Trending
Prev Story
Next Story

बडाल जाँतमा 'चौलो'को रौनक

Ekantipur •
November 20, 2026 • 10:02 AM
2
2 reads 0 reactions

परम्परागत पहिरनमा सजिएका स्थानीयले बाजागाजाको तालमा खुकुरी र तरबारसहित चौलो खेल्दा मेलामा उत्साहपूर्ण वातावरण बनेको थियो।

बडाल जाँतमा 'चौलो'को रौनक

परम्परागत पहिरनमा सजिएका स्थानीयले बाजागाजाको तालमा खुकुरी र तरबारसहित चौलो खेल्दा मेलामा उत्साहपूर्ण वातावरण बनेको थियो।

डडेल्धुरा — डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ बडालस्थित लाटागन्याप मन्दिरमा शुक्रबार परम्परागत बडाल जाँत (मेला) लागेको छ । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशीका अवसरमा हरेक वर्ष लाग्ने मेलामा डडेल्धुरासहित डोटी, बैतडी र सुदूरपश्चिमका विभिन्न जिल्लाबाट भक्तजन तथा दर्शनार्थी पुगेका छन् ।

मेलाको मुख्य आकर्षण नाङ्गो खुकुरी र तरबारसहित खेलिने चौलो बनेको छ । परम्परागत पहिरनमा सजिएका स्थानीयले हातमा खुकुरी र तरबार लिएर चौलो खेल्दा मेलामा सहभागीहरू झुमेका थिए । देवीदेवताको पूजाआजा र दर्शनसँगै परम्परागत बाजागाजाको तालमा खेलिने चौलोले बडाल जाँतलाई विशेष पहिचान दिएको छ ।

बडाल जाँत धार्मिक आस्थासँगै सामाजिक सद्भाव र भेटघाटको पर्वका रूपमा पनि परिचित छ । रोजगारी तथा विभिन्न कामका सिलसिलामा गाउँबाहिर र भारतका विभिन्न सहरमा पुगेकाहरू पनि जाँत का अवसरमा गाउँ फर्किने गर्छन् । आफन्त तथा इष्टमित्रसँग भेटघाट गर्ने र गाउँको पुरानो परम्परालाई निरन्तरता दिने अवसरका रूपमा समेत मेलालाई लिने गरिएको छ ।

डोटीबाट मेला हेर्न पुगेका चन्द्रनाथ योगीले बडाल जाँत मा सहभागी हुँदा रमाइलो लागेको बताए । परम्परागत चौलो र मेलाको चहलपहलले आफूलाई आकर्षित गरेको उनको भनाइ छ ।

गन्यापधुरा गाउँपालिका–२ का शेर नेपाली पनि तिहार मनाउन भारतको बेंग्लोरबाट गाउँ आएका हुन् । तिहारपछि पनि बडाल जाँत हेर्नकै लागि गाउँमै बसेको उनले बताए । मेला सकिएपछि फेरि रोजगारीका लागि ब्याङलोर फर्किने उनको योजना छ । गाउँको जाँत र मेलाले परदेशमा रहेका स्थानीयलाई समेत गाउँ फर्किने अवसर दिने गरेको उनले बताए ।

गन्यापधुरा गाउँपालिका–२ का वडाध्यक्ष मनोज देउवाले बडाल जाँतको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व रहेको बताए । पुस्तौंदेखि चल्दै आएको परम्परालाई जोगाउनुका साथै गाउँको पहिचान स्थापित गर्न पनि मेलाको विशेष महत्त्व रहेको उनको भनाइ छ ।

मेलामा स्थानीय उत्पादनको किनबेच पनि हुने गरेको छ । स्थानीय किसानले उत्पादन गरेका सुन्तला, अम्बा तथा विभिन्न तरकारी बिक्रीका लागि ल्याएका छन् । मेलामा पुगेका दर्शनार्थी तथा सर्वसाधारणले पूजाआजासँगै स्थानीय उत्पादन किनमेल गर्ने गरेका छन् । यसले स्थानीय उत्पादनको बजारीकरणमा समेत सहयोग पुर्‍याएको छ ।

बडाल जाँतको अवसरमा गन्यापधुरा गाउँपालिकाले शुक्रबार पालिकाभर स्थानीय बिदासमेत दिएको थियो । हरेक वर्ष हरिबोधनी एकादशीका दिन लाग्ने यो मेलाले धार्मिक आस्था र परम्परागत संस्कृति बोकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीले बताए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
3d ago
सुदूरपश्चिमको उग्रतारा मन्दिरमा ‘देहिजाँत’ मङ्सिर ८ गते लाग्ने

सुदूरपश्चिमको उग्रतारा मन्दिरमा ‘देहिजाँत’ मङ्सिर ८ गते लाग्ने

डडेल्धुरा – सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष लाग्ने मेला ‘देहिजाँत’ आगामी मङ्सिर ८ गते लाग्ने भएको छ । हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात (रतेडी) र दोस्र...

#मेला #जाँत
Compare →
Nagarik News
3d ago
सुदूरपश्चिमको ‘देहिजाँत’ मेला उग्रतारा मन्दिरमा मङ्सिर ७ र ८ गते

सुदूरपश्चिमको ‘देहिजाँत’ मेला उग्रतारा मन्दिरमा मङ्सिर ७ र ८ गते

सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष लाग्ने ‘देहिजाँत’ मेला आगामी मङ्सिर ७ र ८ गते लाग्ने भएको छ।

#मेला #जाँत
Compare →

Related Stories

World News
Build #2612