Trending
Prev Story
Next Story

इनमको मोबाइल प्रकरण : माइतीघरमा जेनजीको प्रदर्शन, कुमार बेनलाई बर्खास्त गर्न माग

Nagarik News •
November 20, 2026 • 03:50 PM
1
1 reads 0 reactions

प्रदर्शनमा सहभागीहरूले मोबाइल फोन प्रहरीको नियन्त्रणबाट निजी निवासमा कसरी पुग्यो भन्ने प्रश्न उठाए। उनीहरूले घटनाको निष्पक्ष छानबिन गर्न र बेनलाई तत्काल पदमुक्त गरी अनुसन्धानको दायरामा ल्याउन माग गरेका छन्।

इनमको मोबाइल प्रकरण : माइतीघरमा जेनजीको प्रदर्शन, कुमार बेनलाई बर्खास्त गर्न माग

इनम सापकोटाको मोबाइल फोन प्रकरणलाई लिएर जेनजी अभियन्ताहरूले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्।

शुक्रबार भएको प्रदर्शनमा उनीहरूले प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार कुमार ब्यञ्जनकार (कुमार बेन) लाई बर्खास्त गर्न माग गरेका हुन्।

प्रहरी नियन्त्रणमा रहेको भनिएको इनमको मोबाइल फोन फरेन्सिक जाँचअघि बेनको निवासमा राखिएको विषय सार्वजनिक भएपछि विवाद चर्किएको हो। दुई वटा मोबाइल फोन दुई दिनसम्म उनको निवासमा राखिएको आरोप छ। त्यस अवधिमा मोबाइलबाट सामाजिक सञ्जाल चलाइएको, स्क्रिनसट लिइएको र केही सन्देश मेटिएको आरोपसमेत लागेको छ। यही विषयले अनुसन्धानको निष्पक्षतामाथि प्रश्न उठेको भन्दै जेनजी अभियन्ताहरूले प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा सहभागीहरूले मोबाइल फोन प्रहरीको नियन्त्रणबाट निजी निवासमा कसरी पुग्यो भन्ने प्रश्न उठाए। उनीहरूले घटनाको निष्पक्ष छानबिन गर्न र बेनलाई तत्काल पदमुक्त गरी अनुसन्धानको दायरामा ल्याउन माग गरेका छन्।

प्रदर्शनका क्रममा माजिद अन्सारीले घटनालाई योजनाबद्ध रूपमा प्रस्तुत गरिएको बताए। उनले मोबाइलमा प्रयोग भएका नम्बर, मिति र सन्देशको विश्वसनीयतामाथि प्रश्न उठाए। प्रमाण व्यवस्थापन गर्ने जिम्मेवारी प्रहरीको भएको उनको भनाइ थियो।

अन्सारीले प्रमाणको 'चेन अफ कस्टडी' तोडिएको अवस्थामा अनुसन्धान प्रभावित हुने बताए। प्रधानमन्त्री शाहले सुशासनको प्रतिबद्धता व्यवहारमै देखाउनुपर्ने उनको भनाइ थियो। आफ्नै निकट व्यक्तिमाथि आरोप लाग्दा पनि निष्पक्ष छानबिन र कारबाही हुनुपर्ने उनले बताए।

त्यस्तै, मिराज ढुंगानाले अनुसन्धानको प्रमाणका रूपमा रहेको फोन निजी निवासमा राख्न नमिल्ने बताए। पुरानै कार्यशैलीबाट नयाँ नेपालको गन्तव्यमा पुग्न नसकिने उनको भनाइ थियो। बेनलाई पदबाट हटाएर छानबिन गर्नुपर्ने उनले बताए। डिजिटल प्रमाण मेटिएको पुष्टि भए दोषीलाई कानुनअनुसार सजाय दिनुपर्ने उनको माग थियो।

सरिस्मा थापाले घटनाबारे प्रश्न उठेको पाँच दिन बितिसक्दा पनि सरकारले कदम नचालेको बताइन्। सरकारलाई खबरदारी गर्न आफूहरू माइतीघर आएको उनको भनाइ थियो। प्रहरी नियन्त्रणमा रहेको फोन निजी निवासमा कसरी पुग्यो भन्ने प्रश्न गर्दै उनले व्यंग्यात्मक रूपमा 'फोन चोर' भन्दै विरोधसमेत जनाइन्।

रविकिरण हमालले प्रधानमन्त्रीका सल्लाहकारमाथि उठेको आरोपले सरकारको गरिमामाथि प्रश्न उठाएको बताए। घटनामा संलग्नलाई संरक्षण गर्न नहुने तर्क गर्दै उनले समयमै कारबाही नभए जनआक्रोश बढ्न सक्ने चेतावनी दिए।

यसअघि जेनजी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाहले कुमार ब्यञ्जनकारविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए। उनले मुलुकी अपराध संहिताको दफा ८९ अन्तर्गत अनुसन्धान र कारबाहीको माग गरेका छन्। मोबाइल फोन अनधिकृत रूपमा राखिएको र त्यसबाट डिजिटल सामग्री मेटिएको आरोप जाहेरीमा लगाइएको छ।

प्रदर्शनकारीहरूले माइतीघरबाट ललितपुरको ज्वागलस्थित बेनको निवासतर्फ जाने प्रयास गरेका थिए। तर, सुरक्षाकर्मीले उनीहरूलाई रोकेका थिए। त्यसक्रममा केहीबेर तनाव भएको थियो।

प्रकाशित: ४ मंसिर २०८३ २१:३५ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
5h ago
माइतीघरमा इनमको मोबाइल खोजी (तस्वीरहरू)

माइतीघरमा इनमको मोबाइल खोजी (तस्वीरहरू)

४ मंसिर, काठमाडौं । विवादित विचौलिया इनम सापकोटाको मोबाइल प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)का प्रमुख सल्लाहकार कुमार बेनले नियन्त्रणमा लिएको भन्दै विरोध भएको छ । जेनजी युवाहरूको अगुवाइमा शुक्रबार दिउँसो काठमाडौंको माइतीघरमा प्रदर्शनमा भएको हो । सापकोटाको मोबाइल …

#मोबाइल #बेन #इनम
Compare →
Hamro Patro News
2d ago
बिचौलिया इनम पक्राउपछि पनि सिंहदरबारदेखि ज्वागलसम्म कसरी पुग्यो मोबाइल ?

बिचौलिया इनम पक्राउपछि पनि सिंहदरबारदेखि ज्वागलसम्म कसरी पुग्यो मोबाइल ?

काठमाडौं– प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको बिचौलिया इनम सापकोटाको मोबाइल फोन थुनामा रहेकै बेला सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय, ललितपुरको ज्वागल र दरबारमार्ग क्षेत्रमा सक्रिय भएको फरेन्स...

#मोबाइल #इनम
Compare →
Ekantipur
2d ago
इनमको मोबाइलमा भेटिएको सत्ता, प्रहरी र न्यायालयको कनेक्सन

इनमको मोबाइलमा भेटिएको सत्ता, प्रहरी र न्यायालयको कनेक्सन

३१ वर्षीय सापकोटा कसरी यति शक्तिशाली व्यक्तिहरूसम्म पुग्न सके ? उनले यी सम्बन्ध किन र कसरी बनाएका थिए ? के उनी आफैँ बिचौलियाको भूमिका निर्वाह गरिरहेका थिए वा कुनै ठूलो सञ्जालका लागि काम गरिरहेका थिए ?

#मोबाइल #इनम
Compare →

Related Stories

Technology
Build #2612