Trending
Prev Story
Next Story

प्रधानमन्त्रीको ‘होम एन्ड अवे’ प्रणाली लागू गर्ने घोषणाले मोफसलका क्लब सञ्चालक उत्साहित

Ekantipur •
November 23, 2026 • 04:32 AM
6
6 reads 0 reactions

क्रिकेट क्लबका सञ्चालक प्रधानमन्त्रीको भनाइलाई स्वागत गर्दै उत्साहित भएका हुन् । प्रधानमन्त्रीले नेपाल ‘प्रिमियर लिग’को छैटौँ संस्करणदेखि होम एन्ड अवे प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने भन्दै क्रिकेट रङ्गशाला नै तोकेका छन् ।

प्रधानमन्त्रीको ‘होम एन्ड अवे’ प्रणाली लागू गर्ने घोषणाले मोफसलका क्लब सञ्चालक उत्साहित

क्रिकेट क्लबका सञ्चालक प्रधानमन्त्रीको भनाइलाई स्वागत गर्दै उत्साहित भएका हुन् । प्रधानमन्त्रीले नेपाल ‘प्रिमियर लिग’को छैटौँ संस्करणदेखि होम एन्ड अवे प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने भन्दै क्रिकेट रङ्गशाला नै तोकेका छन् ।

चितवन — नेपाल प्रिमियर लिगको तेस्रो संस्करणको फाइनल खेल सकिँदै गर्दा प्रधानमन्त्री वालेन्द्र शाहले सार्वजनिक गरेको ‘होम एन्ड अवे’ प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने घोषणाले मोफसलका क्लबका सञ्चालक उत्साहित भएका छन् ।

प्रधानमन्त्री शाहले आठवटै क्लबका आफ्नै ‘फ्लडलाइट’ सहितका क्रिकेट रङ्गशालाको निर्माण नेपाल सरकार पूर्वाधार विकास मन्त्रालयले गर्ने बताएका छन् ।

क्रिकेट क्लबका सञ्चालकले प्रधानमन्त्रीको भनाइलाई स्वागत गर्दै उत्साहित भएका हुन् । प्रधानमन्त्रीले नेपाल ‘प्रिमियर लिग’को छैटौँ संस्करणदेखि होम एन्ड अवे प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने भन्दै क्रिकेट रङ्गशाला नै तोकेका छन् ।

कर्णाली एक्सका अध्यक्ष गृहेन्द्र घिमिरेले आफ्नै घरेलु मैदानमा आफ्नै माटो र समर्थकको न्यानो साथमा खेल्ने कर्णालीवासीको वर्षौंदेखिको सपना अब साकार हुने दिशामा अघि बढेको बताए ।

राज्यको ऐतिहासिक पहलले कर्णालीको खेलकुद, पूर्वाधार विकास, लुकेका स्थानी प्रतिभाको प्रस्फुटन र समग्र कर्णालीको खेल पर्यटन प्रवद्र्धनमा कोसेढुङ्गा साबित हुने विश्वास लिइएको बताए ।

कर्णालीमा अन्तरराष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण गर्ने र नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउने यस महाअभियानमा नेपाल सरकार, प्रदेश सरकार, नेपाल क्रिकेट सङ्घ र सम्पूर्ण सरोकारवाला निकायसँग हातेमालो गर्दै अघि बढ्न कर्णाली एक्स सधैँ तत्पर र प्रतिबद्ध रहेको उनले बताए ।

यस्तै, जिल्लामा रङ्गशाला निर्माण अन्तिम चरणमा पुगेको चितवन राइनोजका अध्यक्ष आयुष न्यौपानेले नेपाल प्रिमियर लिगको छैटौँ संस्करणदेखि ‘होम एन्ड अवे’ प्रणाली लागू हुने र आफ्नै घरेलु मैदान विकासको प्रधानमन्त्रीको घोषणाप्रति हार्दिक स्वागत र धन्यवाद व्यक्त गरेका छन् ।

