Trending
Prev Story
Next Story

के भोकै बस्दा साँच्चै क्यान्सरको ट्युमर सुक्छ ?

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
3
3 reads 0 reactions 4 comments

पछिल्लो समय उपवास बसेर क्यान्सर निको पार्न सकिने वा केमोथेरापीको असर घटाउन सकिने भन्दै निकै चर्चा हुने गरेको छ । तर, के आधुनिक चिकित्सा विज्ञानले यो दाबीलाई स्वीकार गर्छ ? क्यान्सरको उपचारमा उपवास अर्थात् खाना कम …

के भोकै बस्दा साँच्चै क्यान्सरको ट्युमर सुक्छ ?

पछिल्लो समय उपवास बसेर क्यान्सर निको पार्न सकिने वा केमोथेरापीको असर घटाउन सकिने भन्दै निकै चर्चा हुने गरेको छ । तर, के आधुनिक चिकित्सा विज्ञानले यो दाबीलाई स्वीकार गर्छ ?

क्यान्सरको उपचारमा उपवास अर्थात् खाना कम गर्ने वा निश्चित समय भोकै बस्ने विषयमा पछिल्लो समय निकै चर्चा हुन थालेको छ । खानामा गरिने कटौतीले ट्युमरको वृद्धि रोक्न सक्छ कि सक्दैन, केमोथेरापीको प्रभावकारिता बढाउँछ कि बढाउँदैन र उपचारका क्रममा देखिने साइड-इफेक्ट कम गर्न मद्दत गर्छ कि गर्दैन भन्ने विषयमा वैज्ञानिकहरूले अनुसन्धान गरिरहेका छन् ।

विभिन्न अध्ययनहरूले उपवासले कोषिकाको वृद्धि र अस्तित्वसँग जोडिएको शरीरको मेटाबोलिक (पाचन तथा ऊर्जा) प्रक्रियामा परिवर्तन ल्याउने देखाएका छन् । यसले क्यान्सर रोकथाम र उपचारमा उपवासको सम्भावित भूमिकाबारे नयाँ प्रश्न र चासो जगाएको छ ।

तर, यससम्बन्धी अधिकांश उत्साहजनक नतिजाहरू प्रयोगशाला र जनावरहरूमा गरिएका अध्ययनमा मात्र सीमित छन् । मानिसमा गरिएका क्लिनिकल परीक्षणहरू अझै कम छन् । उपवासलाई क्यान्सरको प्रभावकारी उपचारका रूपमा प्रमाणित गरिसकिएको छैन । क्यान्सर उपचारका क्रममा खानपानमा कुनै पनि परिवर्तन गर्नुअघि अनुसन्धानले के देखाएको छ र कुन कुराहरू अझै अस्पष्ट छन् भन्ने बुझ्नु जरुरी हुन्छ ।

उपवास र क्यान्सरबारे विज्ञानले के भन्छ ?

उपवासले शरीरमा ऊर्जाको प्रयोग र कोषिकाहरूको वृद्धिलाई नियन्त्रण गर्ने तरिकामा परिवर्तन ल्याउँछ । यस कारण यसप्रति वैज्ञानिकहरूको चासो बढेको हो । उपवास बस्दा शरीरमा ‘इन्सुलिन’ र ‘इन्सुलिन-लाइक ग्रोथ फ्याक्टर १ (आईजीएफ-१)’ को स्तर घट्न सक्छ । साथै, ग्लुकोजको उपलब्धता र ऊर्जा प्रणालीमा पनि परिवर्तन आउँछ ।

प्रयोगशाला र जनावरमा गरिएका अध्ययनहरूले यस्ता परिवर्तनले केही खास ट्युमरको वृद्धिलाई सुस्त बनाउन र क्यान्सरका कोषिकालाई उपचारप्रति संवेदनशील बनाउन सक्ने देखाएका छन् । साथै, सामान्य स्वस्थ कोषिकाहरूमा केमोथेरापीको तनाव सहन सक्ने क्षमता बढ्न सक्ने देखिन्छ । यद्यपि, यो असर प्रयोगको अवस्था र क्यान्सरको प्रकारमा निर्भर गर्छ ।

