Trending
Prev Story
Next Story

सलमानबारे बिश्नोई समूहको अर्को अडियो सार्वजनिक, टाइगरको घटनापछि दिशाको घरमा सुरक्षा कडा

Nagarik News •
October 19, 2026 • 04:42 PM
3
3 reads 0 reactions

अडियोमा दिवंगत अभिनेता सुशान्त सिंह राजपूतको मृत्युलाई लिएर पनि आरोप लगाइएको छ।

सलमानबारे बिश्नोई समूहको अर्को अडियो सार्वजनिक, टाइगरको घटनापछि दिशाको घरमा सुरक्षा कडा

मुम्बईमा अभिनेता टाइगर श्राफ सवार कारमा गोली चलेको घटनापछि अभिनेता सलमान खानलाई धम्की दिइएको भनिएको अर्को अडियो सार्वजनिक भएको छ।

अडियोमा अनिल पण्डित नामका व्यक्तिले आफूसँग ७० हजार शूटर रहेको दाबी गर्दै सलमानले जेलमा रहेका लरेन्स बिश्नोई र बिश्नोई समुदायसँग माफी नमागे उनका नजिकका मानिसहरूलाई निशाना बनाउने चेतावनी दिएका छन्। उनले सलमानको जीवन कठिन बनाउने धम्कीसमेत दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यद्यपि, अडियोको सत्यता र त्यसमा गरिएका दाबी स्वतन्त्र रूपमा पुष्टि भएका छैनन्।

अडियोमा दिवंगत अभिनेता सुशान्त सिंह राजपूतको मृत्युलाई लिएर पनि आरोप लगाइएको छ। यसअघि पनि सलमानलाई लक्षित गरिएको भनिएको अर्को अडियो सार्वजनिक भएको थियो। आइतबार साँझ मुम्बईको जुहू क्षेत्रमा टाइगर श्राफ सवार बीएमडब्ल्यू कारमा मोटरसाइकलमा आएका तीन जनाले गोली चलाएको आरोप छ। घटनामा टाइगरलाई चोट लागेन भने उनका चालक र अर्का एक व्यक्ति घाइते भए।

घटनामा संलग्न भएको आशंकामा एक नाबालिगसहित तीन जनालाई राजस्थानको कोटा रेलवे स्टेसनबाट पक्राउ गरिएको छ। प्रहरीका अनुसार उनीहरू दिल्ली हुँदै नेपाल भाग्ने प्रयासमा थिए। पक्राउ परेकामध्ये एक जना अनिल पण्डितको सम्पर्कमा रहेको बताइएको छ। उनीहरूलाई थप अनुसन्धानका लागि मुम्बई प्रहरीको जिम्मा लगाइएको छ।

यसैबिच, घटनापछि उत्तर प्रदेशको बरेलीस्थित अभिनेत्री दिशा पटानीको घरमा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ। सोमबार डिएसपी आशुतोष शिवम र कोतवालीका प्रहरी निरीक्षक राजीव कुमारले घरको सुरक्षा व्यवस्थाको निरीक्षण गरेका छन्। उनीहरूले ड्युटीमा रहेका प्रहरीलाई सतर्क रहन र आसपासका गतिविधिमा निगरानी बढाउन निर्देशन दिएका छन्। दिशाको घरमा यसअघि नै एक हेड कन्स्टेबल र तीन कन्स्टेबल खटिएका थिए।

दिशाको बरेलीस्थित घरमा गत वर्ष सेप्टेम्बर ११ र १२ मा पनि गोली चलेको थियो। उक्त घटनापछि घरको सुरक्षा बढाइएको थियो भने दुई जना संदिग्ध पक्राउ परेका थिए। अहिले उनका बुबा जगदीश सिंह पटानी र बहिनी खुश्बु पटानी उक्त घरमा बस्दै आएका छन्। प्रहरीले परिवारको सुरक्षामा निरन्तर निगरानी राखिरहेको जनाएको छ।

प्रकाशित: २ कार्तिक २०८३ २२:२७ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
2h ago
बंगालको खाडीमा अर्को चक्रवाती आँधी बन्ने सम्भावना, सोमबारसम्म विकसित हुने अनुमान

बंगालको खाडीमा अर्को चक्रवाती आँधी बन्ने सम्भावना, सोमबारसम्म विकसित हुने अनुमान

२८ कात्तिक, काठमाडौं । बंगालको खाडीमा अर्को चक्रवाती आँधी विकसित हुने सम्भावना देखिएको छ । भारतको मौसम विज्ञान विभाग (आईएमडी) ले बंगालको खाडीमा अर्को चक्रवाती आँधी विकसित हुने सम्भावना देखिएको जनाएको हो ।   विभागले हाल दक्षिणपूर्वी …

#अर्को
Compare →
Hamro Patro News
4h ago
अर्को साता चीनमा ट्रम्प, पुटिन र सी चिनफिङबिच ऐतिहासिक त्रिपक्षीय भेटवार्ता हुने

अर्को साता चीनमा ट्रम्प, पुटिन र सी चिनफिङबिच ऐतिहासिक त्रिपक्षीय भेटवार्ता हुने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबिच अर्को साता चीनमा ऐतिहासिक संयुक्त भेटवार्ता हुने भएको छ । ह्वाइट हाउसका अनुसार चीनको दक्षिणी सहर...

#अर्को
Compare →
Ekantipur
22h ago
बलिउड कलाकारको सुरक्षामा चिन्ता, निजी अंगरक्षकको माग बढ्यो

बलिउड कलाकारको सुरक्षामा चिन्ता, निजी अंगरक्षकको माग बढ्यो

अभिनेता अमिताभ बच्चनले आफ्नो निवासबाहिर बुलेटप्रुफ घेराबाट प्रशंसकलाई अभिवादन गरेका थिए भने अभिनेता शाहरुख खानको निवास आसपास पनि सुरक्षा बढाइएको छ ।

#अभिनेता #सुरक्षा
Compare →
Bizshala
1w ago
म्याक्स टाइगरले चार विजेतालाई दियो बाइक र स्कुटर बम्परमा प्रोटोन कार बाँकी

म्याक्स टाइगरले चार विजेतालाई दियो बाइक र स्कुटर बम्परमा प्रोटोन कार बाँकी

काठमाण्डौ । म्याक्स टाइगर इनर्जी ड्रिंकले ‘दशैं धमाका २०२६’ अभियानअन्तर्गत चार विजेतालाई तीन मोटरसाइकल र एक स्कुटर...

#टाइगर
Compare →

Related Stories

World News
Build #2612