Trending
Prev Story
Next Story

अबको संसद् बैठक नयाँ भवनमा राख्नेबारे छलफल

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
13
13 reads 0 reactions

८ मंसिर, काठमाडौं । संघीय संसद्को अबको अधिवेशन अन्तर्गतका बैठक नयाँ भवनमा राख्ने तयारी भएको छ । यसका लागि के कति सम्भव छ भनेर सोमबार सभामुख डोलप्रसाद अर्याल सहित संसद् सचिवालयका अधिकारीहरूले निर्माणधिन भवनको अवलोकन गरेका …

अबको संसद् बैठक नयाँ भवनमा राख्नेबारे छलफल

८ मंसिर, काठमाडौं । संघीय संसद्को अबको अधिवेशन अन्तर्गतका बैठक नयाँ भवनमा राख्ने तयारी भएको छ ।

यसका लागि के कति सम्भव छ भनेर सोमबार सभामुख डोलप्रसाद अर्याल सहित संसद् सचिवालयका अधिकारीहरूले निर्माणधिन भवनको अवलोकन गरेका थिए ।

अवलोकनमा सभामुख अर्यालसँगै निर्माण व्यवसायीका प्रतिनिधि, आयोजना हेर्ने पूर्वाधार मन्त्रालयका प्रतिनिधि, प्रतिनिधिसभा कार्यव्यवस्थाका अधिकारीहरू, प्रविधि व्यवस्थापन, आन्तरिक व्यवस्थापन, सुरक्षा व्यवस्थापनका अधिकारीहरू अवलोकनमा गएका थिए ।

अवलोकनपछि संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले भने, ‘१२ वटै भवनको समग्रतामा भौतिक प्रगति ९५ प्रतिशत छ । तर, संसद् बैठक राख्ने हलको मात्रै हेर्दा भौतिक निर्माणको प्रगति लगभग सकिएको छ । तर आन्तरिक सजावत र प्रविधि स्थापनाको काममा अझै थप सुधारको आवश्यकता देखिएको छ । उक्त कार्यहरूलाई सिघ्र सम्पादन गर्न भनिएको छ ।’

फिनिसिङको काम भइरहेकोले त्यसलाई सकाएर अबको संसद् अधिवेशन अन्तर्गतका बैठक नयाँ भवनमा राख्न सकिनेबारे छलफल चलिरहेको छ ।

प्रवक्ता गिरी भन्छन्, ‘आउँदो अधिवेशन नयाँ भवनमा चलाउने तयारी सहितको काम भइरहेको छ । तयारी पूरा भएको अवस्थामा अबका सुंद् बैठक नयाँ भवनमा बस्न सक्नेछन् ।’

सिंहदरबारभित्रै निर्माणाधीन संसद्को नयाँ भवन अत्याधुनिक सुविधासम्पन्न छ । सिंहदरबारको पुतली बगैँचामा बन्दै गरेको भवन नजिकै राजनीतिक दलहरूका लागि संसदीय दलको कार्यालय राखिएका छन् । संसद् सचिवालय, राष्ट्रिय सभा र प्रनिनिधिसभाका लागि आवश्यक संरचना नजिकै राखिएको छ ।

नयाँ संसद् भवन क्षेत्रको मध्यभागमा भीभीआईपीका लागि प्रवेशद्वार छ । त्यसकै छेउमा कर्मचारी तथा अन्यका लागि प्रवेशद्वार छ । मुख्य गेटबाट प्रवेश गर्नेवित्तिकै प्लाजामा पुगिन्छ । त्यसको एकापट्टि संसद् सचिवालय छ, अर्कोपट्टि प्रतिनिधिसभाको हल छ । सचिवालय र प्रतिनिधिसभाको पछिल्लो भागमा एकापट्टि संसदीय दलको कार्यालय र अर्कोपट्टि राष्ट्रिय सभा छ ।

नयाँ भवनमा सुविधा र साजसज्जामा कम्प्रमाइज गरिएको छैन । ७०० सिट क्षमताको प्रतिनिधिसभा बैठक कक्ष छ । सभाहल ४०० र बाल्कोनीमा ३०० क्षमता छ । राष्ट्रिय सभाको बाल्कोनीमा २९० सिट क्षमता छ । ३५० सिट अट्ने संयुक्त लबि छ ।

साना–ठूला गरी १० वटा राजनीतिक दलका लागि संसदीय दलको कार्यालय र बैठक कक्ष बनाएइको छ । प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, दलका प्रमुख सचेतक लगायतलाई अति विशिष्ट कक्ष तयार गरिएको छ । हरेक कार्यकक्षमा २५ सिटको बैठक हलको व्यवस्था गरिएको छ ।

संघीय संसद् परिसरमा पुस्तकालय र क्यान्टिन हुनेछ । नयाँ संसद् भवन क्षेत्रभित्र बगैंचा र सानो चौर छ ।

प्रेस र छपाइ भवनसहित ७०० वटा सवारी साधन पार्किङ गर्न मिल्ने पूर्वाधारसहित सुरक्षाकर्मीका भवनहरू बनेका छन् । संसद् परिसरमा पानीको फोहोरासहित हरियाली खुला क्षेत्र छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
1w ago
सात वर्षमा पनि बनेन संसद् भवन, नयाँ सभाकक्षमा बस्ला हिउँदे अधिवेशन ?

सात वर्षमा पनि बनेन संसद् भवन, नयाँ सभाकक्षमा बस्ला हिउँदे अधिवेशन ?

समग्र निर्माण प्रगति ९५ प्रतिशत पुगेको र इन्टेरियरको काम बाँकी रहेकाले पुससम्म सबै निर्माण कार्य सकिने सहरी विकास तथा भवन निर्माण विभागको दाबी छ ।

#भवन #संसद्
Compare →
Hamro Patro News
2d ago
सुडानमा विद्रोही समूहको ड्रोन आक्रमणमा चार जनाको मृत्यु, राष्ट्रसंघीय भवनमा क्षति

सुडानमा विद्रोही समूहको ड्रोन आक्रमणमा चार जनाको मृत्यु, राष्ट्रसंघीय भवनमा क्षति

सुडानमा राजधानी खार्तुम संयुक्त राष्ट्रसंघको भवन लक्षित ड्रोन आक्रमणबाट चार जनाको मृत्यु भएको छ । आक्रमणबाटसमेत राष्ट्रसंघको भवनमा पनि क्षति पुगेको छ । उक्त हमलाको अर्धसैनिक समूह र्‍यापिड सपोर्ट फ...

#भवन
Compare →
Nagarik News
3d ago
खोटाङ जिल्ला अस्पतालले पायो नयाँ भवन, अब ५० शय्याको सेवा सुरु गर्ने तयारी

खोटाङ जिल्ला अस्पतालले पायो नयाँ भवन, अब ५० शय्याको सेवा सुरु गर्ने तयारी

जिल्ला अस्पताल खोटाङले सुविधासम्पन्न नयाँ पक्की भवन पाएपछि ५० शय्याको उपचार सेवा सुरु गर्ने तयारी थालेको छ।

#भवन
Compare →

Related Stories

Politics & Governance
Build #2625