Trending
Prev Story
Next Story

खेलकुदमन्त्रीले फिफा अध्यक्षलाई दिएको उपहारमा के छ ?

Onlinekhabar •
November 20, 2026 • 09:31 AM
2
2 reads 0 reactions 4 comments

४ मंसिर, काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बिहीबार अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) अध्यक्ष जियानी इन्फान्टिनो र एसियन फुटबल महासंघ (एएफसी) अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफासहितका प्रतिधिनिसँग भेटवार्ता गरे । थाइल्यान्डको बैंककमा …

खेलकुदमन्त्रीले फिफा अध्यक्षलाई दिएको उपहारमा के छ ?

४ मंसिर, काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बिहीबार अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) अध्यक्ष जियानी इन्फान्टिनो र एसियन फुटबल महासंघ (एएफसी) अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफासहितका प्रतिधिनिसँग भेटवार्ता गरे ।

थाइल्यान्डको बैंककमा आयोजित एएफसी अवाड्र्समा सहभागी हुन गएका मन्त्री पोखरेलले फिफा अध्यक्ष र एएफसी अध्यक्षलाई भेटका क्रममा उपहार पनि दिए ।

मन्त्रालय स्रोतकाअनुसार मन्त्री पोखरेलले दिएको उक्त उपहारमा नेपाली मह थियो । ‘हिमालयाज ओन’ नामक उक्त मह हिमालयन महको एउटै संग्रह हो । कम्पनीकाअनुसार उक्त मह नेपालका स्वच्छ र प्राकृतिक हिमाली क्षेत्रहरूबाट संकलन गरिएको हुन्छ ।

मन्त्रीले उपहार दिनका लागि नेपालबाट मह उपहार लगेका थिए । ‘मन्त्री आफैंलाई पनि मन गर्ने र राम्रोसँग राख्यो भने लामो समयसम्म पनि नविग्रिने भएर मह उपहार दिनुभएको हो,’ सचिवालयका एक सदस्यले भने, ‘जसमा नेपालमा नै उत्पादित कुरा रोज्नुभएको हो।’

‘हिमालयाज ओन’ले सामाजिक सञ्जाल मार्फत मन्त्रीले फिफा अध्यक्षलाई मह उपहार दिएको भिडियो राख्दै विश्वसामु पुर्‍याएको भन्दै धन्यवाद दिएको छ जहाँ लेखिएको छ, ‘नेपाल र नेपालीको प्रतिनिधित्व गर्ने सपना बोकेर सुरु गरिएको हाम्रो अभियान आज विश्वमञ्चसम्म पुगेको छ। हाम्रो महलाई प्रिमियम उपहारका रूपमा प्रस्तुत गर्दै मह संकलकहरूको कथा, उनीहरूको साहस, किसानहरूको योगदान र हाम्रो हिमाली विरासतलाई विश्वसामु चिनाउने अवसर प्राप्त भएको छ ।’

थाइल्यान्ड पुगेका मन्त्रीले अखिल नेपाल फुटबल संघ (एन्फा) निलम्बन फुकुवाका लागि फिफा र एएफसीका प्रतिनिधिसँग छलफलसमेत गरेका थिए । छलफलबाट निलम्बन फुकुवा गर्ने मौखिक सहमति भएको सहभागी नेपाली पक्षको भनाइ छ ।

नेपालको तर्फबाट खेलकुदमन्त्री पोखरेलसहित, प्रमुख सल्लाहकार सिद्दि व्यञ्जनकार र राखेप उपाध्यक्ष विशाल श्रेष्ठ सहभागी थिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
16h ago
फिफा र एएफसीका अध्यक्षसँग मन्त्री पोखरेलको छलफल, एन्फामाथिको प्रतिबन्ध फुकाउन पहल

फिफा र एएफसीका अध्यक्षसँग मन्त्री पोखरेलको छलफल, एन्फामाथिको प्रतिबन्ध फुकाउन पहल

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) का शीर्ष अधिकारीहरूलाई भेट गरेका छन्। बैंककमा आयोजित एएफसी अवार्ड्सको अवसरमा मन्त्री पोखरेलले फिफ...

#फिफा #पोखरेल #फुटबल
Compare →
Nagarik News
17h ago
फिफाका अध्यक्षसँग खेलकुदमन्त्रीको भेट, एन्फामाथिको प्रतिबन्ध फुकाउन सकारात्मक

फिफाका अध्यक्षसँग खेलकुदमन्त्रीको भेट, एन्फामाथिको प्रतिबन्ध फुकाउन सकारात्मक

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथिको प्रतिबन्ध हटाएसँगै विश्व फुटबल महासंघ (फिफा) ले पनि निलम्बन फुकुवा गर्ने मौखिक सहमति भएको छ।

#फिफा #फुटबल #महासंघ
Compare →
Ekantipur
1d ago
फिफा अध्यक्षमा जापान फुटबल संघका कोजो तासिमाको उम्मेदवारी

फिफा अध्यक्षमा जापान फुटबल संघका कोजो तासिमाको उम्मेदवारी

पाँच राष्ट्रिय फुटबल संघको समर्थन जुटाएपछि ६८ वर्षीय तासिमाले बुधबार उम्मेदवारी दर्ता गराएका हुन् ।

#फिफा #फुटबल
Compare →

Related Stories

Sports
Build #2612