Trending
Prev Story
Next Story

‘कफी विद करण ९’ : शनाया कपुरको भाइरल तस्वीरले चर्कियो बहस

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
9
9 reads 0 reactions

शनाया कपुरको भ्यानिटी टेबलमा राखिएको एउटा कागजको तस्वीर भाइरल भएपछि ‘कफी विद करण’ कार्यक्रम पहिल्यै स्क्रिप्ट तयार गरेर सञ्चालन गरिन्छ कि भन्ने बहस सुरु भएको छ । उक्त कागजमा ‘र्‍यापिड फायर : शनाया कपुर’ लेखिएको …

‘कफी विद करण ९’ : शनाया कपुरको भाइरल तस्वीरले चर्कियो बहस

शनाया कपुरको भ्यानिटी टेबलमा राखिएको एउटा कागजको तस्वीर भाइरल भएपछि ‘कफी विद करण’ कार्यक्रम पहिल्यै स्क्रिप्ट तयार गरेर सञ्चालन गरिन्छ कि भन्ने बहस सुरु भएको छ । उक्त कागजमा ‘र्‍यापिड फायर : शनाया कपुर’ लेखिएको देखिन्छ ।

तस्वीर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा कार्यक्रमका पाहुनालाई प्रश्न पहिल्यै दिइन्छ कि दिइँदैन भन्ने विषयमा चर्चा भइरहेको छ । केही प्रयोगकर्ताले पाहुनालाई प्रश्न पहिल्यै जानकारी गराइएको हुन सक्ने अनुमान गरेका छन् । तर, कतिपयले तयारी गर्नु र कार्यक्रम स्क्रिप्टेड हुनु फरक कुरा भएको बताएका छन्।

शनाया गतसाता अनन्या पाण्डे र अनन्या बिड्लासँग कार्यक्रममा देखिएकी थिइन् ।

‘कफी विद करण’ को नवौं सिजनमा डेब्यु गर्न तयारी गरिरहेकी शनाया कपुरको तस्वीर भाइरल भएको हो । रेडिटका प्रयोगकर्ताले उनको भ्यानिटी टेबलमा राखिएको एउटा कागज देखेपछि त्यसबारे पोस्ट गरेका थिए । पोस्टमा उक्त कागजमा ‘र्‍यापिड फायर : शनाया कपुर’ लेखिएको र त्यसमा र्‍यापिड फायर राउन्डका प्रश्नहरू हुन सक्ने दाबी गरिएको थियो ।

नोभेम्बर २१ मा उक्त तस्वीर अनलाइनमा भाइरल हुन थालेको थियो । प्रयोगकर्ताले कागजमा लेखिएका कुरा बुझ्ने प्रयास गर्दै त्यसमा सम्भावित प्रश्न र केही संकेतहरू हुन सक्ने अनुमान गरेका थिए । केही प्रयोगकर्ताले कागजमा रहेका प्रश्न कार्यक्रमको एपिसोडमा सोधिएका प्रश्नसँग मिलेको दाबी गरे । यसले कार्यक्रम छायांकनअघि नै पाहुनालाई प्रश्नबारे जानकारी दिइन्छ कि भन्ने चर्चालाई थप बल दिएको छ ।

केही सामाजिक सञ्जाल प्रयोगकर्ताले सेलिब्रिटीले यस्ता कार्यक्रममा आफ्नो सार्वजनिक छवि सुधार्न वा व्यवस्थापन गर्न सक्ने बताएका छन् । अर्कोतर्फ, पाहुनालाई प्रश्न पहिल्यै जानकारी गराइएको भए पनि उनीहरूको उत्तर भने स्क्रिप्टेड नहुन सक्ने तर्क गरिएको छ ।

यसरी सम्भावित संवेदनशील विषयमा पाहुनाले तयारी गर्न पाउने भए पनि जवाफ दिने क्रममा सहजता कायम राख्न सक्ने उनीहरूको धारणा छ ।

भाइरल तस्वीरले उक्त कागजमा पूरा स्क्रिप्ट थियो, सम्भावित प्रश्नको सूची थियो वा तयारीका लागि लेखिएका केही नोट थिए भन्ने स्पष्ट पार्दैन । कार्यक्रमका सञ्चालक करण जोहर र शनाया कपुर दुवैले उक्त कागजमा के लेखिएको थियो भन्ने विषयमा पुष्टि गरेका छैनन् ।

तर, तस्वीरले ‘कफी विद करण’ का प्रश्न पहिल्यै तयार गरिन्छन् कि कार्यक्रम स्क्रिप्टेड हुन्छ भन्ने बहस भने सुरु गराएको छ ।

नोभेम्बर १८, २०२६ मा प्रसारण भएको ‘कफी विद करण’ सिजन ९ को छैटौं एपिसोडमा शनाया कपुर अचानक प्रवेश गरेकी थिइन् । उक्त एपिसोडमा अनन्या पाण्डे र अनन्या बिड्ला पहिल्यै सहभागी थिए ।

शनाया ‘र्‍यापिड फायर’ राउन्डमा सहभागी भएकी थिइन् । कुराकानीका क्रममा उनले बाल्यकालको मित्रता र फिल्म क्षेत्रसँग जोडिएका सम्बन्धबारे पनि चर्चा गरिन्।

एपिसोडमा करिअर, प्रेमसम्बन्ध, विशेषाधिकार, ट्रोलिङ र व्यक्तिगत अनुभवबारे कुराकानी भएको थियो । अभिनेत्रीका रूपमा आफ्नो यात्रा सुनाउँदै शनायाले फिल्ममा डेब्यु गर्नुअघि आफूले सामना गरेका चुनौती र अस्वीकारका अनुभव पनि साझा गरेकी थिइन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
8h ago
‘कफी विद करण’ स्क्रिप्टेड भएको आरोप

‘कफी विद करण’ स्क्रिप्टेड भएको आरोप

मुम्बई । चलचित्र निर्देशक करण जोहरको चर्चित च्याट शो ‘कफी विद करण’ स्क्रिप्टेड भएको आरोप सामाजिक सञ्जालमा उठिरहेको छ। शोको छैटौँ भागमा अतिथि बनेकी अभिनेत्री शनाया कपूर मेकअप कक्षमा रहेको एउटा तस्ब...

#कफी #विद #करण
Compare →
Nagarik News
5h ago
‘कफी विथ करण’ शो स्क्रिप्टेड भएको आरोप

‘कफी विथ करण’ शो स्क्रिप्टेड भएको आरोप

केही प्रयोगकर्ताहरूले यसलाई दर्शकहरूमाथिको धोका समेत बताएका छन्।

#कफी #करण
Compare →

Related Stories

Education & Youth
Build #2612