मानिसमा गरिएका अध्ययनहरू मुख्यतया नियमित उपचारसँगै छोटो अवधिको उपवास र ‘फास्टिङ-मिमिकिङ डाइट’ मा केन्द्रित छ । ‘फास्टिङ-मिमिकिङ डाइट’ भनेको क्यालोरीयुक्त खानाहरूको सेवन कम गरी अपनाइने डाइटिङ हो । केही साना अध्ययनहरूले शरीरको मेटाबोलिक सूचक वा उपचारका लक्षणमा सुधार देखिएको बताए पनि नतिजाहरूमा एकरूपता छैन ।

सन् २०२५ मा ३५४ जना बिरामीमा गरिएको एक अध्ययनले छनोट गरिएका बिरामीहरूमा ‘इन्टरमिटेन्ट फास्टिङ’ (निश्चित समय खाना खाने र निश्चित समय भोकै बस्ने प्रक्रिया) सम्भव देखिए पनि यसले उपचारको नतिजा सुधार गर्ने वा केमोथेरापीको विषाक्त असर कम गर्ने कुरा प्रमाणित गर्न सकेन ।

अहिलेको मुख्य प्रश्न भनेको यी जैविक परिवर्तनहरूले बिरामीको उपचारमा ठोस फाइदा पुर्‍याउँछन् कि पुर्‍याउँदैनन् भन्ने हो । यस विषयमा अझै अनुसन्धान जारी छ।

के उपवासले क्यान्सर रोकथाम वा निको पार्न सक्छ ?

उपवासले मात्र क्यान्सर रोक्न वा निको पार्न सक्छ भन्ने कुनै ठोस क्लिनिकल प्रमाण हालसम्म छैन । उपवासले ट्युमर विकाससँग जोडिएको शरीरको प्रक्रियालाई प्रभावित पारे पनि, यस्ता जैविक परिवर्तनले मानिसको शरीरबाट क्यान्सरका कोषिका नष्ट गर्न वा ट्युमर बन्नबाट रोक्न सक्छ भन्ने पुष्टि हुँदैन ।

उपवासले अप्रत्यक्ष रूपमा तौल नियन्त्रण र इन्सुलिनको संवेदनशीलता जस्ता स्वास्थ्यका केही पक्षमा सहयोग पुर्‍याउन सक्छ । तर, उपवासले नै क्यान्सर हुने जोखिम घटाउँछ भन्ने प्रमाण पर्याप्त छैन ।

क्यान्सर रोकथामका लागि स्थापित सुझावहरूमा सन्तुलित तौल कायम राख्ने, स्वस्थ र सन्तुलित आहार खाने, नियमित शारीरिक व्यायाम गर्ने, सुर्तीजन्य पदार्थबाट टाढा रहने र मदिरा सेवन नगर्ने वा सीमित गर्ने कुरामा नै जोड दिइएको छ ।

क्यान्सर पुष्टि भइसकेका बिरामीहरूले शल्यक्रिया, केमोथेरापी, रेडियोथेरापी, इम्युनोथेरापी, हर्मोन थेरापी वा टार्गेटेड उपचारको सट्टामा उपवासलाई कहिल्यै रोज्नु हुँदैन । यी आधुनिक उपचार विधिले विभिन्न प्रकारका क्यान्सरमा आफ्नो प्रभावकारिता प्रमाणित गरिसकेका छन्, जबकि उपवास अझै अनुसन्धानकै चरणमा छ ।

