Trending
Prev Story
Next Story

मधेशमा सरकार परिवर्तन : एमालेले खेल्न खोज्यो, उपेन्द्र यादवले कोर्स नै बदले

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

६ मंसिर, जनकपुरधाम । मधेश प्रदेश सरकार निर्माणमा खेल्न खोज्दा नेकपा एमाले आफैं प्रतिपक्षको कित्तामा पुगेको छ । एमालेकै कारण जसपा ठूलो दलको हैसियतले सत्ताको नेतृत्वमा पुगेको छ । गत वर्ष पनि ठूलो दलको हैसियतले चलखेल …

मधेशमा सरकार परिवर्तन : एमालेले खेल्न खोज्यो, उपेन्द्र यादवले कोर्स नै बदले

६ मंसिर, जनकपुरधाम । मधेश प्रदेश सरकार निर्माणमा खेल्न खोज्दा नेकपा एमाले आफैं प्रतिपक्षको कित्तामा पुगेको छ । एमालेकै कारण जसपा ठूलो दलको हैसियतले सत्ताको नेतृत्वमा पुगेको छ ।

गत वर्ष पनि ठूलो दलको हैसियतले चलखेल गर्दा एमालेले सभामुख, प्रदेश प्रमुख र मुख्यमन्त्री पदसमेत गुमाएको थियो । त्यतिबेलैदेखि मधेशमा अस्थिरता कायम थियो ।

पछिल्लो समय एमालेकै कारण कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव नेतृत्वको सरकार ढल्यो । र, एमालेले जसपा नेपालको नेतृत्वको सरकारमा जाने वचन दियो । उसो त जसपालाई कांग्रेस नेतृत्वको मधेश सरकारबाट प्रतिपक्षमा पुर्‍याउने भूमिका एमालेकै थियो । त्यही बेला एमालेले कांग्रेस सरकारमा प्रवेश गरी सत्ता सहकार्य गरेको थियो ।

यद्यपि, एमालेकै चलखेलका कारण अहिले जसपा ठूलो दलको हैसियतमा सत्ताको नेतृत्वमा पुगेको छ । तर संविधानको धारा १६८ को ३ बमोजिम शनिबार मुख्यमन्त्री बनेका जसपा संसदीय दलका नेता सरोजकुमार यादवले ३० दिनभित्र विश्वासको मत पाउलान् कि नपाउलान् भन्ने संसय भने टरेको छैन ।

एमाले मात्र होइन, एमालेकै कारण कांग्रेस र नेकपा पनि प्रतिपक्षी बेन्चमा पुगेका छन् । एमालेले जसपाभित्र खेल्न खोज्दा उपेन्द्र यादवले बदलेको कोर्स करेक्सनको परिणाम हो अहिलेको परिस्थिति ।

किनभने, असोज ३० मा एमाले मधेश सरकारबाट समर्थन फिर्ता लिएर जसपाको नेतृत्वमा सरकार बनाउन सहमत भएको थियो । गत कात्तिक २० गते एमाले संसदीय दलका नेता सरोजकुमार यादवले जसपा, एमाले र नेकपाको नयाँ समीकरण बनेको र सरकार बन्ने दाबी अनलाइनखबरसँग गरेका थिए ।

तर, त्यसै दिन नेकपाले पनि सरकारलाई दिएको समर्थन फिर्ता लियो । जसको नेतृत्वमा एमाले र नेकपाले सरकार बनाउन चाहेका थिए, त्यही दल जसपाले एमाले र नेकपालाई प्रतिपक्षी बेन्चमा पुर्‍याएर ठूलो दलको हैसियतमा सरकारको बागडोर सम्हालेको छ ।

एमालेको समर्थनपश्चात् गत कात्तिक २८ गते विश्वासको मत लिन डाकिएको बैठकमा मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा घोषणा गरे । त्यही दिन साँझ प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकारको लागि मंसिर ४ गते अपाराह्न ४ बजेसम्म दाबी पेस गर्न दलहरुलाई आह्वान गरेका थिए ।

त्यस दिन एमाले र नेकपाले अन्तिमसम्म जसपा नेपालको बाटो पर्खिए । जसपाले संस्थागत निर्णय गरेर आए दाबी पेसमा सघाउने एमाले र नेकपाको तयारी नै थियो ।

उता, दाबी पेस गर्ने समय आउनु एक दिनअघि आएर जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले सांसदहरूसँग छुट्टाछुट्टै भेटेर एमाले बाहेकको सरकारको विकल्पमा जाने ब्रिफिङ गरे । एमाले र नेकपालाई अन्तिम समय घर्काउन लगाए ।

