Trending
Prev Story
Next Story

इमरान खानको स्वास्थ्यलाई लिएर चिन्ता, अभिनेत्रीले गरिन् उपचारका लागि अपिल

Nagarik News •
November 21, 2026 • 10:52 AM
1
1 reads 0 reactions

नोभेम्बर ११ मा आँखाको परीक्षण तथा उपचारका लागि उनलाई रावलपिन्डीस्थित अदियाला जेलबाट इस्लामाबादको पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (पिम्स) अस्पताल लगिएको थियो। उपचारपछि उनलाई पुनः जेल फर्काइएको थियो।

इमरान खानको स्वास्थ्यलाई लिएर चिन्ता, अभिनेत्रीले गरिन् उपचारका लागि अपिल

पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पूर्वक्रिकेटर इमरान खान यतिबेला जेलमा छन्।

सन् २०२३ अगस्टदेखि जेलमा रहेका उनको स्वास्थ्य अवस्थालाई लिएर पछिल्लो समय चिन्ता बढेको छ। नोभेम्बर ११ मा आँखाको परीक्षण तथा उपचारका लागि उनलाई रावलपिन्डीस्थित अदियाला जेलबाट इस्लामाबादको पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (पिम्स) अस्पताल लगिएको थियो। उपचारपछि उनलाई पुनः जेल फर्काइएको थियो।

इमरानको स्वास्थ्य अवस्थालाई लिएर पाकिस्तानी अभिनेत्री मिशी खानले चिन्ता व्यक्त गरेकी छन्। उनले सामाजिक सञ्जालमा भावुक भिडियो सार्वजनिक गर्दै इमरानलाई उचित उपचारको व्यवस्था गर्न अपिल गरेकी थिइन्। भिडियोमा उनी इमरानको आँखाको ज्योति कमजोर हुँदै गएको खबरले आफू दुःखी भएको बताउँदै भावुक देखिएकी छन्।

मिशीले इमरानको उपचारमा लापरबाही भएको आरोप लगाउँदै सम्बन्धित अधिकारीहरूको आलोचना गरेकी छन्। उनले भनेकी छन्, ‘कसैको लापरबाहीका कारण एउटा मानिसको आँखाको ज्योति गुम्नु निकै दुःखद कुरा हो। पटकपटक जानकारी गराउँदा पनि उनलाई उचित उपचार सुविधा दिइएन। कसरी यति निर्दयी हुन सक्नुहुन्छ?’

यसअघि, विश्व क्रिकेटका पूर्वकप्तानहरूले पनि इमरानको स्वास्थ्य अवस्थालाई लिएर चासो व्यक्त गरेका थिए। २२ जना पूर्वअन्तर्राष्ट्रिय कप्तानले पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफलाई पत्र लेख्दै इमरानलाई उचित चिकित्सकीय सेवा उपलब्ध गराउन आग्रह गरेका थिए। पत्रमा सुनील गावस्कर, कपिल देव, ग्रेग च्यापल, स्टिभ वा, एडम गिलक्रिस्ट, क्लाइभ लोयड र नासिर हुसेनलगायतका पूर्वकप्तानले हस्ताक्षर गरेका थिए।

पाकिस्तानको सर्वोच्च अदालतले गत अगस्ट १८ मा इमरानलाई इस्लामाबादस्थित शिफा इन्टरनेसनल अस्पतालमा सारेर विशेषज्ञ चिकित्सकबाट परीक्षण तथा उपचार गराउन आदेश दिएको थियो। अदालतले चिकित्सकहरूको टोली गठन गर्न पनि निर्देशन दिएको थियो। तर उक्त आदेश कार्यान्वयन नभएको इमरानको पार्टी पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) र उनका पक्षका वकिलहरूले आरोप लगाउँदै आएका छन्। नोभेम्बर ११ मा उनलाई शिफा अस्पतालको सट्टा सरकारी पिम्स अस्पताल लगिएको थियो।

