Trending
Prev Story
Next Story

एनपिएलको उद्घाटन खेलको टिकट आधा घण्टामै ‘सोल्ड’

Arthasansar •
October 23, 2026 • 02:00 AM
2
2 reads 0 reactions

नेपाल प्रिमियर लिग (एनपीएफ) को बहुप्रतीक्षित तेस्रो संस्करणको उद्घाटन खेलको डिजिटल टिकट बुकिङ खुला भएको आधा घण्टामै ‘सोल्ड आउट’ भएका...

एनपिएलको उद्घाटन खेलको टिकट आधा घण्टामै ‘सोल्ड’

नेपाल प्रिमियर लिग (एनपीएफ) को बहुप्रतीक्षित तेस्रो संस्करणको उद्घाटन खेलको डिजिटल टिकट बुकिङ खुला भएको आधा घण्टामै ‘सोल्ड आउट’ भएका छन् । प्रतियोगिताको आधिकारिक टिकटिङ पार्टनर इसेवामार्फत बिहीबार साँझ ८ बजे सर्वसाधारणका लागि टिकट बुकिङ खुला गरिएको थियो । तर, क्रिकेट प्रशंसकहरूको अभूतपूर्व क्रेज र चापका कारण ८ः३० बजे नै बुकिङ प्रणाली बन्द हुन पुग्यो ।

आगामी ९ कात्तिकदेखि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने एनपिएल ३ को पहिलो उद्घाटन खेल सुदुरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच हुँदैछ । उनीहरू अघिल्लो संस्करणका फाइनलिस्ट हुन् । नेपाल क्रिकेट संघ (क्यान) ले लिग चरणका खेलहरूका लागि साधारणतर्फ ५०० रुपैयाँ र प्रिमियमतर्फ १,००० रुपैयाँ टिकट मूल्य तोकेको छ । इलिमिनेटर र फाइनलको टिकट मूल्य साधारणतर्फ १००० र प्रिमियमतर्फ २ हजार पर्छ ।

बुकिङ खुला भएको केही मिनेटमै इसेवाको प्रणालीमा हजारौँ दर्शकहरू एकैपटक जोडिएका थिए । पहिलो खेलका लागि कुल कति संख्यामा टिकट बिक्री गरियो भन्ने विवरण भने क्यान वा इसेवा कसैले पनि खुलाएका छैनन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
5h ago
एनपीएलमा सुस्त पिच : पछिल्ला ५ खेलको औसत १११ रन मात्रै, नीशमको आक्रोश- ‘यो टी-२० को स्तर भएन’

एनपीएलमा सुस्त पिच : पछिल्ला ५ खेलको औसत १११ रन मात्रै, नीशमको आक्रोश- ‘यो टी-२० को स्तर भएन’

एनपीएलमा सुस्त पिच : पछिल्ला ५ खेलको औसत १११ रन मात्रै, नीशमको आक्रोश- ‘यो टी-२० को स्तर भएन’ ९ मिनेट अघि काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजन उत्कर्षतिर पुग्दै गर्दा कीर्तिपुरस्थ...

#एनपीएल #प्रिमियर-लिग #खेलको
Compare →
Onlinekhabar
6h ago
एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

२८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज एउटा मात्रै खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे ४ बजे हुने खेलमा लुम्बिनी लाइन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । अंक …

#एनपीएल #प्रिमियर-लिग
Compare →
Nagarik News
6h ago
आज लुम्बिनी र विराटनगरबिच खेल हुँदै

आज लुम्बिनी र विराटनगरबिच खेल हुँदै

ब्याटरले संघर्ष गर्नुपरेको पिचमा चितवन राइनोजले जित निकाल्दै नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा प्लेअफ सम्भवना जीवितै राखेको छ।

#एनपीएल #प्रिमियर-लिग
Compare →
Ekantipur
21h ago
काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शुक्रबार काठमान्डु गोर्खाजमाथी ७ रनको रोमाञ्चक विजय हात पारेको छ । पहिलो ३ मध्येको २ खेल हारेको सुदूरपश्चिमले त्यसपछिको सबै चार खेल जितेर क्वालिफायरलाई दाबेदारी पेस गरेको हो ।

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

Sports
Build #2612