Trending
Prev Story
Next Story

शान्ति प्रक्रियालाई टुंग्याउने जिम्मेवारीबाट सरकार पन्छिन मिल्दैन : पुष्पा भुसाल

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले विस्तृत शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने जिम्मेवारीबाट वर्तमान सरकार पन्छिन नमिल्ने बताएकी छिन् । शनिबार काठमाडौंमा आयोजित नेपाल अन्तर्राष्ट्रिय शान्ति सम्मेलनमा सम्बोधन गर्दै उनले विगतका राजनीतिक दलले शुरु …

शान्ति प्रक्रियालाई टुंग्याउने जिम्मेवारीबाट सरकार पन्छिन मिल्दैन : पुष्पा भुसाल

५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले विस्तृत शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने जिम्मेवारीबाट वर्तमान सरकार पन्छिन नमिल्ने बताएकी छिन् ।

शनिबार काठमाडौंमा आयोजित नेपाल अन्तर्राष्ट्रिय शान्ति सम्मेलनमा सम्बोधन गर्दै उनले विगतका राजनीतिक दलले शुरु गरेको प्रक्रिया भन्दै वर्तमान सरकारले जिम्मेवारीबाट उम्किन नमिल्ने बताएकी हुन् ।

संविधानमा नै शान्ति प्रक्रियाको विषय समेटिएको उल्लेख गर्दै उनले संविधान स्वीकार गर्ने वर्तमान सरकारले पनि त्यसको दायित्व लिनुपर्ने स्पष्ट पारिन् ।

भुसालले संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठन गर्दा शान्ति प्रक्रियामा संलग्न राजनीतिक दल, नागरिक समाज र मानव अधिकारवादी संघसंस्थासँग समन्वय गर्नुपर्ने बताइन् ।

‘शान्ति प्रक्रियाका लागि आवश्यक संरचना संविधानमै छ । अब मुख्य प्रश्न सरकारले त्यसलाई इमानदारीपूर्वक कार्यान्वयन गर्न तयार छ कि छैन भन्ने हो । आयोग गठन गर्दा शान्ति प्रक्रियामा संलग्न राजनीतिक दल, नागरिक समाज र मानव अधिकारवादी संस्थाहरूसँग समन्वय गरी पारदर्शी र जवाफदेही प्रक्रिया अपनाउनुपर्छ । हिजोको शान्ति प्रक्रियाको जिम्मेवारी हाम्रो होइन भनेर सरकार पन्छिन मिल्दैन । यो राज्यको दायित्व हो,’ भुसालले भनिन् ।

आयोग गठन मात्रै गरेर नहुने भन्दै उनले त्यसलाई पारदर्शी र जवाफदेही ढङ्गले अघि बढाउने इमान्दार प्रतिवद्धता सरकारमा हुनुपर्ने पनि बताइन् । सरकारको गम्भीरतामाथि नै प्रश्न उठाउँदै सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिनसम्बन्धी आयोग गठन गर्नु राज्यको दायित्व भएको बताउनु भयो । सडकमा बसेर आयोग गठन गर्न नसकिने उनको भनाइ थियो ।

‘आयोग गठन र शान्ति प्रक्रिया पूरा गर्ने जिम्मेवारी सडकमा बसेर पूरा गर्न सकिँदैन । त्यसैले सरकार यस विषयमा गम्भीर र प्रतिवद्ध छ कि छैन भन्ने प्रश्न महत्वपूर्ण छ । नेपाली कांग्रेसका तर्फबाट यस प्रक्रियालाई पूर्ण समर्थन रहनेछ,’ भुसालले भनिन्, ‘सरकार गठन गर्न अङ्कगणित महत्वपूर्ण होला, तर जनताका मुद्दा, लोकतन्त्र र शान्ति प्रक्रियालाई परिणाममुखी बनाउन राष्ट्रिय सहमति, सहकार्य र साझा प्रतिवद्धता आवश्यक हुन्छ ।’

दक्षिण अफ्रिकामा नोबेल शान्ति पुरस्कार विजेता डेसमन्ड टुटुको नेतृत्वमा संक्रमणकालीन न्यायको प्रक्रिया अघि बढाइएको उदाहरण दिँदै भुसालले नेपालमा पनि राजनीतिक सहमति र साझा प्रतिवद्धताका आधारमा शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनुपर्ने बताइन् ।

उनले संक्रमणकालीन न्यायको विषयमा नेपाली काँग्रेसले सरकारलाई पूर्ण समर्थन गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

सत्ता गठन र टिकाउन अंकगणितीय बहुमतले काम गरे पनि जनताका मुद्दा, लोकतन्त्र र शान्ति प्रक्रियालाई परिणाममुखी बनाउन त्यसले मात्रै नपुग्ने भुसालले बताइन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
7h ago
शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गर्न प्रचण्डको आग्रह

शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गर्न प्रचण्डको आग्रह

शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गर्न प्रचण्डको आग्रह केहि सेकेन्ड अघि काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विस्तृत शान्ति सम्झौताका बाँकी काम अविलम्ब...

#शान्ति #काठमाडौं
Compare →
Nagarik News
4h ago
बन्दु*क मिले, न्याय मिलेन: शान्ति सम्झौताको दुई दशक

बन्दु*क मिले, न्याय मिलेन: शान्ति सम्झौताको दुई दशक

विस्तृत शान्ति सम्झौता भएको दुई दशक बितिसकेको छ। २०६३ मंसिर ५ गते नेपाल सरकार र तत्कालीन नेकपा (माओवादी) बिच विस्तृत शान्ति सम्झौता भएको थियो।

#शान्ति
Compare →
Ekantipur
6h ago
शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गर्न दाहालको आग्रह

शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गर्न दाहालको आग्रह

दाहालले शान्ति सम्झौता राष्ट्रिय प्रतिबद्धता भएकाले सरकार, दल र सबै सरोकारवालाले बाँकी काम पूरा गर्न साझा जिम्मेवारी लिनुपर्ने बताएका छन्।

#शान्ति
Compare →

Related Stories

Politics & Governance
Build #2612