Trending
Prev Story
Next Story

बालेनको भ्रमणबारे भारतीय विश्लेषण : ‘नयाँ काठमाडौं’लाई बुझ, दीर्घकालीन ‘केमेस्ट्री’ बनाऊ

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
26
26 reads 0 reactions

८ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको दुईदिने औपचारिक भारत भ्रमणलाई भारतीय सञ्चारमाध्यम तथा कूटनीतिक वृत्तले ‘नेपाल–भारत सम्बन्धको नयाँ अध्याय र व्यावहारिक पुनर्संरचना (प्राग्म्याटिक रिसेट)’ का रूपमा चित्रण गरेका छन् । गत मार्च २०२६ मा …

बालेनको भ्रमणबारे भारतीय विश्लेषण : ‘नयाँ काठमाडौं’लाई बुझ, दीर्घकालीन ‘केमेस्ट्री’ बनाऊ

८ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको दुईदिने औपचारिक भारत भ्रमणलाई भारतीय सञ्चारमाध्यम तथा कूटनीतिक वृत्तले ‘नेपाल–भारत सम्बन्धको नयाँ अध्याय र व्यावहारिक पुनर्संरचना (प्राग्म्याटिक रिसेट)’ का रूपमा चित्रण गरेका छन् ।

गत मार्च २०२६ मा ‘जेन-जी’ आन्दोलनको पृष्ठभूमिमा प्रधानमन्त्री बनेपछि बालेनको यो पहिलो विदेश भ्रमण भएकाले भारतीय अखबार, टेलिभिजन, डिजिटल पोर्टल र पूर्वकूटनीतिज्ञहरूले यसलाई निकै चासो र प्राथमिकताका साथ विश्लेषण गरेका छन् ।

मंसिर ६ र ७ गते बालेनको २५ घण्टे भारत भ्रमणका क्रममा कुल ६ परियोजना शिलान्यास तथा हस्तान्तरण भएको थियो । भैरहवा–लखनउ हवाई रुट दुईतर्फी खुला गर्ने सहमति र नेपाललाई २ खर्ब ४० अर्ब नेपाली रुपैयाँ आर्थिक सहयोग घोषणा पनि भएका थिए ।

मुख्य भारतीय अखबार र अनलाइन पोर्टलहरूको दृष्टिकोण

द न्यु इन्डियन एक्सप्रेसले मंगलबार सम्पादकीय नै लेखेर नेपालसँग साझा भविष्य निर्माण गर्न अवसरको सदुपयोग गर्नुपर्ने जनाएको छ । ‘Seize the moment to build a shared future with Nepal’ शीर्षकको सम्पादकीयमा अयोध्या–जनकपुर ‘सरयु–कमला एक्सप्रेस’ रेल, नेपालमा आईआईटीको शाखा, डिजिटल भुक्तानी र स्याटेलाइट सहकार्यले दुई देशको सम्बन्धलाई ज्ञान, नवप्रवर्तन र मानव पुँजीको युगमा प्रवेश गराएको उल्लेख छ ।

यद्यपि, सम्पादकीयले ‘कूटनीतिक भाषणबाजीभन्दा पनि विगतका प्रतिबद्धता समयमै कार्यान्वयन हुनु नै वास्तविक परीक्षा हो’ भन्दै सचेत पनि गराएको छ ।

द इन्डियन एक्सप्रेस ले सोमबार सम्पादकीय लेखेर नयाँ दिल्लीले नेपालको बदलिँदो राजनीतिक परिदृश्यलाई सूक्ष्म रूपमा बुझेर व्यवहार गर्नुपर्ने सुझाव दिएको थियो ।

सम्पादकीयमा नेपालको परम्परागत राजनीतिक शक्तिभन्दा फरक पृष्ठभूमिबाट उदाएका बालेनसँगको सम्बन्धलाई ‘ठोस परिणाममुखी’ बनाउनुपर्ने र नेपालमा आएको राजनीतिक परिवर्तनलाई ‘नयाँ काठमाडौं’को रुपमा बुझेर भारतले व्यवहार गर्नुपर्ने सन्देश दिएको छ ।

साथै, कूटनीतिक संवाददाता शुभजित रोयको विश्लेषणमा अगस्टमा भारतीय राजदूत नवीन श्रीवास्तवले मिथिला पेन्टिङ उपहार दिएपछि र सेनाप्रमुखको भ्रमणपछि दुई देशबीचको चिसोपना हटेको र बाढीपछिको मानवीय सहयोगले भ्रमणको वातावरण बनेको उल्लेख छ ।

टाइम्स अफ इन्डिया र हिन्दुस्तान टाइम्स दुवै अखबारले प्रधानमन्त्री शाहले भारतलाई विपद्को समयमा ‘पहिलो सहयोगी (फर्स्ट रेस्पोन्डर)’ र ‘भरपर्दो छिमेकी’ भनी गरेको प्रशंसालाई प्राथमिकता दिएका छन् ।

साथै, सीमा विवाद (लिपुलेक, कालापानी, लिम्पियाधुरा) र ईपीजी प्रतिवेदनजस्ता संवेदनशील राजनीतिक विषयमा औपचारिक संयुक्त वक्तव्य नआए पनि विकास, ऊर्जा र पारवहनमा व्यावहारिक सहमति हुनु सकारात्मक रहेको टाइम्स अफ इन्डियाको विश्लेषण छ ।

