Trending
Prev Story
Next Story

धरानले जित्यो ताप्लेजुङमा सम्पन्न अलैँची कपको उपाधि

Ekantipur •
November 23, 2026 • 01:02 AM
3
3 reads 0 reactions

फङ्फङ्देन झरना पर्यटन तथा सांस्कृतिक महोत्सव २०८३ को अवसरमा आयोजित प्रतियोगितामा तेह्रथुमको फेदाप गाउँपालिकालाई सडन डेथमा पराजित गर्दै धरान दोस्रो संस्करणको च्याम्पियन बनेको हो।

धरानले जित्यो ताप्लेजुङमा सम्पन्न अलैँची कपको उपाधि

फङ्फङ्देन झरना पर्यटन तथा सांस्कृतिक महोत्सव २०८३ को अवसरमा आयोजित प्रतियोगितामा तेह्रथुमको फेदाप गाउँपालिकालाई सडन डेथमा पराजित गर्दै धरान दोस्रो संस्करणको च्याम्पियन बनेको हो।

ताप्लेजुङ — मिक्वाखोला गाउँपालिका ४ साँवामा सम्पन्न अलैँची कप फुटबल प्रतियोगिताको उपाधि मरिक एफसी धरानले जितेको छ। फङ्फङ्देन झरना पर्यटन तथा सांस्कृतिक महोत्सव २०८३ को अवसरमा आयोजित प्रतियोगितामा तेह्रथुमको फेदाप गाउँपालिकालाई सडन डेथमा पराजित गर्दै धरान दोस्रो संस्करणको च्याम्पियन बनेको हो।

आइतबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा धरानले सुरुवातदेखि नै अग्रता लिएको थियो। खेलको १२औं मिनेटमा सबिन राईले गोलको खाता खोलेका थिए । खेलको ५२औं मिनेटमा फेदापका पूजन चौधरीको बराबरी गरे ।

निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि नतिजाका लागि टाइब्रेकरमा जानुपर्‍यो । तर, टाइब्रेकरमासमेत बराबरी भएपछि खेल सडन डेथमा पुगेको थियो। सडन डेथमा धरानले बाजी मार्दै उपाधि जित्यो।

टाइब्रेकरमा धरानका मिलन लिम्बू, नोगेन लिम्बू, सबिन राई, अमित गजमेर र कृष्ण लिम्बूले गोल गरे। फेदापका तर्फबाट पूजन चौधरी, जङ्ग खड्का, रोहन चौधरी, निशान राई र रोशन राईले गोल गरे।

सडन डेथमा धरानका राज लिम्बूले गोल गर्दा फेदापका आविष्कार खड्काको प्रहारलाई धरानका गोलरक्षक विपुल मगरले विफल तुल्याइदिएसँगै उपाधि छिनोफानो भयो ।

धरानले आइतबारको बजार भाउअनुसार ३ लाख २ हजार ८३ रुपैयाँ बराबरको अलैँची पुरस्कार प्राप्त गर्‍यो। उपविजेता फेदापले १ लाख ५० हजार ८३ रुपैयाँ बराबरको अलैँची प्राप्त गर्‍यो । बिधागत तर्फका सम्पूर्ण पुरस्कार पनि अलैँची प्रदान गरिएको छ । खेलाडीहरु अलैँचीका बोरा पुरस्कार बोकेर फर्किएका छन् ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1d ago
प्रथम धरान महिला गोल्डकपको उपाधि एपीएफ क्लबलाई

प्रथम धरान महिला गोल्डकपको उपाधि एपीएफ क्लबलाई

विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) फुटबल क्लबले प्रथम धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।

#धरान #कपको #उपाधि
Compare →
Hamro Patro News
1d ago
प्रथम धरान महिला गोल्डकपको उपाधि एपिएफ क्लबलाई

प्रथम धरान महिला गोल्डकपको उपाधि एपिएफ क्लबलाई

सुनसरी । विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) फुटबल क्लबले प्रथम धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। धरान रङ्गशालामा शनिबार राति सम्पन्न फाइनलमा नेपाल...

#धरान #कपको #उपाधि
Compare →
Arthasansar
20h ago
गरिमा रोड रेस २०८३ सम्पन्न: खुलातर्फ तिर्थ र राज्य, कर्पोरेटतर्फ इश्वर र दिव्या प्रथम

गरिमा रोड रेस २०८३ सम्पन्न: खुलातर्फ तिर्थ र राज्य, कर्पोरेटतर्फ इश्वर र दिव्या प्रथम

गरिमा विकास बैंक लिमिटेडको २०औँ वार्षिकोत्सवको अवसरमा आयोजित ‘गरिमा रोड रेस २०८३’ शनिबार सफलतापूर्वक सम्पन्न भएको छ। “स्वस्थ जीवनशैलीका लागि...

#सम्पन्न
Compare →
Onlinekhabar
2d ago
धरानमा खैरो हेरोइनसहित पाँच जना पक्राउ

धरानमा खैरो हेरोइनसहित पाँच जना पक्राउ

४ मंसिर, सुनसरी । धरानबाट १२४ ग्रामभन्दा बढी खैरो हेरोइन र विभिन्न प्रकारका लागुऔषधसहित पाँच जना पक्राउ परेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पीआइटी टोली र इलाका प्रहरी कार्यालय धरानबाट संयुक्त रूपमा खटिएको प्रहरी …

#धरान
Compare →

Related Stories

Sports
Build #2612