यसैबिच, नोभेम्बर १६ मा इमरानले सर्वोच्च अदालतसहित देशका अन्य उच्च अदालतका प्रधानन्यायाधीशहरूलाई पत्र लेख्दै आफ्नो स्वास्थ्य उपचारको व्यवस्था गर्न आग्रह गरेका थिए। वकिलमार्फत पठाइएको पत्रमा उनले जेलमा आफ्नो रक्तचाप असामान्य रूपमा बढिरहेको र चिकित्सकहरूले मस्तिष्कमा रक्तस्राव तथा हृदयाघातको जोखिम रहेको बताएको उल्लेख गरेका थिए। उचित उपचार नपाए आफू जीवित नरहन सक्ने चिन्तासमेत उनले व्यक्त गरेका थिए।

तर पाकिस्तानी अधिकारीहरूले भने इमरानको उपचारमा लापरबाही भएको आरोप अस्वीकार गरेका छन्। सरकारी अधिकारीका अनुसार उनलाई पिम्स अस्पतालमा पटकपटक परीक्षण गरिएको छ र चिकित्सकहरूले उनको स्वास्थ्य अवस्था सन्तोषजनक रहेको बताएका छन्। उनको रक्तचाप पनि नियमित निगरानीमा राखिएको सरकारको दाबी छ।

इमरान सन् २०२२ मा अविश्वास प्रस्तावमार्फत प्रधानमन्त्री पदबाट हटाइएका थिए। त्यसपछि उनीमाथि विभिन्न भ्रष्टाचारसम्बन्धी मुद्दा चलेका थिए। सन् २०२३ अगस्टमा पक्राउ परेका उनले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन्। उनका अनुसार आफूविरुद्धका मुद्दा राजनीतिक प्रतिशोधका आधारमा लगाइएका हुन्। सरकारले भने उक्त आरोप अस्वीकार गर्दै आएको छ।

प्रकाशित: ५ मंसिर २०८३ १६:३७ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
4d ago
जेलबाट जीवित फर्किन नसक्ने इमरान खानको आशंका, यातनाले स्वास्थ्य बिग्रिएको दाबी गर्दै तत्काल उपचारको माग

जेलबाट जीवित फर्किन नसक्ने इमरान खानको आशंका, यातनाले स्वास्थ्य बिग्रिएको दाबी गर्दै तत्काल उपचारको माग

काठमाण्डौ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले कारागारमा आफूमाथि भइरहेको कथित यातना र उपचारको अभावका कारण...

#इमरान #उपचार #खान
Compare →
Onlinekhabar
4d ago
इमरान खानले मागे उपचार, यातनाका कारण जीवित फर्कन नसक्ने अवस्था रहेको जिकिर

इमरान खानले मागे उपचार, यातनाका कारण जीवित फर्कन नसक्ने अवस्था रहेको जिकिर

१ मंसिर, काठमाडौं । जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले यातनाका कारण आफू जीवित फर्कन नसक्ने अवस्था रहेको भन्दै तत्काल उपचारको माग गरेका छन् । ७४ वर्षीय खानले आफ्नो वकिल सलमान सफदरमार्फत सार्वजनिक गरेको पत्रमा आफ्नो …

#इमरान #उपचार #खान
Compare →
Hamro Patro News
4d ago
‘जीवित फर्कने आशा कमजोर हुँदैछ’ भन्दै इमरान खानले जेलबाटै लेखे प्रधानन्यायाधीशलाई खुला पत्र

‘जीवित फर्कने आशा कमजोर हुँदैछ’ भन्दै इमरान खानले जेलबाटै लेखे प्रधानन्यायाधीशलाई खुला पत्र

काठमाडौँ : पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का संस्थापक इमरान खानले जेलभित्र आफ्नो स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको भन्दै तत्काल उपचारको व्यवस्था गर्न माग गरेक...

#इमरान #उपचार #खान
Compare →
Ekantipur
3d ago
चिकित्सा सहायता उपलब्ध गराउन माग गर्दै इमरान खानले लेखे,' म जेलबाट ज्युँदो नफर्कन सक्छु'

चिकित्सा सहायता उपलब्ध गराउन माग गर्दै इमरान खानले लेखे,' म जेलबाट ज्युँदो नफर्कन सक्छु'

क्रिकेटरबाट राजनीतिज्ञ बनेका ७४ वर्षीय खानले जेलबाटै लेखेको एक खुला पत्रमा पत्नी बुशरा बीबीको दृष्टि सधैँका लागि गुम्ने खतरा रहेको उल्लेख गर्दै चिन्ता व्यक्त गरेका छन्

#खान #इमरान
Compare →

Related Stories

Health & Wellness
Build #2612