विराटनगर । मोरङको कानेपोखरीमा १४ वर्षीया बालिकामाथि भएको जबरजस्ती करणी (बलात्कार) र कुटपिटको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ। पक्राउ पर्नेमा पीडित बालिकाकै ससुरा र श्रीमान् छन्।
जिल्ला प्रहरी कार्यालय मोरङले मंसिर ९ गते एक प्रेस विज्ञप्ति जारी गर्दै घटनाको विवरण सार्वजनिक गरेको हो। प्रहरीका अनुसार गत कात्तिक २९ गते राति कानेपोखरी गाउँपालिका–६ स्थित पीडितकै घरमा ५५ वर्षीय ससुरा जयराम दर्जीले १४ वर्षीया बुहारीमाथि जबरजस्ती करणी गरेका थिए। घटनाबारे सूचना प्राप्त हुनासाथ प्रहरीले दर्जीलाई तत्काल पक्राउ गरेको थियो। उनलाई मंसिर १ गते अदालतबाट म्याद थप गरी जबरजस्ती करणी कसुर मुद्दामा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
Read full story at source ( ratopati.com )