Trending
Prev Story
Next Story

दसौं राष्ट्रिय खेलकुद : अस्मिना कर्माचार्यको कप्तानीमा बागमतीको महिला क्रिकेट टोली

Ekantipur •
November 24, 2026 • 05:33 AM
14
14 reads 0 reactions

हेटौंडाको गौरीटार रंगशालामा भएको छनोटबाट खेलाडीको ब्याटिङ, बलिङ, फिल्डिङ र क्याचिङ क्षमताका आधारमा टोली बनाइएको हो।

दसौं राष्ट्रिय खेलकुद : अस्मिना कर्माचार्यको कप्तानीमा बागमतीको महिला क्रिकेट टोली

हेटौंडाको गौरीटार रंगशालामा भएको छनोटबाट खेलाडीको ब्याटिङ, बलिङ, फिल्डिङ र क्याचिङ क्षमताका आधारमा टोली बनाइएको हो।

हेटौंडा — कर्णाली प्रदेशमा मंसिर १६ गतेदेखि आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेशको महिला क्रिकेट टोली घोषणा गरिएको छ ।

हेटौंडा उपमहानगरपालिका–६ स्थित गौरीटार रंगशालामा सञ्चालन भएको प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिताबाट अस्मिना कर्माचार्यको कप्तानीमा १४ सदस्यीय टोली छनोट गरिएको हो । प्रदेशस्तरीय छनोट प्रतियोगितामा बागमती प्रदेशका १३ जिल्लाबाट ५० जना महिला क्रिकेट खेलाडी सहभागी भएका थिए ।

सहभागी खेलाडीको प्रदर्शन, क्षमता र खेलकौशलको मूल्यांकनपछि उत्कृष्ट खेलाडीलाई समेटेर टोली घोषणा गरिएको क्रिकेट छनोट प्राविधिक उपसमितिका संयोजक सञ्जोग पोखरेलले जानकारी दिए ।

घोषित टोलीमा कप्तान कर्माचार्यसहित कञ्चन श्रेष्ठ, विकेटकिपर विपिशा शाही, कृष्मा गुरुङ, लक्ष्मिमाया रुम्बा लामा, हेलिशा गुरुङ, पूजा साउद, संस्कृति फुयाँल, सम्भाव्या ढकाल, सबिका कुमारी यादव, अनुषा रोकाहा, ऐली यादव, हिमानी धामी र श्रीजा घिमिरे रहेका छन् ।

संयोजक पोखरेलका अनुसार छनोट भएका १४ खेलाडीमध्ये १० जना मुख्य टोलीमा र चार जना वैकल्पिक खेलाडीका रूपमा छनोट गरिएका हुन् । खेलाडी छनोट गर्दा उनीहरूको ब्याटिङ, बलिङ, फिल्डिङ तथा क्याचिङ क्षमतालाई मुख्य आधार बनाइएको थियो ।

'प्रतियोगिताका क्रममा खेलाडीले देखाएको व्यक्तिगत प्रदर्शन र समग्र खेलकौशलको मूल्यांकन गरी टोली तयार पारिएको हो', उनले भने ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
5h ago
तीन महिनापछि बोलाइयो बागमती प्रदेशसभा बैठक

तीन महिनापछि बोलाइयो बागमती प्रदेशसभा बैठक

९ मंसिर, हेटौंडा । बागमती प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत १९औँ बैठक बस्ने भएको छ । गत ९ भदौमा मुख्यमन्त्री किरण थापाले विश्वासको मत लिएपछि प्रदेशसभा बैठक बसेको थिएन । प्रदेशसभा सचिवालयका अनुसार ...

#हेटौंडा #बागमती
Compare →
Nagarik News
2h ago
सन्तोषको कप्तानीमा नेपाल ‘ए’ क्रिकेट टोली घोषणा

सन्तोषको कप्तानीमा नेपाल ‘ए’ क्रिकेट टोली घोषणा

देब्रे हाते स्पिन अलरान्डर सन्तोष यादवको कप्तानीमा १४ सदस्यीय नेपाल ‘ए’ क्रिकेट टोली घोषणा भएको छ।

#क्रिकेट #कप्तानी
Compare →
Bizshala
2d ago
बागमती–विष्णुमतीलाई पुरानै स्वरूपमा फर्काउने सरकारको घोषणा, काठमाण्डौलाई हरित र बस्नयोग्य सहर बनाइने

बागमती–विष्णुमतीलाई पुरानै स्वरूपमा फर्काउने सरकारको घोषणा, काठमाण्डौलाई हरित र बस्नयोग्य सहर बनाइने

काठमाण्डौ । कार्यवाहक प्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागमती र विष्णुमती...

#बागमती
Compare →
Arthasansar
4d ago
फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि बोलपत्र आह्वान

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि बोलपत्र आह्वान

सुदूरपश्चिम प्रदेशको धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाइएको छ। नेपाल सरकारको सहरी विकास तथा भवन...

#क्रिकेट
Compare →

Related Stories

Sports
Build #2625