Trending
Prev Story
Next Story

पालिका स्तरीय भलिबलमा गलकोटको जित

Ekantipur •
November 22, 2026 • 12:02 PM
2
2 reads 0 reactions

हरिबोधिनी एकादशी मेलाअन्तर्गत आयोजित प्रतियोगिताको फाइनलमा गलकोटले जैमिनीलाई हराउँदै एक लाख ५० हजार रुपैयाँ जित्यो।

पालिका स्तरीय भलिबलमा गलकोटको जित

हरिबोधिनी एकादशी मेलाअन्तर्गत आयोजित प्रतियोगिताको फाइनलमा गलकोटले जैमिनीलाई हराउँदै एक लाख ५० हजार रुपैयाँ जित्यो।

बागलुङ — हरिबोधिनी एकादशी मेलाको अबसरमा आयोजित पालिका स्तरीय भलिबल प्रतियोगितामा गलकोट नगरपालिकाको नरेठाँटी भलिबल टिमले जितेको छ ।

बिहीबारदेखि जारी मेला खेल कार्यक्रमसँगै आइतबार समापन भएको छ । आइतबार गलकोटले जैमिनी नगरपालिकालाई खेल जितेर १ लाख ५० हजार नगद पायो । जैमिनीले दोस्रो भएर १ लाख रुपैयाँमा चित्त बुझायो ।

आइतबार बागलुङ नगरपालिका–४ को निरयघाटमा भएको प्रतिस्पर्धामा सुरुवाती जित निकालेको जैमिनीले त्यसपछिका लगातार तीन खेलमा हार व्यहोर्‍यो । लगातार तीन खेल गलकोटको पोल्टामा जाँदा जैमिनी स्तब्ध भयो ।

पहिलो खेल २६–२४ को अंकले अगाडि रहेको जैमिनीलाई गलकोटले लगातार २७–२५, २९–२७ र २५–२१ को अंकले जित निकालेको हो । तेस्रो स्थान पाएको कुश्माले ५० हजार र चौथो स्थान पाउने बागलुङ नगरपालिकाले २५ हजार नगद पुरस्कार पायो । गलकोटका कुश्मन थापा उत्कृष्ठ खेलाडी घोषित भै ५ हजार नगद पुरस्कार पाए । खेलमा १२ टिम सहभागी थिए ।

शनिबार भएको सेमिफाइनल खेलमा जैमिनी नगरपालिकाले कुस्मा नगरपालिका पर्वत र गलकोटले बागलुङ नगरपालिकालाई पराजित गर्दै फाइनल प्रवेश गरेका थिए । जैमिनीले फाइनल प्रवेशकालािग कुस्मालाई २७–२५ र २५—२१ को अंकले जित निकालेको थियो ।

दोस्रो सेमिफाइनलमा गलकोटको नरेठाँटी भलिबल टिमले बागलुङ नगरपालिकालाई सोझो सेटमा पराजित गर्दै जैमिनी नगरपालिकासँग उपाधि भिडन्त पक्का गरेको हो। गलकोटले २५—२१ र २५—२१ अंकले खेल जितेको थियो । बिजयी टिमलाई जेष्ठ नागरिक दुर्गाबहादुर आचार्यले पुरस्कार वितरण गरे ।

मेलामा भजनकृतन, फूलको डोरी तार्ने, बिपत जन्य प्रतिकार्य अभ्यास, खेलकुद र शालीग्राम प्रर्दशनी समेत गरिएको थियो । मेलाबाट आउने आयले यहाँ संचालित मानवसेवा आश्रमलाई सहयोग समेत गरिने आयोजकले बताए । गत वर्ष महायज्ञ लगाएर यहाँ मानवसेवा आश्रमको भवन निर्माण भइरहेको छ । आश्रममा ७० जना आश्रित छन् ।

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
2d ago
हरिबोधिनी एकादशीमा रेसुङ्गा धाममा भव्य मेला, दुई पालिकामा सार्वजनिक बिदा

हरिबोधिनी एकादशीमा रेसुङ्गा धाममा भव्य मेला, दुई पालिकामा सार्वजनिक बिदा

४ मंसिर, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका र गुल्मीदरबार गाउँपालिकामा आज सार्वजनिक बिदा दिएका छन् । हरिबोधिनी एकादशीको अवरसमा दुई स्थानीय तहले आज सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् । रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद …

#हरिबोधिनी #एकादशी #पालिका
Compare →
Hamro Patro News
1d ago
हरिबोधिनी एकादशी : आन्तरिक चेतनाको प्रतीक

हरिबोधिनी एकादशी : आन्तरिक चेतनाको प्रतीक

सनातन परम्पराअनुसार हरिबोधिनी एकादशी (ठुलो एकादशी) भगवान् विष्णु चार महिनाको योगनिद्रा (चतुर्मास) बाट ब्युँझिने दिन हो। संस्कृतिविद लेखनाथ शास्त्रीको दृष्टिकोणमा ‘हरि’ भन्नाले कुनै बाह्य व्यक्ति वा...

#हरिबोधिनी #एकादशी
Compare →
Nagarik News
2d ago
हरिबोधिनी एकादशी: पशुपतिनाथ मन्दिरस्थित बागमती नदीमा टाँगियो तोरण (तस्बिरहरू)

हरिबोधिनी एकादशी: पशुपतिनाथ मन्दिरस्थित बागमती नदीमा टाँगियो तोरण (तस्बिरहरू)

आज हरिबोधिनी एकादशीका अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दिरस्थित बागमती नदीमा तोरण टाँगिएको छ।

#हरिबोधिनी #एकादशी
Compare →

Related Stories

World News
Build #2612