीय तह र प्रदेशसभाको निर्वाचन तथा सरकारले गरेका जनविरोधी क्रियाकलापका विरुद्ध आन्दोलनको तयारीका रूपमा’ अभियान सञ्चालन गरिने उल्लेख छ ।

नेकपाको सूचना तथा सञ्चारप्रविधि विभागका उपप्रमुख सुरेन्द्र बस्नेतका अनुसार जागरण अभियान मूलत: पार्टीलाई जनतातिर फर्काउने अभियान हो ।

युवा नेता बस्नेतले भने, ‘यस अभियानमार्फत् संगठनात्मक सुदृढीकरण, स्थानीय र प्रदेशसभा निर्वाचनको तयारी, महाधिवेशनको तयारीका साथै विपद् प्रभावित क्षेत्रमा पुनर्स्थापनाका कार्यहरूमा पार्टी केन्द्रित हुनेछ ।’

यस अभियानमा केन्द्रदेखि स्थानीय समितिसम्मको सिङ्गो पार्टीपङ्क्ति परिचालित हुने उनले बताए ।

नेपाली कम्युनिस्ट पार्टीले अभियानको सुरुवात र क्रियाकलापबारे विस्तृतमा जानकारी दिन आज दिउँसो साढे दुई बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलनसमेत आयोजना गरेको छ । कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपाल लगायतका नेताहरुले अभियानबारे जानकारी दिने नेता पुनले बताए ।

अभियानका क्रममा केन्द्रीय कार्य संयोजन समितिका सदस्यहरूलाई देशभरिका विभिन्न जिल्लाहरूको समन्वय गर्ने जिम्मेवारीसहित उनीहरु मतदाता रहेका प्रदेशहरुमा खटाइएको छ ।

उनीहरूले प्रदेशसँगको समन्वयमा सम्बन्धित प्रदेशभित्रका जिल्लाका पार्टी समितिहरूसँग नियमित सम्पर्क, मार्गदर्शन, अनुगमन तथा समन्वय कायम गरी राष्ट्रिय जागरण अभियान, संगठनात्मक सुदृढीकरण र पार्टीका अन्य कार्यक्रमहरूलाई अघि बढाउने जिम्मेवारी दिइएको छ ।

नेकपाका अनुसार अभियानअन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन हुनेछन्–

१. पार्टी समितिहरू र जनवर्गीय तथा मोर्चा संगठनहरूको समायोजनको बाँकी काम सम्पन्न गर्ने ।

२. संगठित सदस्यता नवीकरण तथा विस्तार अभियान तीव्र रूपमा सञ्चालन गर्ने ।

३. पार्टीका बैठक, भेला, प्रशिक्षणलगायतका कार्यक्रमहरू सञ्चालन गर्ने ।

४. जनता र पार्टीबीचको सम्बन्धलाई प्रगाढ बनाउन जनता केन्द्रित विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने ।

५. सांस्कृतिकलगायतका रचनात्मक कार्यक्रम सञ्चालन गर्ने ।

६. जनताका माग र दैनिक जनजीविकाका मुद्दाहरू सङ्कलन गरी सम्बन्धित निकायहरूमा पेश गर्ने र कार्यान्वयनका लागि पहल गर्ने ।

७. श्रम तथा जनसेवाका कार्यक्रम सञ्चालन गर्ने ।

८. विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनाका कार्यहरूमा सहयोग गर्ने ।

९. राष्ट्रिय स्वाधीनता, लोकतन्त्र, जनअधिकार, सुशासन तथा जनजीविकाका सवालमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने ।

१०. महँगी, भ्रष्टाचार, कालोबजारी, बेरोजगारी, असुरक्षा तथा जनताका अन्य समस्यामा सम्बन्धित निकायको ध्यानाकर्षण गराउने । केन्द्रमा प्रधानमन्त्री, प्रदेशमा मुख्यमन्त्री तथा सम्बन्धित जिल्लामा प्रमुख जिल्ला अधिकारी वा सम्बन्धित निकायसमक्ष मागपत्र र ज्ञापनपत्र पेश गर्ने ।

साथै अभियानका कार्यक्रम स्थानीय वस्तुस्थिति, जनताको आवश्यकता तथा सम्बन्धित तहको निर्णयअनुसार लचिलो ढंगले सञ्चालन गर्ने योजना रहेको नेकपाले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1d ago
एमालेमा राष्ट्रिय भेलाको तयारी तीव्र

एमालेमा राष्ट्रिय भेलाको तयारी तीव्र

नेकपा (एमाले) ले राष्ट्रिय भेलाको तयारीलाई थप तीव्रता दिएको छ । आगामी मंसिर २ र ३ गते आयोजना हुने भेलाका लागि आन्तरिक बैठक तथा छलफलहरू निरन्तर चलिरहेका छन् ।

#नेकपा #तयारी
Compare →
Nagarik News
18h ago
प्रधानमन्त्रीको गृहजिल्ला महोत्तरीमा छठको तयारी पूरा

प्रधानमन्त्रीको गृहजिल्ला महोत्तरीमा छठको तयारी पूरा

प्रधानमन्त्रीका दाजु कौशलेन्द्र शाहसँग जिल्लाका विभिन्न स्थानको निरीक्षण गरेपछि सांसद झाले छठ पर्वको पूर्वसन्ध्यामा तयारी पूरा भएको जानकारी दिएका हुन्।

#तयारी
Compare →
Ekantipur
1d ago
राष्ट्रिय खेलकुदको तयारीमा खोटाङ, बजेट अभावले प्रशिक्षण प्रभावित

राष्ट्रिय खेलकुदको तयारीमा खोटाङ, बजेट अभावले प्रशिक्षण प्रभावित

मङ्सिर ७ गतेदेखि प्रदेश छनोटमा सहभागी हुन कराते, भलिबल, कबड्डी र क्रिकेटका खेलाडी बन्द प्रशिक्षणमा छन्, तर सीमित बजेटले तयारी प्रभावित भएको छ।

#तयारी
Compare →
Bizshala
1d ago
१५ वर्षपछि कमला पुल खुलाउने तयारी, मंसिर पहिलो सातादेखि सवारी चलाउने लक्ष्य

१५ वर्षपछि कमला पुल खुलाउने तयारी, मंसिर पहिलो सातादेखि सवारी चलाउने लक्ष्य

काठमाण्डौ । धनुषा र सिरहा जोड्ने कमला नदीमाथिको पुलमा करिब १५ वर्षको प्रतीक्षापछि सवारीसाधन सञ्चालन गर्ने तयारी भएको...

#तयारी
Compare →
Arthasansar
1d ago
फेरि विद्रोहको तयारीमा प्रचण्ड, ‘जनतालाई मुक्त गर्ने आन्दोलन चाहिएको छ’

फेरि विद्रोहको तयारीमा प्रचण्ड, ‘जनतालाई मुक्त गर्ने आन्दोलन चाहिएको छ’

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू ७३ वर्ष प्रवेश गर्न लागे पनि वैचारिक रूपमा नयाँ विद्रोहको तयारीमा...

#तयारी
Compare →

Related Stories

Politics & Governance
Build #2612