स्रोतका अनुसार मंसिर ४ गते शुक्रबार एमाले संसदीय दलका नेता सरोजको निवासमा एक जना जसपा सांसद पुगेका थिए । आफ्नो दलका नेता दाबी पेस गर्न आउन लागेको भन्दै प्रतीक्षा गर्ने र आए लगत्तै प्रदेश प्रमुख कार्यालय जाने भनेर रोकेका थिए ।

तर, ३ बजेर ४५ मिनेटसम्म नआएपछि एमालेलाई शंका लाग्यो । दलका नेता सरोज त्यहाँबाट नेकपा दलका नेता युवराज भट्टराईको निवासमा पुगे । त्यहाँबाट उनी दुवैजना कांग्रेस दलका नेता निवर्तमान मुख्यमन्त्री कृष्णप्रसाद यादवसमक्ष पुगे । तीनै नेता समय लम्ब्याउन सहमत भएर प्रदेश प्रमुख कार्यालयमा ४ बजेर ५० मिनेटरमा डेलिगेसनमा पुगेका थिए । तीनै दलका नेताले सहमतिको प्रयास भइरहेकाले संविधानको धारा १६८ को २ बमोजिम नै सरकार गठनको लागि समय थपिदिन आग्रह गरेका थिए ।

‘हामी त पर्खेको पर्ख्यै भयौं । जसपाका सांसद आएर हाम्रो समय घर्काइरहे । अन्तिममा हामीले जसपाले अल्मल्याएर समय पास गरिरहेको र उपधारा ३ अनुसार ठूलो दलको हैसियतमा सरकार बनाउने रणनीति लिएको थाहा पायौं । अनि, प्रदेश प्रमुख कार्यालय पुग्यौं,’ तीन दलमध्ये एक दलका नेताले भने ।

यो खबर पाउने बित्तिकै सशंकित जसपा नेपालका नेताहरू पनि आधा घण्टापछि प्रदेश प्रमुख कार्यालय पुगेका थिए । त्यहाँ उपधारा २ को समयावधि सकिएकाले ३ बमोजिम सरकार गठन गर्न दबाब दिँदै दाबी पेससमेत गरेर निस्केका थिए । त्यही उपधारा ३ अनुसार प्रदेश प्रमुख कर्णले शनिबार दिउँसो ठूलो दल जसपा नेपाल दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरिदिए ।

चलखेलमा लाग्दा एमालेलाई उपेन्द्रले यसरी पुर्‍याए प्रतिपक्षमा

मधेशमा एमाले, कांग्रेस र नेकपा सरकार ठिकठाकै चलिरहेको थियो । सरकार सञ्चालन प्रक्रियामा कतिपय मुख्यमन्त्री कार्यालयको अधिकार क्षेत्रको काममा हस्तक्षेप गर्दा पनि मुख्यमन्त्री कृष्णप्रसाद यादव सहेरै बसे ।

मुख्यमन्त्री कार्यालयका १०औं तहसम्मका कर्मचारी सरुवाको अधिकारसमेत लिएर एमालेले आफ्नो भागमा परेको श्रम तथा यातायात मन्त्रालयका कर्मचारी सरुवामा चलखेल गर्‍यो । त्यसपछि एमालेले कांग्रेस सरकार ढाल्ने रणनीति लियो । जसपाभित्र खेलेर सरकार बनाउने रणनीति पनि बनायो । जसका कारण अस्तिरता झनै बढ्यो ।

सरकार सुशासनमा कमजोर देखिएको र विगतमा भएको १५बुँदे सहमति कार्यान्वयन नभएको भन्दै एमालेले चार जना मन्त्रीलाई फिर्ता बोलाएर सरकारबाट समर्थन फिर्ता लियो । त्यस दिन एमालेका प्रमुख सचेतक हरिनारायण महतोले मुख्यमन्त्रीले सहमतिअनुसार काम नगरेकाले सरकारमा रहिरहनुको औचित्य समाप्त भएको बताएका थिए ।

समर्थन फिर्ता लिनुअघि एमालले जसपाकै नेतृत्वमा सरकार बनाउने नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवसँग सहमति गरिसकेको थियो । जसपाको नेतृत्वमा सरकार बनाउने तय भएपछि मधेश सरकारबाट एमालेले समर्थन फिर्ता लिएको थियो ।

संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दल जसपा नेपालको नेताको हैसियतमा मुख्यमन्त्री सरोजकुमार यादव बने पनि संकट टरेको छैन । मुख्यमन्त्रीमा नियुक्त हुँदा र पद तथा गोपनीयताको शपथ लिँदा उनले यसैलाई सर्वदलीय सरकार बनाउने र एक साताभित्रै विश्वासको मत लिने सञ्चारकर्मीलाई प्रतिक्रिया दिएका छन् ।

