Trending
Prev Story
Next Story

कार्ड व्यवसाय विस्तारका लागि सिद्धार्थ बैंक र भिसाबीच सम्झौता

Bizshala •
November 25, 2026 • 02:05 PM
25
25 reads 0 reactions

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेड र अन्तर्राष्ट्रिय डिजिटल भुक्तानी सेवा प्रदायक संस्था भिसाबीच कार्ड व्यवसाय...

कार्ड व्यवसाय विस्तारका लागि सिद्धार्थ बैंक र भिसाबीच सम्झौता

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेड र अन्तर्राष्ट्रिय डिजिटल भुक्तानी सेवा प्रदायक संस्था भिसाबीच कार्ड व्यवसाय विस्तार तथा डिजिटल भुक्तानी सेवालाई थप सुदृढ बनाउने सम्झौता भएको छ।

सम्झौताअनुसार सिद्धार्थ बैंकले आफ्नो भिसा कार्ड पोर्टफोलियो विस्तार गर्नुका साथै ग्राहकका लागि कार्ड सेवा र भुक्तानी स्वीकार्यता बढाउनेछ। यस सहकार्यले नयाँ डिजिटल भुक्तानी सेवाको विकास र ग्राहक अनुभवलाई थप प्रभावकारी बनाउने विश्वास बैंकले लिएको छ।

सम्झौताका सम्बन्धमा सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्यालले भिसासँगको रणनीतिक सहकार्यले बैंकको कार्ड व्यवसायलाई थप सुदृढ बनाउने बताए।

‘यस सम्झौताले सिद्धार्थ बैंकको भिसा कार्ड व्यवसायलाई थप सुदृढ बनाउन महत्वपूर्ण आधार तयार गरेको छ,’ उनले भने, ‘कार्ड पोर्टफोलियो विस्तार, ग्राहक सुविधामा वृद्धि तथा कार्डको प्रयोग बढाउँदै डिजिटल भुक्तानी प्रणालीको विकासमा थप योगदान पुर्‍याउने हाम्रो लक्ष्य छ।’

त्यस्तै, भिसाका नेपाल, भुटान तथा बंगलादेशका कन्ट्री म्यानेजर सब्बिर अहमदले नेपालको डिजिटल भुक्तानी प्रणाली तीव्र रूपमा विस्तार भइरहेको अवस्थामा सिद्धार्थ बैंकसँगको सहकार्य महत्वपूर्ण हुने बताए।

उनले यस साझेदारीले देशभर सुरक्षित, विश्वसनीय तथा नवीन भुक्तानी सेवाको पहुँच विस्तार गर्ने भिसाको प्रतिबद्धतालाई थप बलियो बनाउने उल्लेख गरे।

सम्झौताअन्तर्गत सिद्धार्थ बैंकले ग्राहकका लागि सुरक्षित, सहज तथा नवीन डिजिटल भुक्तानी समाधान विस्तार गर्दै आकर्षक सुविधा र विशेष अफरहरू ल्याउने योजना बनाएको छ।

यस सहकार्यले नेपालको विकासोन्मुख कार्ड तथा डिजिटल भुक्तानी बजारमा बैंकको उपस्थितिलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
6h ago
सिद्धार्थ बैंक र भिसाबीच कार्ड व्यवसाय विस्तारका लागि सम्झौता

सिद्धार्थ बैंक र भिसाबीच कार्ड व्यवसाय विस्तारका लागि सम्झौता

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र डिजिटल भुक्तानी क्षेत्रमा विश्वव्यापी अग्रणी संस्था भिसाबीच सिद्धार्थ बैंकको भिसा कार्ड पोर्टफोलियो विस्तार तथा डिजिटल भुक्तानी सेवाको सुदृढीकरण गर्ने उद्देश्यले...

#कार्ड #सिद्धार्थ #भुक्तानी
Compare →
Onlinekhabar
5d ago
स्वास्थ्य बीमाको सेवा लिन अब डिजिटल कार्ड वा फोटोकपी देखाए पुग्ने

स्वास्थ्य बीमाको सेवा लिन अब डिजिटल कार्ड वा फोटोकपी देखाए पुग्ने

९ मंसिर, काठमाडौं ।  अब स्वास्थ्य बीमाको सेवा लिन भौतिक परिचयपत्र नै बोक्नुपर्ने बाध्यता हटेको छ । स्वास्थ्य बीमा बोर्डले डिजिटल कार्ड वा स्वास्थ्य बीमा परिचयपत्रको स्पष्ट विवरण देखिने फोटोकपीका आधारमा पनि सेवा उपलब्ध गराउन स्वास्थ्य …

#कार्ड #डिजिटल
Compare →
Nagarik News
3d ago
मैदानमै विपक्षी खेलाडीको अनुहारमा बल हानेपछि विवादमा मेस्सी, रेड कार्ड नदिएको भन्दै आलोचना

मैदानमै विपक्षी खेलाडीको अनुहारमा बल हानेपछि विवादमा मेस्सी, रेड कार्ड नदिएको भन्दै आलोचना

उक्त घटनामा रेफ्रीले रातो कार्डको सट्टा पहेंलो कार्ड मात्र देखाएपछि कोलम्बस क्रुका प्रशिक्षकले मेस्सीलाई मैदानबाट बाहिर पठाउनुपर्ने बताएका हुन्।

#कार्ड
Compare →

Related Stories

Business & Economy
Build #2635