Trending
Prev Story
Next Story

जेन्सन हुआङ पुनः एनभिडियाको अध्यक्ष र सीईओमा नियुक्त

Bizshala •
November 24, 2026 • 02:07 AM
15
15 reads 0 reactions

काठमाडौं। अमेरिकी प्रविधि कम्पनी एनभिडियाले जेन्सन हुआङलाई पुनः कम्पनीको अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

जेन्सन हुआङ पुनः एनभिडियाको अध्यक्ष र सीईओमा नियुक्त

काठमाडौं। अमेरिकी प्रविधि कम्पनी एनभिडियाले जेन्सन हुआङलाई पुनः कम्पनीको अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको घोषणा गरेको छ।

कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार हुआङलाई कम्पनीको सञ्चालक समितिमा समेत पुनः समावेश गरिएको छ। उनको नियुक्ति तत्कालै लागू हुने जनाइएको छ।

एनभिडियाको सञ्चालक समितिले हुआङसँग विभिन्न चरणमा छलफल तथा बैठक गरेपछि सर्वसम्मत रूपमा उनलाई पुनः नेतृत्वको जिम्मेवारी दिने निर्णय गरेको हो।

कम्पनीको प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार छलफलका क्रममा हुआङले आफ्ना धारणा स्पष्टता र इमानदारीपूर्वक प्रस्तुत गरेका थिए। त्यसपछि सञ्चालक समिति उनलाई पुनः कम्पनीको नेतृत्व सुम्पने निष्कर्षमा पुगेको थियो।

यो निर्णय प्रक्रियामा सञ्चालक समितिले अमेरिकी सरकारका वरिष्ठ अधिकारीहरूसँग पनि परामर्श गरेको थियो। उनीहरूको सुझावका आधारमा हुआङलाई पुनः नेतृत्वमा ल्याउँदा राष्ट्रिय सुरक्षामा कुनै खतरा नहुने निष्कर्ष निकालिएको कम्पनीले जनाएको छ।

एनभिडियाका सञ्चालक समितिका अध्यक्ष हार्वे सी. जोन्सले भने, “हाम्रो विचारमा एनभिडियाको नेतृत्वका लागि जेन्सन नै उपयुक्त व्यक्ति हुन्। उनको पुनर्बहाली कम्पनीका सेयरधनी, कर्मचारी, साझेदार र ग्राहक सबैको हितमा छ।”

उनले हुआङप्रति पूर्ण विश्वास रहेको उल्लेख गर्दै कम्पनीको नेतृत्व पुनः सम्हाल्न लागेकोमा उनीसँग सहकार्य गर्न आफूहरू उत्साहित रहेको बताए।

जोन्सले अन्तरिम प्रमुख कार्यकारी अधिकृतका रूपमा उत्कृष्ट भूमिका निर्वाह गर्नुका साथै कम्पनीको प्रमुख वित्तीय अधिकृत (सीएफओ)को जिम्मेवारीसमेत सम्हालेकी कोलेट क्रेसप्रति आभार व्यक्त गरे।

हार्वे जोन्स भने कम्पनीको सञ्चालक समितिको अध्यक्ष पदमै कायम रहनेछन्।

यसअघि लगातार दुईवटा प्रेमसम्बन्धबारे समाचार सार्वजनिक भएपछि जेन्सन हुआङले नोभेम्बर १२ मा पदबाट राजीनामा दिएका थिए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एनभिडियाको नेतृत्वमा जेन्सन हुआङको पुनरागमनको स्वागत गरेका छन्। उनले यसलाई “सही र उचित निर्णय” भनेका छन्।

आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेख्दै ट्रम्पले कम्पनीको सफलता र समृद्धिसँगै अमेरिकी अर्थतन्त्रको विकास सुनिश्चित गर्न एनभिडियामा हुआङको नेतृत्व आवश्यक रहेको बताएका छन्।

उनले हुआङको पुनरागमनबाट राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न हुने विश्वास गर्ने कुनै आधार अमेरिकी सरकारसँग नरहेको पनि उल्लेख गरेका छन्।

ट्रम्पले हुआङलाई “देशभक्त र राष्ट्रिय सम्पत्ति”को संज्ञासमेत दिएका छन्।

यस्तै, विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाका मालिक तथा अमेरिकी उद्योगपति एलन मस्कले पनि हुआङको पुनरागमनको स्वागत गरेका छन्।

एनभिडियाले हुआङलाई पुनः नेतृत्वमा नियुक्त गरेको सम्बन्धमा जारी गरेको घोषणा सामाजिक सञ्जाल एक्समा साझा गर्दै मस्कले लेखेका छन्, “गल्ती सच्याइएको छ।”

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1d ago
राजीनामा दिएको ११ दिनपछि पुनः पदमा फर्किए एनभिडियाका सीईओ हुआङ

राजीनामा दिएको ११ दिनपछि पुनः पदमा फर्किए एनभिडियाका सीईओ हुआङ

विभिन्न विवाद र आरोपका कारण राजीनामा दिएको ११ दिनपछि जेन्सेन हुआङ पुनः एनभिडियाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा फर्किएका छन्।

#हुआङ #पुन #एनभिडिया
Compare →
Onlinekhabar
5d ago
एनभिडियाको सीईओमा पुनर्बहाली भए जेन्सन हुआङ

एनभिडियाको सीईओमा पुनर्बहाली भए जेन्सन हुआङ

७ मंसिर, काठमाडौं । एनभिडियाको सञ्चालक समितिले सोमबार जेन्सन हुआङलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा पुनर्बहाली गरेको घोषणा गरेको छ । कम्पनीका अध्यक्ष हार्भी सी जोन्सले एक विज्ञप्ति जारी गर्दै आफ्नो कम्पनीलाई उनीमाथि पूर्ण विश्वास रहेको …

#हुआङ #एनभिडिया #जेन्सन
Compare →
Hamro Patro News
2d ago
ट्रम्पले गरे जेन्सेन हुआङलाई एनभिडियाको सीईओमा पुनः नियुक्त गर्न आग्रह

ट्रम्पले गरे जेन्सेन हुआङलाई एनभिडियाको सीईओमा पुनः नियुक्त गर्न आग्रह

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एनभिडियाका सञ्चालक समितिले जेन्सन हुआङलाई पुनः कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गर्ने आशा व्यक्त गरेका छन् । ट्रम्पले सामाजिक सञ्जाल ट...

#हुआङ #पुन #एनभिडिया
Compare →
Ekantipur
1d ago
एनभिडियामा जेन्सेन हुआङको पुन:बहाली

एनभिडियामा जेन्सेन हुआङको पुन:बहाली

विवाहेत्तर सम्बन्धसँग जोडिएको विवाद र राष्ट्रिय सुरक्षासम्बन्धी प्रश्न उठेपछि एनभिडियाको प्रमुख कार्यकारी अधिकृत पदबाट नोभेम्बर १२ मा राजीनामा दिएका जेन्सेन हुआङलाई कम्पनीले पुन: बहाली गरेको छ ।

#हुआङ #पुन #एनभिडिया
Compare →

Related Stories

Politics & Governance
Build #2625