‘उहाँहरूलाई समेट्छौं । विश्वासको मत चाँडै लिन्छु,’ नवनियुक्त मुख्यमन्त्री यादवले भने । तर उनको शपथ ग्रहणमा भने तीन दलका नेता अनुपस्थित थिए ।

मधेशका निर्वतमान मुख्यमन्त्रीसमेत रहेका कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले आफू आफ्नो गृहजिल्ला रौतहटतिर भएको र प्रदेश प्रमुख कार्यालयबाट शपथको एक घण्टाअघि मात्र निम्तो पाउँदा समारोहमा जान नसकेको बताए ।

‘म गृहजिल्लातिर छु । शपथको एक घण्टाअघि मात्र प्रदेश प्रमुख कार्यालयबाट फोन आएको थियो । टाढा रहेको कारण जान सकिनँ,’ उनले भने ।

नेकपा संसदीय दलका नेता युवराज भट्टराईले पनि आफू गृहजिल्ला रौतहटतिरै भएको र नवनियुक्त मुख्यमन्त्रीले एक घण्टाअघि मात्र फोन गरेकोले जान नभ्याएको बताए ।

समारोहमा पूर्वमुख्यमन्त्रीहरूमध्ये उनका आफ्नै दलका लालबाबु राउत मात्र सहभागी थिए । आफ्नै पार्टीका सांसद पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलसमेत सहभागी थिएनन् । यसले नवनियुक्त मुख्यमन्त्रीको कार्यकाल पनि दीर्घकालीन हुने वा नहुने संसय छ । कांग्रेस पनि आफ्नै सरकार ढाल्ने एमाले र नेकपासँगै नजिक हुँदा झन् अविश्वास बढ्दो छ ।

कांग्रेस सदंसदीय दलका नेता निवर्तमान मुख्यमन्त्री कृष्णप्रसाद यादवले वर्तमान सरकारमा जाने विषयमा अहिलेसम्म आफ्नो पार्टीको कुनै धारणा नरहेको स्पष्ट पारे ।

‘वर्तमान सरकारमा जाने कांग्रेसको अहिलेसम्म कुनै धारणा छैन । यसबारे पार्टीभित्र छलफल हुन बाँकी छ,’ उनले भने ।

सरकारले विश्वासको मत पुष्टि गर्न वर्तमान कायम प्रदेशसभाको १०२ संख्यामध्ये ५२ अनिवार्य चाहिन्छ । जसमा जसपा नेपालको आफ्नो २७ सिट छ । एमालेको २४, कांग्रेसको २२, नेकपाको १५ र जनमतको १२ सिट छ ।

राप्रपा र संघीय समाजवादीको एक–एक सिट छ ।

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
2d ago
मधेश प्रदेशमा सरकार गठन अन्योल कायमै, एमालेसँग गठबन्धन नगर्ने जसपा नेपालको अडान

मधेश प्रदेशमा सरकार गठन अन्योल कायमै, एमालेसँग गठबन्धन नगर्ने जसपा नेपालको अडान

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले एमालेसँग मिलेर मधेश प्रदेशमा सरकार बनाउन नसकिने अडानमा कायमै राखेको जसपाका एक नेताले बताए । शुक्रबार साँझ जनकपुर आइपुगेका यादवले आफ्नो दल जसपा नेपालका प्रदेश सांसदसँग एक्ला–एक्लै भेटेर छलफल गरिरहेका छन् ।

#एमा #मधेश #जसपा
Compare →
Hamro Patro News
21h ago
मधेशका नवनियुक्त मुख्यमन्त्री यादवको शपथ भोलि बिहान १० बजे

मधेशका नवनियुक्त मुख्यमन्त्री यादवको शपथ भोलि बिहान १० बजे

५ मंसिर, जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आइतबार बिहान १० बजे पद तथा गोपनियताको शपथ लिने भएका छन् । प्रदेश प्रमुख कार्यालयले उनको शपथ भोलि बिहान १० बजेका लागि तय ग...

#मधेश #यादव
Compare →
Nagarik News
1d ago
मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त

मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त

मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन्।

#मधेश #यादव
Compare →
Bizshala
9h ago
कोशी र मधेशमा मेघगर्जनसहित वर्षाको सम्भावना, अन्यत्र मौसम सफा

कोशी र मधेशमा मेघगर्जनसहित वर्षाको सम्भावना, अन्यत्र मौसम सफा

काठमाडौं। हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको तथा पूर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित न्यून चापीय...

#मधेश
Compare →

Related Stories

Politics & Governance
Build #2612