Trending
Prev Story
Next Story

चाडपर्व राष्ट्रिय पहिचानका धरोहरः मुख्यमन्त्री थापा

Nagarik News •
October 21, 2026 • 04:52 AM
3
3 reads 0 reactions

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालीका चाडपर्व राष्ट्रिय पहिचानका धरोहर भएको बताएका छन्।

चाडपर्व राष्ट्रिय पहिचानका धरोहरः मुख्यमन्त्री थापा

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालीका चाडपर्व राष्ट्रिय पहिचानका धरोहर भएको बताएका छन्।

विजयादशमीका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले हाम्रा चाडपर्वहरू धार्मिक तथा सांस्कृतिक आस्था मात्र नभई सामाजिक सद्भाव, आपसी एकता, पारिवारिक सामीप्यता एवं राष्ट्रिय पहिचानका धरोहर भएको बताए।

विविध जातजाति, भाषा, धर्म, संस्कृति र परम्परागत पर्वहरूले आपसी भाइचारा, सहिष्णुता, सद्भाव र एकताको भावना सुदृढ बनाउँदै आएको उनले बताए। यी पर्वहरूले समाजमा प्रेम, सहयोग, सद्भाव र सहअस्तित्वको भावना अभिवृद्धि गर्दै समुन्नत तथा समावेशी समाज निर्माणका लागि प्रेरणा प्रदान गर्ने सन्देशमा भनिएको छ।

यस वर्षका चाडपर्व मनाइरहँदा प्राकृतिक विपद्का कारण उत्पन्न पीडा र कठिनाइलाई पनि आफूहरुले गम्भीरतापूर्वक स्मरण गर्नु परेको उल्लेख गर्दै मुख्यमन्त्री थापाले विशेषगरी भोटेकोसी तथा बूढीगण्डकीमा आएको बाढीका कारण नागरिकहरूको पीडाले सबैलाई मर्माहत बनाएको बताए।

विपद्बाट प्रभावित सम्पूर्ण नागरिकप्रति ऐक्यबद्धता व्यक्त गर्दै उनले प्रभावितहरूको जीवन सामान्य अवस्थामा फर्काउन प्रदेश सरकारले काम गरिरहेको बताए।

प्रदेश सरकार विपद् प्रभावित नागरिकको उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणका कार्यलाई प्राथमिकताका साथ अघि बढाउन प्रतिबद्ध रहेको सन्देशमा भनिएको छ।

प्रकाशित: ४ कार्तिक २०८३ १०:३७ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
मुख्यमन्त्री थापाद्वारा घ्याम्पेडाँडा–रानीकोटगढी सडकको निरीक्षण

मुख्यमन्त्री थापाद्वारा घ्याम्पेडाँडा–रानीकोटगढी सडकको निरीक्षण

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भक्तपुरको घ्याम्पेडाँडा हुँदै रानीकोटगढी जाने सडकको स्थलगत निरीक्षण गरेका छन्।सूर्यविनायक नगरपालिका–८ स्थित उक्त सडकमा हिजो परेको वर्षाका कारण ...

#मुख्यमन्त्री #थापा
Compare →
Ekantipur
1h ago
मधेसका मुख्यमन्त्रीले विश्वासको मत लिँदै

मधेसका मुख्यमन्त्रीले विश्वासको मत लिँदै

शनिबार दिउँसो १ बजे आव्हान गरिएको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिने सूची रहेको छ।

#मुख्यमन्त्री
Compare →
Onlinekhabar
2h ago
मधेशमा सत्ता संघर्ष : विश्वासको मत जुटाउन मुख्यमन्त्री यादवलाई सकस

मधेशमा सत्ता संघर्ष : विश्वासको मत जुटाउन मुख्यमन्त्री यादवलाई सकस

२८ कात्तिक, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै छन् । उनलाई मत लिन मधेश प्रदेश सभा सचिवालयले आज प्रदेश सभा बैठक आह्वान गरेको छ । सत्ता साझेदार दल नेकपा …

#मुख्यमन्त्री
Compare →
Arthasansar
2d ago
मधेशका मुख्यमन्त्री यादवले २८ गते विश्वासको मत लिने

मधेशका मुख्यमन्त्री यादवले २८ गते विश्वासको मत लिने

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी २८ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । तीनदलीय गठबन्धनको सरकारबाट नेकपा एमाले...

#मुख्यमन्त्री
Compare →

Related Stories

Politics & Governance
Build #2612