Trending
Prev Story
Next Story

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

Nagarik News •
August 16, 2026 • 08:28 AM
2
2 reads 0 reactions

कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह दुई उत्पादन अभियान’अन्तर्गत रु पाँच करोड ५० लाख अनुदान उपलब्ध गराइएको छ।

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह दुई उत्पादन अभियान’अन्तर्गत विशेष पकेट क्षेत्र विकास कार्यक्रम सञ्चालन गरी गत आर्थिक वर्षमा रु पाँच करोड ५० लाख अनुदान उपलब्ध गराइएको छ।

कार्यक्रमबाट जिल्लाका ३७३ किसान लाभान्वित भएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जनाएको छ।

किसानलाई स्थानीयस्तरमै व्यवसाय सञ्चालन गर्न सहज बनाउँदै आयआर्जनमा वृद्धि गर्ने तथा बढीभन्दा बढी किसानलाई उत्पादनमा जोड्ने उद्देश्यले विशेष पकेट क्षेत्र विकास कार्यक्रम सञ्चालन गरिएको केन्द्रका प्रमुख चन्द्रकान्त पन्तले जानकारी दिए।

प्रमुख पन्तका अनुसार बाख्रा, भैँसी, बङ्गुर र मत्स्यपालनतर्फका फार्म, समूह तथा सहकारीमार्फत अनुदान दिइएको हो।

कार्यक्रमअन्तर्गत चुरे गाउँपालिकाका ६७ बाख्रा फार्मलाई रु ४० लाख, मोहन्याल गाउँपालिकाका १० बाख्रा फार्म, तीन समूह र एक सहकारीलाई रु ४० लाख, गौरीगङ्गा नगरपालिकाका २२ बाख्रा फार्मलाई रु ४० लाख तथा सोही नगरपालिकाका थप २० बाख्रा फार्मलाई रु ४० लाख अनुदान उपलब्ध दिइएको छ।

त्यसैगरी घोडाघोडी नगरपालिकाका चार बङ्गुर फार्मलाई रु ४० लाख, लम्कीचुहा नगरपालिकाका १३ भैँसी फार्मलाई रु ५० लाख, टीकापुर नगरपालिकाका सात भैँसी फार्मलाई रु ५० लाख, जानकी गाउँपालिकाका तीन भैँसी फार्मलाई रु ४० लाख, भजनी नगरपालिकाका चार भैँसी फार्मलाई रु ४० लाख र धनगढी उपमहानगरपालिकाका २२ भैँसी फार्मलाई रु ५० लाख अनुदान दिइएको छ।

बर्दगोरिया गाउँपालिकाका तीन मत्स्य फार्मलाई रु ४० लाख, जोशीपुर गाउँपालिकाका तीन बाख्रा फार्मलाई रु ४० लाख तथा कैलारी गाउँपालिकाका दुई बङ्गुर फार्म, दुई समूह र एक सहकारीलाई रु ४० लाख अनुदान उपलब्ध गराइएको केन्द्रले जनाएको छ।

‘एक स्थानीय तह दुई उत्पादन’ अभियानअन्तर्गत एउटा कार्यक्रम भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र अर्को कार्यक्रम कृषि ज्ञान केन्द्रमार्फत सञ्चालन हुने प्रमुख पन्तले बताए।

यसैगरी कार्यालयले एकल महिला, कमैया, सीमान्तकृत समुदाय, अपाङ्गता भएका व्यक्ति तथा विपन्न वर्गलाई लक्षित गरी आयआर्जनमा सुधार ल्याउने उद्देश्यले बाख्रा तथा बङ्गुरपालनका लागि २१ समूहलाई प्रतिग्रुप रु एक लाख ७८ हजारका दरले अनुदान उपलब्ध गराएको छ।

सामुदायिक पशु व्यवस्थापनअन्तर्गत कैलालीका तीन गौशालाको थप व्यवस्थापनका लागि रु नौ लाख ५० हजार उपलब्ध गराइएको छ।

साथै, हलगोरु तथा राँगा पाल्दै आएका जिल्लाका ५५१ किसानलाई प्रतिकिसान रु दुई हजार ७०० का दरले रु १४ लाख ८७ हजार प्रोत्साहन रकम उपलब्ध गराइएको केन्द्रले जनाएको छ।

यसबाट स्थानीयस्तरमा पशुपालन तथा मत्स्यपालन व्यवसायको विस्तारसँगै उत्पादन र किसानको आयआर्जन बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित: ३१ श्रावण २०८३ १४:१३ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
26m ago
किसानको बाहुल्यता रहे पनि विकास प्रक्रिया ढिलो भयो : नारायणमान बिजुक्छे

किसानको बाहुल्यता रहे पनि विकास प्रक्रिया ढिलो भयो : नारायणमान बिजुक्छे

काठमाडौँ- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नयाँ पुस्तालाई इतिहास, अग्रजहरूले गरेका संघर्ष र योगदानबारे जानकारी गराउनुपर्ने आवश्यकता औँल्याएका छन्। नेपाल कर्मचारी समाज इन्जिन...

#विकास #किसान
Compare →
Ekantipur
1d ago
हरित हाइड्रोजन र युरिया उत्पादनमा लगानी गर्न वनमन्त्री गीता चौधरीको आग्रह

हरित हाइड्रोजन र युरिया उत्पादनमा लगानी गर्न वनमन्त्री गीता चौधरीको आग्रह

हरित युरिया उत्पादनका लागि वित्तीय स्रोतको अभाव मुख्य चुनौती रहेको भन्दै मन्त्री चौधरीले एडिबी, जिजिजिआई, ग्रिन क्लाइमेट फन्डलगायत विकास साझेदारलाई हरित युरिया उद्योग स्थापनाका लागि सहवित्तीयकरण गर्न आह्वान गरेकी हुन् ।

#उत्पादन #विकास
Compare →
Onlinekhabar
1h ago
बाँकेमा धान खरिददेखि प्रशोधनसम्म सहकारीको साथ, किसानलाई राहत

बाँकेमा धान खरिददेखि प्रशोधनसम्म सहकारीको साथ, किसानलाई राहत

२८ कात्तिक, नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित साकार कृषि सहकारी संस्था लिमिटेडले यस वर्ष किसानबाट १० हजार क्विन्टल धान खरिद गर्न सुरु गरेको छ । सहकारीले गाउँमै किसानको उत्पादन खरिद गर्न थालेपछि स्थानीय किसानलाई धान बिक्री …

#उत्पादन #किसान
Compare →
Bizshala
17h ago
जीवन विकास लघुवित्तको नाफामा छलाङ, तीन महिनामै २० करोड कमाउँदा प्रतिसेयर आम्दानी ४६ रुपैयाँ माथि

जीवन विकास लघुवित्तको नाफामा छलाङ, तीन महिनामै २० करोड कमाउँदा प्रतिसेयर आम्दानी ४६ रुपैयाँ माथि

काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा आकर्षक नाफा वृद्धि...

#विकास
Compare →

Related Stories

National (Nepal)
Build #2612