उपवास भन्नाले निश्चित अवधिसम्म खाना नखाने वा क्यालोरीको मात्रा निकै कम गर्ने प्रक्रियालाई बुझिन्छ । क्लिनिकल अनुसन्धान र दैनिक जीवनमा यसका विभिन्न तरिकाहरू अपनाइन्छन् ।

दिनको निश्चित समयमा मात्र खाना खाने, जस्तै ८ घण्टा खाना खाने र बाँकी १६ घण्टा भोकै बस्ने ।

एक दिन सामान्य खाना खाने र अर्को दिन पूर्ण उपवास बस्ने वा निकै कम क्यालोरी लिने ।

हप्ताको पाँच दिन सामान्य खाना खाने र लगातार नपर्ने गरी दुई दिन क्यालोरीमा कडाइ गर्ने ।

लामो समयसम्म, प्रायः ४८ घण्टाभन्दा बढी समय खाना नखाने ।

थोरै मात्रामा खाना खान मिल्ने तर शरीरमा उपवास बसेकै जस्तो असर पार्ने गरी तयार पारिएको विशेष कम क्यालोरीयुक्त आहार योजना केही दिनसम्म पालना गर्ने।

क्यान्सरको अध्ययनमा मुख्यतया छोटो अवधिको उपवास र ‘फास्टिङ-मिमिकिङ डाइट’ लाई विशेष ध्यान दिइएको छ, किनभने यिनलाई नियमित उपचारसँगै अध्ययन गर्न सकिन्छ । तर, यी सबै तरिका एउटै होइनन् र एउटा तरिकाको नतिजा अर्कोमा स्वतः लागू हुँदैन ।

उपवासले क्यान्सरका कोषिकालाई कसरी असर गर्छ ?

क्यान्सरका कोषिकाहरूले पोषक तत्व प्राप्त गर्न र अनियन्त्रित रूपमा बढ्न शरीरको सामान्य प्रणालीलाई परिवर्तन गरेका हुन्छन् । उपवासले शरीरमा पोषक तत्व र वृद्धि गराउने संकेतहरूको उपलब्धतामा फेरबदल ल्याउँछ, जसले गर्दा केही ट्युमरहरू तनावमा पर्न सक्छन् ।

इन्सुलिन र आईजीएफ-१ को संकेत कम हुँदा कोषिकाको वृद्धि र अस्तित्वसँग जोडिएका प्रणालीहरू प्रभावित हुन सक्छन् । प्रयोगात्मक नमुनाहरूमा यस्ता परिवर्तनले केही क्यान्सर कोषिकालाई उपचारप्रति बढी कमजोर बनाएको देखिएको छ ।

वैज्ञानिकहरूले ‘डिफरेन्सियल स्ट्रेस रेसिस्टेन्स’ बारे पनि अध्ययन गरेका छन् । यस सिद्धान्तअनुसार, उपवासको तनावपूर्ण अवस्थामा सामान्य कोषिकाहरू झन् बलिया र प्रतिरोधी बन्छन् भने असामान्य वृद्धि भएका क्यान्सर कोषिकाहरू कमजोर नै रहन्छन् ।

उपवासले प्रभावित पार्ने अर्को प्रक्रिया ‘अटोफ्याजी’ हो, जसमा कोषिकाहरूले आफ्ना बिग्रिएका भागहरूलाई टुक्र्याएर पुनः प्रयोग गर्छन् । क्यान्सरसँग यसको सम्बन्ध जटिल छ: अटोफ्याजीले सुरुवाती चरणमा ट्युमर बन्नबाट रोक्न मद्दत गर्न सक्छ, तर बनिसकेका पुराना ट्युमरहरूलाई पोषक तत्वको अभावमा पनि बाँचिरहन मद्दत गर्न सक्छ ।

यी तथ्यहरूले क्यान्सर उपचारमा उपवासको अध्ययन किन भइरहेको छ भन्ने वैज्ञानिक आधार दिन्छन् । यद्यपि, सबै क्यान्सर कोषिकाको पोषण आवश्यकता फरक-फरक हुने भएकाले उपवासले हरेक प्रकारको ट्युमरलाई छानीछानी भोकै पारेर नष्ट गर्न सक्दैन ।

के उपवासले केमोथेरापीको प्रभावकारिता बढाउन र साइड-इफेक्ट घटाउन सक्छ ?

