टोलीको कप्तानी सुजनले गर्नेछन् भने अंकित सुबेदी, रितेश राय (विकेटकिपर), शकिब हक, फिरदोस अन्सारी, दिपेश कँडेल, बिपिन महतो, प्रतिक पोखरेल, सोनु मण्डल, प्रेम कामत, समिर कार्की, कृतिक कामत, मेहबुब इराकी र सोनु अन्सारी टोलीमा परेका छन्।
सुनसरी — दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ का लागि कोशी प्रदेशको पुरुष क्रिकेट टोली घोषणा गरिएको छ। कोशीले सुजन थपलियाको कप्तानीमा १४ सदस्यीय टोली सार्वजनिक गरेको हो।
टोलीको कप्तानी सुजनले गर्नेछन् भने अंकित सुबेदी, रितेश राय (विकेटकिपर), शकिब हक, फिरदोस अन्सारी, दिपेश कँडेल, बिपिन महतो, प्रतिक पोखरेल, सोनु मण्डल, प्रेम कामत, समिर कार्की, कृतिक कामत, मेहबुब इराकी र सोनु अन्सारी टोलीमा परेका छन्।
टोलीमा रितेश रायलाई विकेटकिपरको जिम्मेवारी दिइएको छ। कप्तान थपल्यासहित टोलीमा ब्याटिङ, बलिङ र अलराउन्ड भूमिकामा खेलाडीको संयोजन गरिएको छ।
यस्तै, प्रतियोगिताका लागि कोशी प्रदेशले चार खेलाडीलाई रिजर्भमा राखेको छ। रिजर्भ खेलाडीमा भूपाल डंगाल, विजय कार्की, श्रवण किस्कु र रोहन साह रहेका छन्।
दशौं राष्ट्रिय खेलकुदमा कोशी प्रदेशको पुरुष क्रिकेट टोलीले प्रदेशको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्नेछ। टोलीको नेतृत्व युवा कप्तान सुजनले गर्ने भएपछि कोशीको क्रिकेट टोलीबाट राष्ट्रिय खेलकुदमा राम्रो प्रदर्शनको अपेक्षा गरिएको छ।
अर्जुन अर्जुन कान्तिपुर मिडिया ग्रुपका सुनसरी संवाददाता हुन् ।