Trending
Prev Story
Next Story

जलविद्युत् आयोजनाबाट प्रभावित चार झोलुंगे पुल पुनर्निर्माण हुने

Nagarik News •
October 22, 2026 • 02:36 AM
3
3 reads 0 reactions

तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट प्रभावित चारवटा झोलुंगे पुल पुनर्निर्माण गरिने भएको छ।

जलविद्युत् आयोजनाबाट प्रभावित चार झोलुंगे पुल पुनर्निर्माण हुने

तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट प्रभावित चारवटा झोलुंगे पुल पुनर्निर्माण गरिने भएको छ।

यसका लागि तनहुँ हाइड्रोपावर लिमिटेड र थानी काली जोशी संयुक्त उपक्रम (जेभी), काठमाडौंबीच ठेक्का सम्झौता भइसकेको छ।

आयोजनाको जलाशय निर्माणका कारण प्रभावित हुने झोलुंगे पुलहरूको पुनःस्थापना तथा पुनर्निर्माणका लागि सम्झौता गरिएको हो।

ठेक्का सम्झौताको रकम करबाहेक रु १६ करोड ९७ हजार ३८ रहेको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए।

भण्डारीका अनुसार जलाशयबाट प्रभावित हुने पुलमध्ये स्थानीयवासीसँगको परामर्शमा उपयुक्त स्थान छनोट गरी चारवटा पुल पुनर्निर्माण गर्न लागिएको हो।

पुल निर्माणका लागि आवश्यक उपकरण तथा सामग्रीसमेत आपूर्ति भइसकेको उनले जानकारी दिए।

आयोजनाअन्तर्गत चुलेसी, टुनिबोटे, डब्ल्याङ र टुटुवामा झोलुङ्गे पुल निर्माण गरिनेछ।

जलाशयका कारण पुराना पुल प्रभावित हुने भएपछि स्थानीयवासीको आवतजावत सहज बनाउन उपयुक्त स्थानमा पुल पुनःस्थापना गर्न लागिएको भण्डारीले बताए।

जलाशय निर्माणका कारण प्रभावित हुने बस्तीका बासिन्दालाई आवतजावतमा समस्या नहोस् भन्ने उद्देश्यले पुल पुनर्निर्माणलाई प्राथमिकता दिइएको हो।

स्थानीयबासीसँगको परामर्शका आधारमा पुल रहने स्थान तय गरिएकाले यसबाट स्थानीय बासिन्दाको दैनिक आवागमन तथा विभिन्न सेवा सुविधामा पहुँच सहज हुने अपेक्षा गरिएको भण्डारीको भनाइ छ।

सम्झौताअनुसार चारवटै झोलुंगे पुलको निर्माण २०८५ साल वैशाखभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

प्रकाशित: ५ कार्तिक २०८३ ०८:२१ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
घर पुनर्निर्माण गर्दा के केमा ध्यान दिने?

घर पुनर्निर्माण गर्दा के केमा ध्यान दिने?

भोटेकोशी बाढी आएको दुई महिना भइसक्दा बाढी प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले क्रमश: आफ्नै घर फर्किन पाए हुन्थ्यो भन्ने चाहना व्यक्त गर्न थालेका छन्। विशेषगरी तुलनात्मक रूपमा बाढीले कम क्षति पुर...

#प्रभावित #पुनर्निर्माण
Compare →
Onlinekhabar
3h ago
खिम्ती–ठोसे–शिवालय जलाशययुक्त आयोजना अघि बढाउन तीन करोड बजेट विनियोजन

खिम्ती–ठोसे–शिवालय जलाशययुक्त आयोजना अघि बढाउन तीन करोड बजेट विनियोजन

२८ कात्तिक, काठमाडौं । रामेछापको विकास र समृद्धिसँग जोडिएको एक हजार २१६ मेगावाट क्षमताको खिम्ती–ठोसे–शिवालय बृहत् जलाशययुक्त बहुउद्देश्यीय आयोजना अघि बढाउन ऊर्जा मन्त्रालयले तीन करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिका सभापति …

#आयोजना
Compare →
Bizshala
21h ago
नेपालको जलविद्युत्, पर्यटन र डेटा सेन्टरमा लगानी गर्न युएईका लगानीकर्तालाई चन्द्र ढकालको आग्रह

नेपालको जलविद्युत्, पर्यटन र डेटा सेन्टरमा लगानी गर्न युएईका लगानीकर्तालाई चन्द्र ढकालको आग्रह

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई)का...

#जलविद्युत्
Compare →
Ekantipur
1d ago
कोप–३१ मा राष्ट्रसंघ प्रमुखसँग नेपालको बाढीपछिको पुनर्निर्माण र जलवायु वित्तबारे छलफल

कोप–३१ मा राष्ट्रसंघ प्रमुखसँग नेपालको बाढीपछिको पुनर्निर्माण र जलवायु वित्तबारे छलफल

कोप–३१ को साइडलाइनमा राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँगको भेटमा परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी विपद्पछिको पुनर्निर्माण, जलवायु वित्त वृद्धि र बहुपक्षीय सहकार्य सुदृढ गर्ने विषय उठाएका छन् ।

#पुनर्निर्माण
Compare →

Related Stories

Technology
Build #2612