Trending
Prev Story
Next Story

अमेरिकासँग वार्ता गर्न इरानले अघि सार्‍यो पुरानै ७ सर्त

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
22
22 reads 0 reactions

काठमाडौं । अमेरिकासँग वार्ताको नेतृत्व गरिरहेका इरानी संसद्का सभामुख मोहम्मद बाघेर गलिबाफले वार्ताका लागि आफ्नो देशको अडानमा कुनै परिवर्तन नभएको बताएका छन् । उनले अमेरिकासँग सम्झौता गरेर युद्ध अन्त्य गर्न पुरानै सात सर्त पूरा हुनुपर्ने इरानको …

अमेरिकासँग वार्ता गर्न इरानले अघि सार्‍यो पुरानै ७ सर्त

काठमाडौं । अमेरिकासँग वार्ताको नेतृत्व गरिरहेका इरानी संसद्का सभामुख मोहम्मद बाघेर गलिबाफले वार्ताका लागि आफ्नो देशको अडानमा कुनै परिवर्तन नभएको बताएका छन् ।

उनले अमेरिकासँग सम्झौता गरेर युद्ध अन्त्य गर्न पुरानै सात सर्त पूरा हुनुपर्ने इरानको अडान रहेको प्रस्ट पारेका छन् ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) निकट समाचार संस्था फार्समा प्रकाशित समाचारअनुसार गलिबाफले इरानका सात सर्त पूरा नभएसम्म कुनै पनि कदम नचाल्ने र वार्ता पनि नगर्ने बताएका छन् ।

अमेरिकाले दिइरहेको धम्की र अपमानजनक अभिव्यक्तिलाई उसको निराशाको संकेत भएको गलिबाफको टिप्पणी छ ।

‘हाम्रो अडान पहिले नै स्पष्ट छ । इरानका सात सर्त पूरा नभएसम्म न कुनै कदम चालिनेछ, न वार्ता हुनेछ,’ गलिबाफले भनेका छन् ।

उनले शत्रु पक्ष(अमेरिका–इजरायल)बाट हुने कुनै पनि शत्रुतापूर्ण गतिविधिको निर्णायक जवाफ दिन इरान तयार रहेको चेतावनीसमेत दिएका छन् । अमेरिका र इजरायलले गलत आकलन गरेमा युद्धको भौगोलिक दायरा विस्तार गर्न सकिने उनको भनाइ छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टका पछिल्ला निरर्थक टिप्पणी र धम्कीको जवाफमा आफूले यस्तो अभिव्यक्ति दिएको गलिबाफले बताएका छन् ।

यसअघि बेसेन्टले एक्समा लेख्दै इरानको अवैध वित्तीय सञ्जाल ध्वस्त पार्ने अभियान जारी रहने बताएका थिए ।

यसैबीच, अमेरिकी अर्थ मन्त्रालयले सोमबार इरानका दुई दर्जनभन्दा बढी मुद्रा विनिमय केन्द्र, नक्कली कम्पनी तथा प्रमुख व्यक्तिहरूमाथि प्रतिबन्ध लगाएको घोषणा गरेको थियो । इरानको विश्वव्यापी छाया बैंकिङ सञ्जाललाई कमजोर पार्ने उद्देश्यले प्रतिबन्ध लगाइएको अमेरिकाको भनाइ छ ।

इरानले अमेरिकासँगको वार्ताका लागि अघि सारेका सात सर्तमध्ये इरानी बन्दरगाहमाथिको अमेरिकी नौसैनिक नाकाबन्दी हटाउनुपर्ने, प्रतिबन्धमा राहत दिनुपर्ने, रोक्का गरिएका इरानी रकम फुकुवा गर्नुपर्ने, सबै मोर्चामा युद्धविराम हुनुपर्ने र युद्ध औपचारिक रूपमा अन्त्य भएको घोषणा गर्नुपर्नेलगायत छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
3d ago
अमेरिका युद्धमा पराजित देश हो, सर्त थोपर्ने विजेता होइन : इरान

अमेरिका युद्धमा पराजित देश हो, सर्त थोपर्ने विजेता होइन : इरान

इरानले अमेरिकालाई युद्धमा पराजित देशको संज्ञा दिँदै अब उसले विजेताको जस्तो व्यवहार गरेर अन्य देशमाथि सर्त थोपर्न नसक्ने बताएको छ। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईले अमे...

#अमेरिका #इरान #सर्त
Compare →
Nagarik News
3d ago
इरान–अमेरिका तनाव चर्कियो, बहराइनस्थित अमेरिकी अखडामा ड्रोन र क्षे’प्यास्त्र प्रहार

इरान–अमेरिका तनाव चर्कियो, बहराइनस्थित अमेरिकी अखडामा ड्रोन र क्षे’प्यास्त्र प्रहार

इरानको आधिकारिक सञ्चारमाध्यम सेपाह न्युजमा प्रकाशित विज्ञप्तिअनुसार अमेरिकी पक्षबाट इरानी हवाई क्षेत्रको उल्लङ्घन जारी रहेकाले उक्त कारबाही गरिएको हो।

#इरान #अमेरिका
Compare →
Ekantipur
3d ago
अमेरिकाबाट देशनिकाला गरिएका २५ आप्रवासी लाइबेरिया पुगे

अमेरिकाबाट देशनिकाला गरिएका २५ आप्रवासी लाइबेरिया पुगे

अमेरिकाबाट देशनिकाला गरिएका व्यक्तिहरूलाई स्वीकार गर्न सहमत हुने अफ्रिकी राष्ट्रहरूको सूचीमा लाइबेरिया पनि थपिएको छ

#अमेरिका
Compare →
Bizshala
16h ago
चीन र जापानसहित १६ देशमाथि नयाँ भन्सार शुल्क लगाउने तयारीमा अमेरिका

चीन र जापानसहित १६ देशमाथि नयाँ भन्सार शुल्क लगाउने तयारीमा अमेरिका

काठमाडौं। अमेरिकाले विभिन्न देशबाट आयात हुने वस्तुमा नयाँ भन्सार शुल्क (ट्यारिफ) लगाउने तयारी गरेको छ। यसबाट चीन, जापान,...

#अमेरिका
Compare →

Related Stories

World News
Build #2635