Trending
Prev Story
Next Story

बंगलादेशका शमिम हुसेनले लुम्बिनी लायन्सबाट एनपीएल खेल्ने

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
3
3 reads 0 reactions 4 comments

६ कात्तिक, काठमाडौं । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि बंगलादेशका ब्याटिङ अलराउन्डर शमिम हुसेनलाई टोलीमा अनुबन्ध गरेको छ। बायाँहाते आक्रामक ब्याटिङ र आवश्यक पर्दा अफ स्पिन बलिङ गर्न सक्ने हुसेनको आगमनले …

बंगलादेशका शमिम हुसेनले लुम्बिनी लायन्सबाट एनपीएल खेल्ने

६ कात्तिक, काठमाडौं । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि बंगलादेशका ब्याटिङ अलराउन्डर शमिम हुसेनलाई टोलीमा अनुबन्ध गरेको छ।

बायाँहाते आक्रामक ब्याटिङ र आवश्यक पर्दा अफ स्पिन बलिङ गर्न सक्ने हुसेनको आगमनले लायन्सको ब्याटिङ लाइनअप थप बलियो हुने अपेक्षा गरिएको छ।

हुसेनले सन् २०२० मा बंगलादेशलाई आईसीसी यू–१९ विश्वकपको उपाधि दिलाउने टोलीबाट आफ्नो क्रिकेट यात्रा अघि बढाएका थिए। युवा क्रिकेटमा उत्कृष्ट प्रदर्शनपछि उनले बंगलादेशको राष्ट्रिय टोलीमा स्थान बनाउँदै अन्तर्राष्ट्रिय क्रिकेटमा पनि आफ्नो क्षमता देखाएका छन्।

टी–२० क्रिकेटमा आक्रामक ब्याटिङका लागि परिचित हुसेनले सन् २०२१ मा जिम्बाब्वेविरुद्ध टी–२० अन्तर्राष्ट्रियमा पदार्पण गरेका थिए। पदार्पण शृङ्खलाको तेस्रो खेलमा उनले १५ बलमा अविजित ३१ रन बनाउँदै बंगलादेशको जितमा महत्वपूर्ण योगदान दिएका थिए।

उनले सन् २०२३ मा अफगानिस्तानविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा पनि पदार्पण गरेका थिए।

घरेलु तथा फ्रेन्चाइज क्रिकेटमा पनि हुसेनको प्रदर्शन उल्लेखनीय छ। बंगलादेश प्रिमियर लिग (बीपीएल) को सन् २०२४–२५ सिजनमा चिट्टागङ किङ्सबाट खेल्दै उनले ३५२ रन बनाएका थिए। करिब १६० को स्ट्राइक रेटमा ब्याटिङ गरेका उनले टोलीलाई फाइनलसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेका थिए।

ब्याटिङसँगै दायाँहाते अफ स्पिन बलिङ गर्न सक्ने हुसेनले लुम्बिनीलाई अतिरिक्त बलिङ विकल्प पनि दिनेछन्। मध्यक्रममा आक्रामक ब्याटिङ गर्दै खेलको गति बदल्न सक्ने उनको क्षमताले टोलीलाई महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

लुम्बिनी लायन्सले हुसेनको अनुभव, आक्रामक ब्याटिङ र अलराउन्ड क्षमताले आगामी एनपीएल सिजनमा टोलीलाई थप मजबुत बनाउने विश्वास लिएको छ।

लुम्बिनीले यसअघि रुबेन ट्रम्पलमन, डार्शी शर्ट, निरोशन डिक्वेला र शाड्ली भान शाकवाइकलाई अनुबन्ध गरिसकेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2h ago
एनपीएलमा आज विराटनगर किङ्स र लुम्बिनी लायन्स भिड्दै

एनपीएलमा आज विराटनगर किङ्स र लुम्बिनी लायन्स भिड्दै

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल हुँदैछ । आज हुने खेलमा विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ । कीर्तिपुरस्थित क्रिवि अन्तर्राष्ट्रिय त्रिकेट मैदानमा हुने...

#एनपीएल #प्रिमियर-लिग #लुम्बिनी
Compare →
Nagarik News
2h ago
आज लुम्बिनी र विराटनगरबिच खेल हुँदै

आज लुम्बिनी र विराटनगरबिच खेल हुँदै

ब्याटरले संघर्ष गर्नुपरेको पिचमा चितवन राइनोजले जित निकाल्दै नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा प्लेअफ सम्भवना जीवितै राखेको छ।

#एनपीएल #प्रिमियर-लिग #लुम्बिनी
Compare →
Arthasansar
13h ago
चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको...

#एनपीएल #प्रिमियर-लिग
Compare →
Ekantipur
17h ago
काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शुक्रबार काठमान्डु गोर्खाजमाथी ७ रनको रोमाञ्चक विजय हात पारेको छ । पहिलो ३ मध्येको २ खेल हारेको सुदूरपश्चिमले त्यसपछिको सबै चार खेल जितेर क्वालिफायरलाई दाबेदारी पेस गरेको हो ।

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

Technology
Build #2612