१० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मंगलवारदेखि सुरु भएको पुरुष फुटवल प्रतियोगितामा नेपाल पुलिस क्लवले विजयी सुरुवात गरेको छ । नेपाल पुलिस क्लवले कर्णाली प्रदेशलाई शुन्यका विरुद्ध २ गोल गरी पुलिसले विजयी सुरुवात गरेको हो ।
कर्णाली रंगशालामा भएको खेलमा नेपाल पुलिस क्लवले दुवै गोल खेलको पहिलो हाफमा भएको थियो । पुलिसका लागि ११ नम्वर जर्सीका धिरेन्द्र शाहले खेलको ३६ औं मिनेटमा पहिलो गोल गरेका थिए ।
यस्तै दोस्रो गोल पहिलो हाफको अन्तिम ४६ औं मिनेटमा पुलिसका सुजन मगरले गोल थप्दै अग्रता बढाएका थिए । दोस्रो हाफमा भने दुवैतर्फ गोलका अवसरहरु प्राप्त भएपनि सदुपयोग गर्न सकेनन् । खेलमा नेपाल प्रहरीका एक जना र कर्णालीका दुई जना खेलाडीले पहेंलो कार्ड प्राप्त गरेका थिए ।
प्रकाशित: ८ मंसिर २०८३ १८:३४ मंगलबार