Trending
Prev Story
Next Story

स्थानीय वनस्पतिबाट साबुन बनाउदै हलेसीका महिलाहरु

Hamro Patro News •
November 22, 2026 • 12:19 PM
3
3 reads 0 reactions

खोटाङको हलेसीका महिलाहरुले साबुन लगायत सरसफाइका सामाग्री बनाउन सुरु गरेका छन् । स्थानीय वनस्पतिको प्रयोग गरेर हलेसीका महिलाहरुले लुगा धुने र मुख धुने साबुन लगायतका सरसफाइका सामाग्री बनाउन सुरु गरेक...

1 / 2
Swipe Photos

खोटाङको हलेसीका महिलाहरुले साबुन लगायत सरसफाइका सामाग्री बनाउन सुरु गरेका छन् । स्थानीय वनस्पतिको प्रयोग गरेर हलेसीका महिलाहरुले लुगा धुने र मुख धुने साबुन लगायतका सरसफाइका सामाग्री बनाउन सुरु गरेका हुन् ।

स्थानीय स्तरमा पाइने घिउकुमारी, तितेपाती, पुदिना, तुल्सी लगायतका वनस्पतिबाट महिलाहरुले लुगा धुने साबुन, मुख धुने साबुन, मल्टीवास साबुन, एरिएल सरफ, हार्पिक, कोलिन र फिनेल जस्ता सरसफाइका सामाग्रीहरु बनाउन सुरु गरेका हुन् । हलेसी तुवाचुङ नगरपालिकाले गत वैशाखमा महिलाहरुलाई १२ दिने तालिम प्रदान गरेको थियो । तालिम लिएका केही महिलाहरु भने अहिले सोही सिपबाट व्यावसायिक बन्न थालेका छन् । आधारभूत तालिम लिएर सिपलाई व्यावसायिक बनाउन सुरु गरेका ९ जना महिलालाई नगरपालिकाले पुनः एडभान्स तालिम दिएको नगरपालिकाका उद्यम विकास सहजकर्ता शुरेस धामीले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Ekantipur
5d ago
साबुन बेच्ने किशोर बने विश्वकै चर्चित पोडकास्टर

साबुन बेच्ने किशोर बने विश्वकै चर्चित पोडकास्टर

परिवारको व्यवसाय जोगाउन १६ वर्षमै साबुन बेच्न थालेका राज शामानीले आफ्नो पोडकास्टमा बिल गेट्स, माइकल फेल्प्स, सुनिता विलियम्स र फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंजस्ता चर्चित व्यक्तित्वसँग संवाद गरेका छन् ।

#साबुन
Compare →
Nagarik News
1w ago
हलेसी तुवाचुङमा तुवाचुङ कप फुटबल प्रतियोगिता हुने

हलेसी तुवाचुङमा तुवाचुङ कप फुटबल प्रतियोगिता हुने

हलेसी तुवाचुङ नगरपालिकाले आगामी मङ्सिर १४ गतेदेखि ‘प्रथम तुवाचुङ कप–२०८३’ अन्तरपालिकास्तरीय पुरुष फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ।

#हलेसी
Compare →

Related Stories

Technology
Build #2612