एनडीटीभी, एबीपी न्युज, आजतक, जागरण जोस जस्ता भारतीय टेलिभिजन तथा डिजिटल माध्यमहरूले मोदी–बालेन भेटवार्तालाई ‘प्राइम टाइम’ कभरेज दिएका छन् । विशेषगरी २ खर्ब ४० अर्ब नेपाली रुपैयाँको पुनर्निर्माण प्याकेज, काण्डला र पारादीप बन्दरगाहमा नेपालको पहुँच, ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् शिलान्यास तथा काठमाडौं र पोखरामा ‘स्टार्टअप तथा डिजिटल नोम्याड हब’ बनाउने घोषणालाई युवापुस्ता लक्षित कूटनीतिको रूपमा व्याख्या गरिएको छ ।

बालेनसँग दीर्घकालीन ‘केमेस्ट्री’ मिलाउनुपर्नेमा जोड

बीबीसीको हिन्दी संस्करणले आफ्नो विशेष कार्यक्रम ‘दिनभर’ मा बालेन शाहको पहिलो विदेश भ्रमणले दिल्ली–काठमाडौं सम्बन्धमा न्यानोपन ल्याए पनि सीमा विवादजस्ता जटिल राजनीतिक मुद्दाहरू अझै नसुल्झेको टिप्पणी गरेको छ ।

भारतीय विदेश नीति विश्लेषक र नेपालका लागि पूर्वराजदूतहरूले परम्परागत ‘राजनीतिक बोझ’ नभएका युवा प्रधानमन्त्री बालेन शाहसँग भारतले दीर्घकालीन ‘केमेस्ट्री’ मिलाउनुपर्नेमा जोड दिएका छन् ।

नेपालका लागि पूर्वभारतीय राजदूत मन्जीव सिंह पुरीले समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै उमेरको ठूलो अन्तरका बाबजुद प्रधानमन्त्री मोदी र बालेन शाहबीच देखिएको आत्मीय अँगालो र तालमेल अत्यन्त सकारात्मक रहेको बताएका छन् ।

‘बालेन शाहले बैंगलोरमा पढेका हुन् र उनको परिवार पनि त्यहाँ बस्छ; त्यसैले उनले भारतलाई राम्ररी चिन्छन्, तर हामीले उनलाई कत्तिको चिन्छौँ भन्ने मुख्य कुरा हो,’ पुरीले भनेका छन्, ‘३५ वर्षको उमेरमै देशको नेतृत्वमा पुग्नुले उनीसँग विशेष क्षमता छ भन्ने देखाउँछ ।’

घोषणाभन्दा पनि परियोजना कार्यान्वयनमा दिल्लीको विश्वसनीयता परीक्षण हुने

उनले बाढीपछिको पुनर्निर्माणका लागि भारतले घोषणा गरेको आर्थिक सहयोगलाई भ्रमणको ठूलो उपलब्धि मानेका छन् ।

नेपालका लागि अर्का पूर्वभारतीय राजदूत रञ्जित रायले पुराना दलका नेताहरूजस्तो ‘राजनीतिक बोझ’ नभएका कारण बालेन शाहको भ्रमणले भारत–नेपाल सम्बन्धमा नयाँ कूटनीतिक ऊर्जा दिएको विश्लेषण गरेका छन् ।

भोटेकोशी बाढीपछि हिमाली क्षेत्रको जलवायु संकट द्विपक्षीय संवादको मुख्य एजेन्डा बन्नु स्वागतयोग्य भएको भन्दै उनले घोषणाभन्दा पनि परियोजनाको तीव्र कार्यान्वयनमा दिल्लीको विश्वसनीयता परीक्षण हुने उल्लेख गरेका छन् ।

भारतीय कूटनीतिज्ञ महेश सचदेवाले नेपालको बदलिँदो आन्तरिक राजनीति र भूराजनीतिक सन्तुलन (विशेषगरी चीनसँगको सीमा संवेदनशीलता) का बीच बालेनको भारत भ्रमणले आगामी वर्षहरूमा दुई देशको सम्बन्धको दिशा तय गर्ने प्रतिक्रिया दिएका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
16h ago
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि र चुनौती- १२ बुँदे विश्लेषण

प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि र चुनौती- १२ बुँदे विश्लेषण

सारांश Summarized by AI प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई नयाँ आर्थिक, रणनीतिक र सांस्कृतिक आयाममा विस्तार गर्न महत्त्वपूर्ण अवसर प्रदान गरेको छ । नेपालले भारतसँगक...

#बालेन-शाह #भारत #भ्रमण
Compare →
Nagarik News
10h ago
बालेनको भारत भ्रमणबारे बाबुराम- सिटामोल र पानीपट्टीले ज्वरो घटायो, भित्री रोग उस्तै

बालेनको भारत भ्रमणबारे बाबुराम- सिटामोल र पानीपट्टीले ज्वरो घटायो, भित्री रोग उस्तै

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सीमा विवाद, सन् १९५० को सन्धि, व्यापार-पारवहन र हवाई रुटजस्ता मूल समस्या थाँती राखेर प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणमा भएका काम र आर्थिक सहयोग केवल सिटामोल र पानीपट्टीको उपचार मात्र भएको बताएका छन् ।

#बालेन-शाह #भारत #बालेन
Compare →
Ekantipur
16h ago
प्रधानमन्त्रीको भारत भ्रमण नेपाल-भारत सम्बन्धका लागि नयाँ प्रस्थानविन्दु बन्न सक्छ : अजयभद्र खनाल

प्रधानमन्त्रीको भारत भ्रमण नेपाल-भारत सम्बन्धका लागि नयाँ प्रस्थानविन्दु बन्न सक्छ : अजयभद्र खनाल

खनालका अनुसार बदलिँदो भू–राजनीतिक परिवेशमा सीमा विवाद कूटनीतिबाट सुल्झाउँदै आर्थिक विकास र युवाका अवसरमा सहकार्य गर्न सकिन्छ।

#भारत #भ्रमण
Compare →

Related Stories

World News
Build #2635