Trending
Prev Story
Next Story

नेपाली सेनाको रथीमा बढुवामा भएका थापालाई दर्ज्यानी चिन्ह

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
19
19 reads 0 reactions

८ मंसिर, काठमाडौं । नेपाली सेनाका रथीमा बढुवा भएका अनुपजंग थापालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । प्रधानसेनापति अशोकराज सिग्देलले सैनिक मुख्यालय जंगी अड्डामा आयोजित एक कार्यक्रममा थापालाई रथीको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । ४ मंसिरको …

नेपाली सेनाको रथीमा बढुवामा भएका थापालाई दर्ज्यानी चिन्ह

८ मंसिर, काठमाडौं । नेपाली सेनाका रथीमा बढुवा भएका अनुपजंग थापालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

प्रधानसेनापति अशोकराज सिग्देलले सैनिक मुख्यालय जंगी अड्डामा आयोजित एक कार्यक्रममा थापालाई रथीको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

४ मंसिरको मन्त्रीपरिषद्को बैठकले थापालाई उपरथीबाट रथीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

योसँगै थापा आगामी प्रधानसेनापतिका मुख्य दाबेदार बनेका छन् । २४ भदौ २०८४ मा अहिलेका प्रधानसेनापति सिग्देल अवकाशमा जानेछन् । त्यसपछि उनको ठाउँमा प्रधानसेनापति बन्ने सम्भावना थापाको प्रबल छ ।

त्यसैगरी उपरथीमा बढुवा भएका मनोज थापालाई पनि दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

प्राविधिक सहायक रथीमा बढुवा भएका जगत शाह, पंकज रावल, शितल बानियाँलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

महासेनानीमा बढुवा भएका अरविन्द श्रेष्ठलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1d ago
रथी अनुपजंग थापासहित पदोन्नति भएका ६ सैनिक अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

रथी अनुपजंग थापासहित पदोन्नति भएका ६ सैनिक अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

प्रधान सेनापति महारथी अशोक राज सिग्देलले रथी दर्जामा पदोन्नति भएका उपरथी अनुपजंग थापासहित ६ जना सैनिक अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

#रथी #दर्ज्यानी #चिन्ह
Compare →
Hamro Patro News
1d ago
रथी थापालाई दर्ज्यानी चिह्न प्रदान

रथी थापालाई दर्ज्यानी चिह्न प्रदान

प्रधानसेनापति अशोकराज सिग्देलले रथीमा पदोन्नति भएका अनुपजङग थापालाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित समारोहमा प्रधानसेनापति सिग्देलले उनलाई दर्ज्यानी चिह्न ...

#थापा #रथी #दर्ज्यानी
Compare →
Ekantipur
3d ago
कांग्रेस सभापति थापा भोटेकोसी बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न स्थलगत भ्रमणमा

कांग्रेस सभापति थापा भोटेकोसी बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न स्थलगत भ्रमणमा

सभापति थापाले रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित बस्ती तथा होल्डिङ सेन्टर पुगेर प्रभावितहरूसँग भेटघाट, छलफल र अन्तरक्रिया गर्ने कार्यक्रम छ।

#थापा
Compare →

Related Stories

National (Nepal)
Build #2635