ग्रिन एप्पलको स्वाद मन पराउनेका लागि ‘ग्रिन म्यानियाक’, मस्कट अंगुरको स्वाद रुचाउनेका लागि ‘श्रेक अट्याक’ र ग्रेपफ्रुट तथा पाइनएप्पलको मिश्रित स्वाद खोज्नेका लागि ‘ट्रपिकल पञ्च’, रास्पबेरी स्वादका पारखीका लागि ‘रास्प एन्ड फ्युरियस’ र अर्को नयाँ विकल्पका रूपमा ‘एक्स्ट्रिम्ली लाइट’ पनि बजारमा आएको कम्पनीको भनाइ छ ।
काठमाडौँ — एक्स्ट्रिम इनर्जी ड्रिंक्सलेस्वादमा नयाँ उत्साह र रोजाइका विकल्प थप गरेको छ ।
एक्स्ट्रिम इनर्जी ड्रिंकका पारखीले एउटै ब्रान्डमा एक्स्ट्रिम इनर्जीका साथै थप पाँच फरक स्वादको मज्जा लिन पाउने भएका छन् । कम्पनीले उपभोक्ताको बदलिँदो रुचि र स्वादलाई ध्यानमा राख्दै पाँच नयाँ फ्लेभर बजारमा ल्याइएको बताएको छ ।
ग्रिन एप्पलको स्वाद मन पराउनेका लागि ‘ग्रिन म्यानियाक’, मस्कट अंगुरको स्वाद रुचाउनेका लागि ‘श्रेक अट्याक’ र ग्रेपफ्रुट तथा पाइनएप्पलको मिश्रित स्वाद खोज्नेका लागि ‘ट्रपिकल पञ्च’ ल्याइएको कम्पनीले जनाएको छ ।
रास्पबेरी स्वादका पारखीका लागि ‘रास्प एन्ड फ्युरियस’ र अर्को नयाँ विकल्पका रूपमा ‘एक्स्ट्रिम्ली लाइट’ पनि बजारमा आएको कम्पनीको भनाइ छ ।
उपभोक्ताको स्वादलाई अझ रोमाञ्चक बनाउने उद्देश्यले नयाँ फ्लेभर ल्याइएको कम्पनीले बताएको छ । पाँच फरक फरक स्वादका ड्रिंकहरुको बिक्री वितरणसमेत सुरु भइसकेको कम्पनीले जनाएको छ ।
यसैबीच जाडो मौसमलाई थप उत्साहपूर्ण र रोमाञ्चक बनाउने उद्देश्यसहित एक्स्ट्रिम इनर्जी ड्रिंकले उपभोक्ताका लागि विशेष ‘विन्टर अफर’ सार्वजनिक गरेको छ ।
अफरअन्तर्गत एक्स्ट्रिम इनर्जी ड्रिंकका क्लासिकसहित पाँचवटै स्वादका उत्पादन खरिद गर्ने उपभोक्तामध्ये ६ जना भाग्यशाली विजेताले सुनको क्यान उपहार जित्ने अवसर पाउनेछन् । योजनामा सहभागी हुन उपभोक्ताले एक्स्ट्रिम इनर्जी ड्रिंकको कुनै पनि स्वादको क्यान खरिद गरी त्यसमा रहेको क्यूआर कोड स्क्यान गर्नुपर्नेछ ।