Trending
Prev Story
Next Story

बाढी प्रभावितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि वितरण सुरु

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
3
3 reads 0 reactions

६ कात्तिक, रसुवा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण महत्त्वपूर्ण कागजात गुमाएका रसुवाका बाढी प्रभावितलाई काठमाडौंस्थित होल्डिङ सेन्टरहरूबाटै नागरिकताको प्रतिलिपि वितरण गर्ने प्रक्रिया सुरु गरिएको छ । गत भदौ १० गते भोटेकोसी नदीमा आएको भीषण …

बाढी प्रभावितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि वितरण सुरु

६ कात्तिक, रसुवा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण महत्त्वपूर्ण कागजात गुमाएका रसुवाका बाढी प्रभावितलाई काठमाडौंस्थित होल्डिङ सेन्टरहरूबाटै नागरिकताको प्रतिलिपि वितरण गर्ने प्रक्रिया सुरु गरिएको छ ।

गत भदौ १० गते भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण रसुवामा ठूलो जनधनको क्षति भएको थियो । बाढीका क्रममा सर्वसाधारणका महत्त्वपूर्ण कागजात तथा नागरिकतासमेत हराएका वा नष्ट भएका थिए ।

नागरिकता नहुँदा राहत, पुन:स्थापना तथा अन्य अत्यावश्यक प्रशासनिक कार्यमा ढिलाइ नहोस् भन्ने उद्देश्यले काठमाडौँमा रहेका सम्बन्धित होल्डिङ सेन्टरहरूमा पुगेर प्रत्यक्ष सेवा दिन थालिएको हो । जिल्ला प्रशासन कार्यालय रसुवाको समन्वय तथा गोसाइँकुण्ड गाउँपालिकाको विशेष पहलमा यो सेवा सुरु गरिएको गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले जानकारी दिए ।

नागरिकहरूलाई सहज सेवा दिन होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपिको आवेदन फाराम सङ्कलन गर्ने, जिल्ला प्रशासन कार्यालय रसुवामा ल्याएर प्रमाणीकरण गर्ने, नागरिकता प्रिन्ट गर्ने र पुन: होल्डिङ सेन्टरमै लगेर हस्तान्तरण गर्ने व्यवस्था मिलाइएको अध्यक्ष तामाङले बताए ।

गाउँपालिकाका अनुसार पहिलो चरणमा नागरिकताको प्रतिलिपि वितरणलाई तीव्रता दिइएको छ भने प्रभावितहरूको आवश्यकतालाई ध्यानमा राख्दै अन्य आवश्यक प्रशासनिक सेवाहरू पनि क्रमश: उपलब्ध गराउँदै लगिनेछ ।

यसै गरी, नुवाकोटस्थित होल्डिङ सेन्टरमा रहेका बाढी पीडितहरूका लागि  आइतबार रसुवाका प्रमुख जिल्ला अधिकारी सहितको टोली त्यसतर्फ गई  टोलीले पीडितहरूको अनुसूची टिपोट गर्ने तथा आवश्यक कागजातहरू मिलाएर नागरिकताको प्रतिलिपि  उक्त ठाउँमा नै  गराउने व्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले जानकारी दिए । रासस

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
5d ago
भोटेकोशी बाढीको २ महिनापछि पनि कटान निरन्तर, १५६ परिवार संकटमा

भोटेकोशी बाढीको २ महिनापछि पनि कटान निरन्तर, १५६ परिवार संकटमा

रसुवा- भोटेकोशी नदीमा भीषण बाढी आएको साढे दुई महिना बितिसक्दा पनि कटान र पहिरोको जोखिम नटरेपछि रसुवाको आमाछोदिङमो गाउँपालिका १ हाकुबेँसी गाउँका १५६ परिवारले बस्ती सुरक्षित स्थानमा स्थानान्तरण गर्न ...

#बाढी #रसुवा
Compare →
Nagarik News
2d ago
भोटेकोशी बाढीले थपुवामा तिहारको रमझम खोस्यो

भोटेकोशी बाढीले थपुवामा तिहारको रमझम खोस्यो

रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीमा परी गाउँका पाँच जना बेपत्ता भएपछि बाँकेको नेपालगन्ज उपमहानगरपालिका–२० स्थित थपुवा गाउँमा यस वर्ष तिहारको रमझम छैन।

#बाढी
Compare →

Related Stories

National (Nepal)
Build #2612