Trending
Prev Story
Next Story

श्रीमतीले खाना पकाउन नमानेपछि श्रीमानले उठाए यस्तो कदम

Nagarik News •
November 25, 2026 • 08:23 AM
11
11 reads 0 reactions

प्रहरीका अनुसार उनी एक वर्षभन्दा बढी समयदेखि थाइल्यान्डमा बस्दै आएका थिए। उनी लात फ्राओ क्षेत्रको एक रोटी कारखानामा काम गर्थे।

श्रीमतीले खाना पकाउन नमानेपछि श्रीमानले उठाए यस्तो कदम

थाइल्यान्डमा एक २१ वर्षीय युवकले श्रीमतीले खाना पकाउन नमानेपछि विवाद हुँदा उनको ज्यान लिएको र शव टुक्राटुक्रा पारेको स्वीकार गरेका छन्।

म्यानमारका ती युवकले श्रीमतीको शव बैंककको एक गल्लीमा फालेको स्वीकार गरेका हुन्। स्थानीय सञ्चारमाध्यमका अनुसार मंगलबार प्रहरीले बानयार सोए ह्लाइङलाई घटनाको पुनःअभिनयका लागि उनको कोठा र गल्लीमा लगेको थियो। उनलाई सोमबार राति थाइल्यान्डको समुत साखोन प्रान्तबाट पक्राउ गरिएको थियो।

प्रहरीका अनुसार युवकले श्रीमतीको शव टुक्राटुक्रा पारेर बैंककको ख्लोङ चान क्षेत्रस्थित लात फ्राओ सोई १०९/५ नजिकै फोहोरको थुप्रोमा झोलाभित्र राखेर फालेको स्वीकार गरेका छन्।

प्रहरीले उनलाई अपार्टमेन्टको तेस्रो तलामा रहेको कोठामा लगेर थप प्रमाण खोजेको थियो। त्यसक्रममा हराएको दाहिने हात, मुटु र व्यक्तिगत कागजात खोजिएको थियो। त्यसपछि उनलाई अपार्टमेन्टबाट करिब २० मिटर टाढा रहेको फोहोर फाल्ने ठाउँमा लगिएको थियो।

लात फ्राओ प्रहरी चौकीमा सोधपुछका क्रममा उनले दोभाषेमार्फत श्रीमतीले खाना पकाउन अस्वीकार गरेपछि विवाद भएको बताएका थिए। त्यसक्रममा रिस उठेर आफूले अनजानमा उनको ज्यान लिएको उनको दाबी छ।

प्रहरीका अनुसार उनी एक वर्षभन्दा बढी समयदेखि थाइल्यान्डमा बस्दै आएका थिए। उनी लात फ्राओ क्षेत्रको एक रोटी कारखानामा काम गर्थे।

राष्ट्रिय प्रहरी उपप्रमुख पोल जनरल निरान्डोर्न लुआमश्रीले युवकले घटनाबारे जानकारी दिएको र अपराध स्वीकार गरेको बताए। तर, उनको बयानमा विरोधाभास रहेको भन्दै प्रहरीले पारिवारिक विवाद, सम्भावित विश्वासघात र अन्य व्यक्तिगत कारणबारे पनि अनुसन्धान गरिरहेको छ।

उनले स्वीकारोक्ति मात्रै मुद्दा स्थापित गर्न पर्याप्त नहुने बताए। त्यसका लागि फोरेन्सिक प्रमाण, घटनाको समयरेखा र युवकको गतिविधिसहित अन्य प्रमाण आवश्यक पर्ने उनको भनाइ छ।

प्रारम्भिक अनुसन्धानमा शव टुक्राटुक्रा पार्न छोटो धार भएको चक्कु प्रयोग गरिएको देखिएको छ। प्रहरीले एउटा चक्कु बरामद गरे पनि घटनामा त्यही चक्कु प्रयोग भएको पुष्टि हुन बाँकी छ। त्यसका लागि फोरेन्सिक परीक्षण गरिने प्रहरीले जनाएको छ।

युवकले अपार्टमेन्टको झ्यालबाट श्रीमतीको दाहिने हात र मुटु फालेको दाबी गरेका छन्। प्रहरीले ती वस्तुको खोजीका लागि भवनपछाडिको क्षेत्रमा थप अनुसन्धान गर्ने जनाएको छ।

प्रकाशित: ९ मंसिर २०८३ १४:०८ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
5d ago
दैलेखमा श्रीमान्‌को बञ्चरो प्रहारबाट घाइते श्रीमतीको पनि मृत्यु (अपडेट)

दैलेखमा श्रीमान्‌को बञ्चरो प्रहारबाट घाइते श्रीमतीको पनि मृत्यु (अपडेट)

५ मंसिर, सुर्खेत । दैलेखमा श्रीमान्को बञ्चरो प्रहारबाट गम्भीर घाइते भएकी श्रीमती मनिषा सलामी मगरको पनि मृत्यु भएको छ । आफ्नै श्रीमती र तीन सन्तानमाथि चामुण्डा बिन्द्रासैनी नगरपालिका–३ पानीखोला गाउँका अम्बर सलामी मगरले बञ्चरो प्रहार गरेका …

#श्रीमती #श्रीमान
Compare →
Ekantipur
4d ago
बन्चरो प्रहारबाट श्रीमती र दुई छोराछोरीको हत्या, एक छोरा गम्भीर घाइते

बन्चरो प्रहारबाट श्रीमती र दुई छोराछोरीको हत्या, एक छोरा गम्भीर घाइते

दैलेखको चामुण्डा बिन्द्रासैनीमा घरायसी विवादका क्रममा बन्चरो प्रहार गरेका थिए । घटनामा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

#श्रीमती
Compare →
Setopati
1w ago
जब ३०० रुपैयाँको खानाले रातभर उठबस गरायो!

जब ३०० रुपैयाँको खानाले रातभर उठबस गरायो!

एक्कासि गाडी गएर नवलपरासीतिर रोकियो। बिउँझिएर घडी हेरेँ। रातको ११ बजेको रैछ। ११ बजे कसलाई चाहिँ भोक लाग्नु र? तर सबैजना बिउँझिए किनकि २० मिनेटभित्र खाना खाएर बसभित्र छिरिसक्नु पर्ने आदेश जो थियो। तर शौचालयको लाइनले नै २० मिनेट खाला जस्तो थियो।

#खाना
Compare →
Hamro Patro News
1w ago
खानामा मरेको साङ्लो फेला परेपछि बिरयानी हाउसलाई दुई लाख जरिवाना

खानामा मरेको साङ्लो फेला परेपछि बिरयानी हाउसलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) । खानामा मरेको साङ्लो फेला परेपछि रु दुई लाख जरिवाना गरिएको छ । वीरगञ्ज–२ छपकैयास्थित सामा मुरादावादी एन्ड हैदरावादी बिरयानी हाउसलाई उक्त जरिवाना तोकिएको हो । ग्राहकले खाइरहेको खान...

#खाना
Compare →

Related Stories

World News
Build #2635