Trending
Prev Story
Next Story

रवि लामिछाने भारततर्फ प्रस्थान

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
3
3 reads 0 reactions

६ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारततर्फ प्रस्थान गरेका छन् । उनी पत्नी निकितासहित भारततर्फ प्रस्थान गरेका हुन् । आज बिहान काठमाडौंबाट हवाईजहाजमा धनगढी प्रस्थान गरेका …

रवि लामिछाने भारततर्फ प्रस्थान

६ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारततर्फ प्रस्थान गरेका छन् । उनी पत्नी निकितासहित भारततर्फ प्रस्थान गरेका हुन् ।

आज बिहान काठमाडौंबाट हवाईजहाजमा धनगढी प्रस्थान गरेका उनीहरु त्यहाँबाट भारततर्फ लाग्ने कार्यक्रम छ । उनीहरुको साथमा मन्त्री प्रतिभा रावल पनि छिन् ।

लामिछानेको सचिवालयले यो भ्रमणलाई निजी तथा पारिवारिक तीर्थाटन भनेको छ ।

भ्रमणका क्रममा लामिछानेले भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैंची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा परिवारसहित पूजाअर्चना गर्ने कार्यक्रम छ ।

तीनदिने आध्यात्मिक तथा पारिवारिक भ्रमण पूरा गरी लामिछाने स्वदेश फर्किने सचिवालयले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
2h ago
चीन जान लागेको रास्वपा टोलीले लियो रवि लामिछानेसँग सल्लाह

चीन जान लागेको रास्वपा टोलीले लियो रवि लामिछानेसँग सल्लाह

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने भएको छ।

#रवि-लामिछाने #भ्रमण #रवि
Compare →
Hamro Patro News
25m ago
रवि लामिछाने छठको अवसरमा तीन दिन जनकपुरमा रहने, धार्मिक अनुष्ठानदेखि भेटघाटसम्मको कार्यक्रम

रवि लामिछाने छठको अवसरमा तीन दिन जनकपुरमा रहने, धार्मिक अनुष्ठानदेखि भेटघाटसम्मको कार्यक्रम

जनकपुरधाम । मिथिलाञ्चलको आस्था र सांस्कृतिक पहिचानसँग जोडिएको छठ पर्वमा सहभागी हुन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज जनकपुरधाम आउदैंछन् । पत्नी निकिता पौडेलसहित जनकपुर ...

#रवि-लामिछाने #रवि #लामिछाने
Compare →
Ekantipur
17h ago
विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ यूएई प्रस्थान

विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ यूएई प्रस्थान

दुबईमा हुने सम्मेलनमा अन्तर्राष्ट्रिय प्रहरी सहकार्य, सुरक्षा प्रविधि र अपराध नियन्त्रणका विषयमा छलफल हुने

#प्रस्थान
Compare →

Related Stories

World News
Build #2612