वासिङ्टन डिसी । अमेरिकाको कृषि मन्त्रालय (यूएसडीए) मा यसै साता साइबर आक्रमण भएको छ। यस घटनाले खाद्य सुरक्षाको जिम्मेवारी वहन गर्ने उक्त सरकारी निकायमा सङ्ग्रहित संवेदनशील सूचना चोरी वा दुरुपयोग भएको हुन सक्ने आशङ्का बढाएको छ।
एनबीसी न्युजले शुक्रबार सार्वजनिक गरेको समाचारअनुसार ह्याकरहरूले किसानलाई भुक्तानी गर्ने प्रयोजनका लागि प्रयोग हुने मन्त्रालयको कम्प्युटर प्रणालीमा पहुँच बनाएका थिए। घटनाबारे जानकार मन्त्रालयका दुई पूर्वअधिकारीलाई उद्धृत गर्दै उक्त समाचारमा मन्त्रालयले बिहीबार आफ्ना कर्मचारीलाई यसबारे आन्तरिक जानकारी गराएको उल्लेख छ। कृषि मन्त्रालयको प्रणालीमा भएको साइबर आक्रमणको वास्तविक प्रभाव, सम्भावित सूचना चुहावट तथा घटनामा संलग्न पक्षबारे भने थप विवरण सार्वजनिक हुन बाँकी छ।
Read full story at source ( ratopati.com )