स्वस्थ तन्तुहरूमा हुने क्षति कम गर्दै केमोथेरापीको प्रभावकारिता बढाउन सकिन्छ कि भन्ने विषय अनुसन्धानको मुख्य क्षेत्र हो । प्रारम्भिक अध्ययनहरूले छोटो अवधिको उपवासले केही क्यान्सर कोषिकालाई केमोथेरापीप्रति बढी संवेदनशील बनाउने र सामान्य कोषिकामा उपचारको तनाव कम गर्ने संकेत गरेका छन् । यही कारणले वैज्ञानिकहरू उपचारको सहयोगी विधिको रूपमा उपवासको अध्ययन गर्न उत्साहित भएका हुन् ।

केही प्रारम्भिक क्लिनिकल परीक्षणहरूले थकान वा वाकवाकी लाग्ने जस्ता लक्षणमा सुधार आएको बताए पनि नतिजाहरू एकनासका छैनन् ।

सन् २०२५ मा माएस र उनका सहकर्मीहरूले गरेको समीक्षाले अध्ययनमा समावेश गरिएका बिरामीहरूमा केमोथेरापीको विषाक्त असर कम भएको वा उपचारको नतिजा सुधार भएको कुनै प्रमाण फेला पारेन । उपवास बस्ने फरक-फरक समयतालिका, उपचार पद्धति र बिरामीको अवस्था फरक भएकाले प्रमाणहरू अझै कमजोर छन् ।

त्यसैले, केमोथेरापीको प्रभावकारिता बढाउने वा साइड-इफेक्ट कम गर्ने विधिको रूपमा उपवास अझै प्रमाणित भएको छैन । कुन तरिकाको उपवासले ठोस फाइदा दिन्छ भन्ने पत्ता लगाउन ठूला र विस्तृत परीक्षणहरू आवश्यक छन् ।

क्यान्सरका बिरामीका लागि उपवास सुरक्षित छ ?

उपवास सुरक्षित छ कि छैन भन्ने कुरा बिरामीको पोषणको अवस्था, क्यान्सरको प्रकार, उपचार योजना र अन्य स्वास्थ्य समस्याहरूमा भर पर्छ । क्लिनिकल अध्ययनमा छनोट गरिएका केही बिरामीले छोटो अवधिको उपवास सहन सके भन्दैमा यो सबैका लागि उपयुक्त हुन्छ भन्ने हुँदैन ।

यसको मुख्य जोखिम भनेको अनियन्त्रित तौल घट्नु र कुपोषण हुनु हो । क्यान्सर र यसको उपचारले शरीरमा पोषणको माग बढाउँछ, जबकि वाकवाकी लाग्ने, बान्ता हुने र भोक नलाग्ने जस्ता समस्याले बिरामीले पहिले नै पर्याप्त खाना खान सकिरहेका हुँदैनन् ।

यस्तो अवस्थामा थप क्यालोरी कटौती गर्दा मांसपेशी खिइने, अत्यधिक कमजोरी हुने, शरीरमा पानीको कमी हुने र आवश्यक पोषण नपुग्ने समस्या निम्तिन सक्छ । विशेषगरी ‘क्यान्सर क्याचेक्सिया’ अर्थात अत्यधिक दुब्लाउने समस्या भएका, पहिले नै कुपोषित वा हालसालै धेरै तौल घटेका बिरामीहरू उच्च जोखिममा हुन्छन् ।

