Trending
Prev Story
Next Story

पशुपतिनाथको नित्य र नैमित्तिक पूजालाई विधिवत् राख्न विद्वान्हरूको आग्रह

Nagarik News •
November 21, 2026 • 04:28 PM
4
4 reads 0 reactions

विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीका आस्थाको केन्द्र पशुपतिनाथको नित्य र नैमित्तिक पूजा, आराधना र परम्परालाई पूर्ववत् रुपमा निरन्तरता दिनुपर्नेमा जोड दिइएको छ।

पशुपतिनाथको नित्य र नैमित्तिक पूजालाई विधिवत् राख्न विद्वान्हरूको आग्रह

विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको नित्य पूजा आराधना तथा मूर्त, अमूर्त सांस्कृतिक क्रियाकलाप रोकिँदा यसको महत्वमाथि नै प्रश्न उठ्न सक्ने भन्दै विद्वान्हरूले पशुपतिनाथको नित्य र नैमित्तिक पूजा, आराधना तथा परम्परालाई विधिवत् र पूर्ववत् रूपमा निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।

पशुपति अर्चना सुव्यवस्था प्रतिष्ठान, विद्वत् परिषद्को आजको बैठकमा विद्वान्हरूले उक्त जोड दिएका हुन्।

बैठकले पशुपतिनाथको पूजा तथा आराधनाको पद्धतिबारे जानकारी दिने गरी प्रकाशन गर्दै आएको पुस्तकलाई समेत निरन्तरता दिने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष देवीप्रसाद चापागाइँले राससलाई जानकारी दिए। त्यस्तो अवस्था नआई पशुपतिनाथको महत्व निरन्तर स्थापित भइरहोस् भनी छलफल आयोजना गरिएको उनले सुनाए।

कार्यक्रममा आराध्यदेव भगवान् पशुपतिनाथको पूजा विधिपूर्वक नियमित भएको छ वा छैन भनी बुझेर यथोचित गराउने उद्देश्यले २०६६ सालमा प्रतिष्ठान स्थापना भएको जानकारी गराइएको थियो। पशुपतिनाथको पाँच दिन र बासुकीनाथको १७ दिन नित्य पूजा रोकिएपछि प्रतिष्ठान स्थापना भएको उल्लेख गरियो।

विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीका आस्थाको केन्द्र पशुपतिनाथसम्बन्धी उक्त कार्यक्रममा प्रा. दीर्घराज घिमिरे, प्रा. डा. ऋषिराम पोखरेल, प्रा. विद्यानाथ उपाध्याय भट्ट, प्रा. डा. विनुबाबा अर्याललगायत विद्वान् एवं विदुषीहरूको उपस्थिति थियो।

प्रकाशित: ५ मंसिर २०८३ २२:१३ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
6d ago
राष्ट्रपति पौडेलद्वारा छठी माताको पूजा आराधना (तस्बिरहरू)

राष्ट्रपति पौडेलद्वारा छठी माताको पूजा आराधना (तस्बिरहरू)

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्व २०८३ का अवसरमा छठी माताको पूजा आराधना गरेका छन् । उनले प्रथम महिला सबीता पौडेलसहित पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर अगाडि बागमती किनार गौरीघाटक...

#पूजा #आराधना
Compare →
Onlinekhabar
6d ago
आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

२९ कात्तिक, काठमाडौं । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो । ऐतिहासिक …

#पूजा #आराधना
Compare →
Ekantipur
1w ago
बागमती नदी किनारमा छठ पूजाको तयारी [तस्बिरहरू]

बागमती नदी किनारमा छठ पूजाको तयारी [तस्बिरहरू]

छठ पूजा समिति गुह्येश्वरी गौरीघाटले यस वर्ष करिब ५५० देखि ६०० जना व्रतालुका लागि आवश्यक व्यवस्थापन गरिरहेको छ ।

#पूजा
Compare →

Related Stories

Technology
Build #2612