उनले भने, ‘आफ्नै सहरमा आफ्नै मैदानमा खेल्ने कुरा केवल खेलसम्म सीमित होइन, यो कर्णालीदेखि चितवनसम्मका समर्थकलाई नजिकैबाट टिमको उत्साह बाँड्ने, स्थानीय अर्थतन्त्र चलायमान बनाउने र खेल पूर्वाधार आधुनिक बनाउने अवसर हो ।’

यो पहलले स्थानीय युवा प्रतिभालाई प्रेरणा दिने, प्रशिक्षण सहज बनाउने र पूरै प्रदेशमा खेलकुदको माहोल बढाउने विश्वास लिइएको उनको भनाइ छ । न्यौपानेले चितवन राइनोजका तर्फबाट नेपाल सरकार, प्रदेश सरकार, भरतपुर महानगरपालिका,  क्यान र सबै सरोकारवाला निकायप्रति सहयोगको अपेक्षा राखे । उनले यस राष्ट्रिय अभियानलाई सफल बनाउन तत्पर रहेको प्रतिबद्धता व्यक्त गरेका छन् ।

भरतपुर महानगरपालिकाले निर्माण गरिरहेको अन्तरराष्ट्रियस्तरको गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माणको अन्तिम चरणमा पुगेको उल्लेख गर्दै उहाँले शीघ्र फ्लडलाइट जडान हुनेमा आफू विश्वस्त रहेको बताए ।

प्रधानमन्त्री शाहले चितवन राइनोजलाई गौतमबुद्ध क्रिकेट रङ्गशाला, कर्णाली एक्सलाई सुर्खेत क्रिकेट रङ्गशाला, विराटनगर किङ्सलाई वैजनाथपुर क्रिकेट रङ्गशाला, लुम्बिनी लायन्सलाई सिद्धार्थ क्रिकेट रङ्गशाला, सुदूरपश्चिम रोयल्सलाई फाप्ला क्रिकेट रङ्गशाला, काठमाडौँ गुर्खाजलाई कीर्र्तिपुर क्रिकेट रङ्गशाला, पोखरा एभेन्चर्सलाई पोखरा क्रिकेट रङ्गशाला र जनकपुर बोल्ट्सलाई रामजानकी क्रिकेट रङ्गशाला उपलब्ध गराइने उल्लेख गरेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Bizshala
1d ago
एनपीएल छैटौँ संस्करणदेखि होम एन्ड अवे प्रणालीमा खेलाउने घोषणा, आठै क्लबलाई फ्लडलाइटसहितको घरेलु मैदान

एनपीएल छैटौँ संस्करणदेखि होम एन्ड अवे प्रणालीमा खेलाउने घोषणा, आठै क्लबलाई फ्लडलाइटसहितको घरेलु मैदान

काठमाण्डौ । प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को छैटौँ संस्करणदेखि होम एन्ड अवे प्रणालीमा...

#प्रिमियर-लिग #होम #एन्ड
Compare →
Hamro Patro News
1d ago
एनपिएलका आठवटै क्लबका लागि क्रिकेट रङ्गशाला निर्माण गरिनेछ : प्रधानमन्त्री

एनपिएलका आठवटै क्लबका लागि क्रिकेट रङ्गशाला निर्माण गरिनेछ : प्रधानमन्त्री

सरकारले नेपाल प्रिमियर लिग (एनपिएल) का आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रङ्गशाला निर्माण प्रक्रिया आगामी तीन महिनाभित्र अघि बढाउने भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले एनपिएलको छैटौँ संस...

#प्रिमियर-लिग #क्रिकेट #क्लब
Compare →
Nagarik News
14h ago
नेपाल छाड्दै गर्दा एन्ड्रयुको भावुक सन्देश : जीवनभरका सम्झना बोकेर जाँदै छु

नेपाल छाड्दै गर्दा एन्ड्रयुको भावुक सन्देश : जीवनभरका सम्झना बोकेर जाँदै छु

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कमेन्ट्री गरेका एन्ड्रयु लियोनार्डले नेपाल छाड्दै गर्दा नेपाली समर्थकका नाममा भावुक सन्देश दिएका छन्।

#प्रिमियर-लिग #एन्ड
Compare →

Related Stories

Politics & Governance
Build #2612