शारीरिक रूपमा कमजोर व्यक्ति, गर्भवती महिला, मिर्गौला रोग वा मधुमेह (सुगर) भएका बिरामी र रगतमा चिनीको मात्रा घटाउने औषधि सेवन गरिरहेका बिरामीहरूले विशेष सावधानी अपनाउनुपर्छ ।

‘युरोपियन सोसाइटी फर क्लिनिकल न्युट्रिसन एन्ड मेटाबोलिज्म’ ले क्यान्सर उपचारको समयमा उपवास नबस्न सुझाव दिएको छ, किनभने यसको क्लिनिकल फाइदा प्रमाणित भएको छैन र अपर्याप्त पोषणले बिरामीलाई हानि पुर्‍याउन सक्छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
1d ago
प्यान्क्रियाटिक क्यान्सरको उपचारमा ठूलो सफलता, जसलाई ‘दशकौंको सबैभन्दा ठूलो प्रगति’ भनिएको छ

प्यान्क्रियाटिक क्यान्सरको उपचारमा ठूलो सफलता, जसलाई ‘दशकौंको सबैभन्दा ठूलो प्रगति’ भनिएको छ

प्यान्क्रियाटिक (अग्नाशय) क्यान्सरको उपचारमा विशेषज्ञहरूले दशकौं यताको सबैभन्दा ठूलो सफलता भनेर वर्णन गरेका छन्। यो...

#क्यान्सर
Compare →
Setopati
1d ago
'स्तन क्यान्सरको उपचार गर्न विदेश जानुपर्दैन' (भिडिओ)

'स्तन क्यान्सरको उपचार गर्न विदेश जानुपर्दैन' (भिडिओ)

'बिरामीलाई क्यान्सर भएको खबर सुनाउनु हाम्रा लागि पनि सजिलो हुँदैन। तर सुरूमै रोग पत्ता लाग्नु राम्रो कुरा हो। समयमै उपचार गरे निको हुने सम्भावना धेरै हुन्छ भनेर हामी सम्झाउँछौँ,' उनले भने।

#क्यान्सर
Compare →
Nagarik News
4d ago
छिनछिनमा पिसाब प्रोस्टेट क्यान्सर हुन सक्छ

छिनछिनमा पिसाब प्रोस्टेट क्यान्सर हुन सक्छ

। नेपालमा पनि प्रोस्टेट क्यान्सर भएका पुरुषहरू ढिलो गरी मात्र उपचारमा पुग्ने गरेको चिकित्सकहरूले बताएका छन्।

#क्यान्सर
Compare →
Hamro Patro News
5d ago
देउसीभैलोमा उठेको रकम क्यान्सर पीडितलाई

देउसीभैलोमा उठेको रकम क्यान्सर पीडितलाई

काठमाडौं – जिल्लास्थित सुनौलो बागलुङ सामाजिक संस्थाले देउसीभैलो खेलेर सङ्कलित रकम क्यान्सर पीडित तथा दुर्घटनाका घाइतेलाई प्रदान गरेको छ । संस्थाले तिहारमा देउसीभैलो खेलेर सङ्कलन गरेको रु एक लाख ५५ ...

#क्यान्सर
Compare →
Ekantipur
1mo ago
नेपालमै आनुवंशिक इन्जिनियरिङ प्रविधिबाट तयार पारिएको कोषिकाबाट पहिलोपटक क्यान्सर बिरामीको उपचार

नेपालमै आनुवंशिक इन्जिनियरिङ प्रविधिबाट तयार पारिएको कोषिकाबाट पहिलोपटक क्यान्सर बिरामीको उपचार

यस प्रविधिबाट एक्युट लिम्फोब्लास्टिक ल्युकेमिया भएका २० वर्षीया महिलाको दुई साताअघि त्रिवि शिक्षण अस्पतालमा उपचार गरिएको र उनको स्वास्थ्य अवस्था स्थिर रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

#क्यान्सर
Compare →

Related Stories

Education & Youth
Build #2612