Trending
Prev Story
Next Story

थ्रेसर मेसिनले गाउँमै दिलायाे रोजगारी

Nagarik News •
October 23, 2026 • 02:40 AM
2
2 reads 0 reactions

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ का अमजत अली शेख सात वर्षदेखि ‘थ्रेसर मेसिन’ सञ्चालन गरेर गाउँमै स्वरोजगार बनेका छन्।

थ्रेसर मेसिनले गाउँमै दिलायाे रोजगारी

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ का अमजत अली शेख सात वर्षदेखि ‘थ्रेसर मेसिन’ सञ्चालन गरेर गाउँमै स्वरोजगार बनेका छन्।

गाउँका धेरै युवा वैदेशिक रोजगार वा अन्य पेसामा अल्झिरहेका बेला शेखले आफ्नै गाउँठाउँमा कृषि सेवा व्यवसायबाट मनग्य आम्दानी गर्न सकिन्छ भन्ने गतिलो प्रमाण पेस गरेका छन्।

तीन लाख ५० हजार रुपैयाँ लगानी गरेर थ्रेसर मेसिन खरिद गरेका उनले धानबालीको मुख्य याममा मात्र सम्पूर्ण खर्च कटाएर एक लाख ५० हजारसम्म खुद मुनाफा कमाउने बताए। उनले थ्रेसर मेसिन सञ्चालन गरेबापत प्रतिघण्टा दुई हजार ५ सय वा एक क्विन्टल धान बराबर १२ किलो धान सेवा शुल्कबापत लिने गरेका छन्।

“विशेष गरी धेरै जग्गा भएका र घरमा काम गर्ने जनशक्ति कम भएका कृषकहरूले थ्रेसरको बढी माग गर्नुहुन्छ”, आफ्नो व्यवसायको अनुभव सुनाउँदै शेखले भने, “थ्रेसरले एक घण्टामा १० कट्ठासम्मको धानबाली सजिलै थन्क्याउन सकिन्छ।”

थ्रेसर मेसिनमा पराल दाइँ गर्नुपर्ने वा धान केलाइरहनुपर्ने कुनै झन्झट हुँदैन। काम छिटो, खर्च कम र समयको भारी बचत हुने भएकाले गाउँका सबै किसानले थ्रेसर मेसिन प्रयोग गर्ने गरेको उनले बताए।

केही वर्ष अघिसम्म गाउँमा सबैजसो किसानले काटेको धान एउटै स्थानमा जम्मा गरेर पालैपालो थ्रेसर चलाउने गरे पनि अहिले प्रत्येक किसानको खेतखेतमा थ्रेसर मेसिन पुर्‍याउनु पर्दा इन्धन र समय धेरै खर्च हुने गरेको अमजतको दुखेसो छ।

गाउँमा सुरुमा आफूले थ्रेसर मेसिन सञ्चालन गरे पनि अहिले अन्य गाउँबाट समेत किसानले मेसिन मगाउने भएकाले प्रतिष्पर्धा हुने गरेको छ। यतिबेला धान झार्ने सिजनमा बिहान ५ बजेदेखि राति१२ बजेसम्म पनि किसानको खेतमै थ्रेसर पुर्‍याउने गरेको अमजतले बताए।

बाँकेका गाउँगाउँमा आधुनिक कृषि प्रविधिको प्रवेशले परम्परागत खेती प्रणालीलाई एकाएक सहज बनाइदिएको छ। नेपालगञ्ज–१९ सुइया गाउँका अर्का किसान ध्रुवकुमार थापा क्षेत्री एक दशकदेखि जोत्नका लागि ट्याक्टर र धान–गहुँ थन्क्याउन थ्रेसर मेसिन प्रयोग गर्दै आएका छन्।

त्यसअघि अर्मपर्म तथा खेताला लगाएर खेती गर्ने उनको अनुभवमा प्रविधिले कामलाई पूर्ण रूपमा बदलिदिएको छ। “गाउँमा काम गर्ने खेताला पाउनै मुस्किल छ, पाइहाले पनि दैनिक ६ सयदेखि एक हजारसम्म ज्याला माग्छन्”, उनले भने, “मजदुरी लगाउँदा समय धेरै लाग्छ तर थ्रेसर लगाउँदा बिनाझन्झट समयमै धान भित्र्याउन पाइन्छ। पैसा भएपछि रोप्नदेखि उत्पादन भित्राउनसम्म धेरै सजिलो भएको छ।”

प्रकाशित: ६ कार्तिक २०८३ ०८:२५ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
22h ago
बसाइँसराइले रित्तिएको गाउँमा पर्यटनको बहार: पुराना घर बने आकर्षक रिसोर्ट, स्थानीयलाई रोजगारी र आम्दानी

बसाइँसराइले रित्तिएको गाउँमा पर्यटनको बहार: पुराना घर बने आकर्षक रिसोर्ट, स्थानीयलाई रोजगारी र आम्दानी

काठमाण्डौ । बढ्दो बसाइँसराइका कारण सुनसान बन्दै गएको मकवानपुरको एउटा गाउँमा पर्यटन व्यवसायले नयाँ जीवन भरेको छ।...

#गाउँ #रोजगारी
Compare →
Onlinekhabar
1h ago
छोराको शव गाउँ लैजाने पैसा छैन, मंगलसेनमा हारगुहार गर्दै गंगाराम

छोराको शव गाउँ लैजाने पैसा छैन, मंगलसेनमा हारगुहार गर्दै गंगाराम

२८ कात्तिक, धनगढी । छोराको मृत्युको पीडाले एकातिर मन छियाछिया भएको छ । अर्कोतिर, आफ्नै सन्तानको शव गाउँ पुर्‍याएर अन्तिम संस्कार गर्ने खर्च नहुँदा बुवा सदरमुकाममै छटपटाइरहेका छन् । जीवनभर दुःख गरेर हुर्काएको छोरालाई आफ्नै …

#गाउँ
Compare →
Hamro Patro News
2h ago
तिहार र छठको बिदामा भरिए घान्द्रुक, सिक्लेस र ल्वाङ गाउँ

तिहार र छठको बिदामा भरिए घान्द्रुक, सिक्लेस र ल्वाङ गाउँ

काठमाडौँ- तिहार र छठको बिदासँगै पर्यटकीय याम उत्कर्षमा पुगेपछि कास्कीका घान्द्रुक, सिक्लेस र ल्वाङ गाउँ पर्यटकले भरिभराउ भएका छन्। आन्तरिक पर्यटकको आगमन बढेसँगै यी गाउँका होटल र घरबासमा पाहुनाको च...

#गाउँ
Compare →
Ekantipur
4h ago
गाउँ जान भारतको बाटो, सीमाको बहसले झन् सास्ती भोग्छन् टिंकर-छाङरुवासी

गाउँ जान भारतको बाटो, सीमाको बहसले झन् सास्ती भोग्छन् टिंकर-छाङरुवासी

टिंकर र छाङरुवासी भन्छन्–'काठमाडौंमा सीमा सम्बन्धी बहस भए यता हामीलाई पोल्छ'

#गाउँ
Compare →

Related Stories

Technology
Build #2612