Trending
Prev Story
Next Story

प्रधानमन्त्री शाहको भारत भ्रमणको नेपाल र भारत दुवैतिर चर्चा : कसले के भने ?

Nagarik News •
November 23, 2026 • 02:27 PM
1
1 reads 0 reactions

उनको भ्रमणलाई लिएर नेपाल र भारत दुवैतिर चर्चा भएको छ। दुवै देशका विभिन्न राजनीतिक नेता तथा कूटनीतिज्ञले भ्रमणबारे फरक-फरक प्रतिक्रिया दिएका छन्।

प्रधानमन्त्री शाहको भारत भ्रमणको नेपाल र भारत दुवैतिर चर्चा : कसले के भने ?

प्रधानमन्त्री बालेन्द्र शाह भारतको दुई दिने राजकीय भ्रमण सकेर सोमबार साँझ स्वदेश फर्किएका छन्।

उनको भ्रमणलाई लिएर नेपाल र भारत दुवैतिर चर्चा भएको छ। दुवै देशका विभिन्न राजनीतिक नेता तथा कूटनीतिज्ञले भ्रमणबारे फरक-फरक प्रतिक्रिया दिएका छन्।

कतिपयले भ्रमणलाई दुई देशबिचको सम्बन्ध सुधार र सहकार्यका लागि महत्वपूर्ण मानेका छन् भने केहीले भ्रमणको तयारी र उपलब्धिबारे प्रश्न उठाएका छन्।

जनमत पार्टीका अध्यक्ष सीके राउतले भ्रमणलाई मधेश र मधेशी समुदायका लागि गौरवको क्षण भनेका छन्। उनले सामाजिक सञ्जालमा लेख्दै शाह प्रधानमन्त्री बनेपछि मधेशले विश्व राजनीतिमा आफ्नो स्थान बनाएको बताएका हुन्।

उनले लेखेका छन्, ‘विचार, असहमति र पार्टी आफ्नो ठाउँमा होला तर हामी सम्पूर्ण मधेश प्रधानमन्त्री बालेन्द्र शाहप्रति गौरवान्वित छौं।’

राउतले नेपालको इतिहासमा लामो समयसम्म मधेशी समुदाय शासनको नेतृत्व तहमा पुग्न नसकेको उल्लेख गर्दै शाह प्रधानमन्त्री बनेपछि त्यस अवस्थालाई बदल्ने अवसर सिर्जना भएको बताए। उनले यसबाट अन्तर्राष्ट्रिय स्तरमा पनि मधेशको महत्व बढेको टिप्पणी उनको छ।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री भूपदेव शाहले भ्रमणले नेपाल र भारतबिच सांस्कृतिक तथा आर्थिक सहकार्यका लागि विश्वासको वातावरण बनेको बताएका छन्।

उनले दुई देशबिचको सम्बन्धलाई थप मजबुत बनाउन उच्च राजनीतिक तहबाट आपसी विश्वास र विभिन्न क्षेत्रमा सहकार्य आवश्यक रहेको उल्लेख गरेका छन्।

नेपालका लागि पूर्वभारतीय राजदूत मन्जीव सिंह पुरीले भने भ्रमण दुवै देशका लागि महत्वपूर्ण रहेको बताएका छन्। उनले नेपालसँग भारतको भौगोलिक, रणनीतिक र सांस्कृतिक सम्बन्ध विशेष रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहसँग राम्रो सम्बन्ध स्थापित गर्नु भारतका लागि पनि महत्वपूर्ण भएको बताए।

भारतको विपक्षी दल कांग्रेसका नेता प्रमोद तिवारीले भने प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा नेपाल-भारत सम्बन्ध कमजोर भएको टिप्पणी गरेका छन्। उनले दुई देशबिचको सम्बन्ध कूटनीतिक लेनदेनमा मात्र सीमित नभई सांस्कृतिक र भाइचाराको सम्बन्ध भएको बताए।

तिवारीले प्रधानमन्त्री शाहको भारत भ्रमणले दुई देशबिचको सम्बन्ध थप बलियो हुने विश्वाससमेत व्यक्त गरेका छन्। उनले नेपाल र भारतबिचको सम्बन्धलाई पारिवारिक र सांस्कृतिक निकटताका रूपमा व्याख्या गरेका छन्।

यसैबिच, अर्थमन्त्री स्वर्णिम वाग्लेले पनि प्रधानमन्त्री शाहको भारत भ्रमणलाई ऐतिहासिक भनेका छन्।

भारतका लागि पूर्वनेपाली राजदूत शंकरप्रसाद शर्माले पनि भ्रमणले दुई देशबिचको सम्बन्धलाई नयाँ र दूरदर्शी आधार दिने बताए। उनका अनुसार अयोध्या र जनकपुरबिचको रेल सेवाले दुई देशबिच धार्मिक तथा जनस्तरको सम्बन्ध थप बलियो बनाउनेछ। एजेन्सीको सहयोगमा

प्रकाशित: ७ मंसिर २०८३ २०:१२ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
35m ago
भारतको भ्रमण्ण सम्पन्न गरी प्रधानमन्त्री शाह स्वदेश फिर्ता, विमानस्थलमा परराष्ट्रमन्त्रीले गरे प्रेस व्रिफिङ

भारतको भ्रमण्ण सम्पन्न गरी प्रधानमन्त्री शाह स्वदेश फिर्ता, विमानस्थलमा परराष्ट्रमन्त्रीले गरे प्रेस व्रिफिङ

काठमाडौं । भारतको दुईदिने राजकीय भ्रमण सकेर प्रधानमन्त्री वालेन्द्र शाह स्वदेश फर्किएका छन् । केही समयअघि प्रधानमन्त्री वालेन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका छन् । प्रधानमन्त्री शाहला...

#भारत #शाह #भ्रमण
Compare →
Ekantipur
1h ago
दुई दिने भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री वालेन्द्र शाह

दुई दिने भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री वालेन्द्र शाह

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय द्विपक्षीय वार्ता गरेका थिए भने भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गरेका थिए ।

#भ्रमण #शाह #भारत
Compare →
Arthasansar
3h ago
प्रधानमन्त्रीको भारत भ्रमण : यी हुन दुई देशबीच भएका आठ समझदारी (सूचीसहित)

प्रधानमन्त्रीको भारत भ्रमण : यी हुन दुई देशबीच भएका आठ समझदारी (सूचीसहित)

काठमाडौं । प्रधामन्त्री बालेन शाहको भारत भ्रमणमा विभिन्न आठ विषयमा समझदारी भएको छ। प्रधानमन्त्री बालेनको भारत भ्रमणको दोस्रो दिन आज...

#भ्रमण #भारत
Compare →
Bizshala
8h ago
हैदराबाद हाउसमा प्रधानमन्त्री शाह र समकक्षीमोदीबीच भेटवार्ता जारी

हैदराबाद हाउसमा प्रधानमन्त्री शाह र समकक्षीमोदीबीच भेटवार्ता जारी

नयाँ दिल्ली । भारतको दुई दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र...

#भारत #शाह
Compare →

Related Stories

Politics & Governance
Build #2612