Trending
Prev Story
Next Story

चिकित्सा सहायता उपलब्ध गराउन माग गर्दै इमरान खानले लेखे,' म जेलबाट ज्युँदो नफर्कन सक्छु'

Ekantipur •
November 18, 2026 • 08:02 AM
2
2 reads 0 reactions

क्रिकेटरबाट राजनीतिज्ञ बनेका ७४ वर्षीय खानले जेलबाटै लेखेको एक खुला पत्रमा पत्नी बुशरा बीबीको दृष्टि सधैँका लागि गुम्ने खतरा रहेको उल्लेख गर्दै चिन्ता व्यक्त गरेका छन्

चिकित्सा सहायता उपलब्ध गराउन माग गर्दै इमरान खानले लेखे,' म जेलबाट ज्युँदो नफर्कन सक्छु'

क्रिकेटरबाट राजनीतिज्ञ बनेका ७४ वर्षीय खानले जेलबाटै लेखेको एक खुला पत्रमा पत्नी बुशरा बीबीको दृष्टि सधैँका लागि गुम्ने खतरा रहेको उल्लेख गर्दै चिन्ता व्यक्त गरेका छन्

इस्लामावाद — जेलजीवन बिताइरहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले  देशको सर्वोच्च अदालतलाई आफू र आफ्नी पत्नी बुशरा बीबीको स्वास्थ अवस्था बिग्रदैं गएकाले चिकित्सा सहायता उपलब्ध गराउन अपिल गरेका छन् ।

उनले आफ्नो र पत्नी दुवैको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको र आफू 'जिउँदो फर्कन नसक्ने' चेतावनीसमेत दिएका छन्। आफुले मानसिक तनाव झेलिरहेको पनि उनले लेखेका छन् ।

सोमबार सर्वोच्च अदालतलाई लेखेको पत्रमा खानले यस्तो लेखेका हुन् । क्रिकेटरबाट राजनीतिज्ञ बनेका ७४ वर्षीय खानले जेलबाटै लेखेको एक खुला पत्रमा पत्नी बुशरा बीबीको दृष्टि सधैँका लागि गुम्ने खतरा रहेको उल्लेख गर्दै चिन्ता व्यक्त गरेका छन्।

'७४ वर्षको उमेरमा यो कठोर अवस्थाले मलाई यस्तो मोडमा पुऱ्याएको छ जहाँबाट म जिउँदो फर्कन सक्दिनँ,' खानले आफ्नो पत्रमा लेखेका छन् ।उनले परिवारसँग भेटघाट गर्नका लागि चिकित्सक बोर्डले दिएको सिफारिसलाई समेत सरकारी अधिकारीहरुले बेवास्ता गरेको आरोप लगाएका छन्।

पत्रमा खानले भनेका छन्, 'मैले पूर्वप्रधानमन्त्री वा राजनीतिक दलको नेताको रूपमा मात्र यो कुरा लेखेको छैन । मैले आफ्नो जीवन पाकिस्तानलाई सुम्पिएको छ। मैले क्रिकेटको मैदानमा, समाजसेवा र परोपकारमा, र देशको २२ औँ प्रधानमन्त्रीको रूपमा यस राष्ट्रको सेवा गरेको छु। ७० वर्षको उमेरसम्म मेरो नाममा एउटा पनि फौजदारी मुद्दा थिएन। तर, ७० वर्षको उमेर कटेपछि राजनीतिक प्रतिशोधको अभूतपूर्व र निर्मम अभियान सुरु भयो । असङ्ख्य मुद्दाहरू, अदालतमा सयभन्दा बढी हाजिरी दमन सुरु भयो ।' उनले आफू र आफ्नो परिवारसँग मानवीय व्यवहार हुनुपर्ने माग राखेका छन् ।'

सन् २०१८ देखि २०२२ सम्म पाकिस्तानको सरकारको नेतृत्व गरेका खान भ्रष्टाचार, हिंसा भड्काउने, देशद्रोहलगायतका विभिन्न आरोपमा लामो समयदेखि जेल सजाय भोगिरहेका छन्। उनका समर्थकहरूले यी मुद्दाहरू राजनीतिक रूपले प्रेरित रहेको दाबी गर्दै आएका छन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
‘जीवित फर्कने आशा कमजोर हुँदैछ’ भन्दै इमरान खानले जेलबाटै लेखे प्रधानन्यायाधीशलाई खुला पत्र

‘जीवित फर्कने आशा कमजोर हुँदैछ’ भन्दै इमरान खानले जेलबाटै लेखे प्रधानन्यायाधीशलाई खुला पत्र

काठमाडौँ : पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का संस्थापक इमरान खानले जेलभित्र आफ्नो स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको भन्दै तत्काल उपचारको व्यवस्था गर्न माग गरेक...

#लेखे #खान #इमरान
Compare →
Nagarik News
1d ago
'म जीवित फर्कन नसक्ने अवस्थामा पुग्दैछु’ भन्दै इमरान खानले जेलबाटै प्रधानन्यायाधीशहरूलाई लेखे खुला पत्र

'म जीवित फर्कन नसक्ने अवस्थामा पुग्दैछु’ भन्दै इमरान खानले जेलबाटै प्रधानन्यायाधीशहरूलाई लेखे खुला पत्र

पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का संस्थापक इमरान खानले जेलभित्र आफ्नो स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको भन्दै तत्काल उपचारको व्यवस्था गर्न माग गरेका छन्।

#खान #पत्र #इमरान
Compare →
Bizshala
21h ago
जेलबाट जीवित फर्किन नसक्ने इमरान खानको आशंका, यातनाले स्वास्थ्य बिग्रिएको दाबी गर्दै तत्काल उपचारको माग

जेलबाट जीवित फर्किन नसक्ने इमरान खानको आशंका, यातनाले स्वास्थ्य बिग्रिएको दाबी गर्दै तत्काल उपचारको माग

काठमाण्डौ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले कारागारमा आफूमाथि भइरहेको कथित यातना र उपचारको अभावका कारण...

#खान #इमरान #जेल
Compare →
Onlinekhabar
1d ago
इमरान खानले मागे उपचार, यातनाका कारण जीवित फर्कन नसक्ने अवस्था रहेको जिकिर

इमरान खानले मागे उपचार, यातनाका कारण जीवित फर्कन नसक्ने अवस्था रहेको जिकिर

१ मंसिर, काठमाडौं । जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले यातनाका कारण आफू जीवित फर्कन नसक्ने अवस्था रहेको भन्दै तत्काल उपचारको माग गरेका छन् । ७४ वर्षीय खानले आफ्नो वकिल सलमान सफदरमार्फत सार्वजनिक गरेको पत्रमा आफ्नो …

#खान #इमरान
Compare →

Related Stories

Politics & Governance
Build #2612