काठमाडौं । नेपाल फाइनान्स लिमिटेडको २ लाख ३१ हजार ४०३ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ। विद्यमान संस्थापक सेयरधनीबाट खरिदका लागि आवेदन नपरेपछि अन्य इच्छुक व्यक्ति तथा संस्थाबाट आवेदन माग गरिएको हो।
बिक्रीमा राखिएको सेयरमध्ये विजय बहादुर मानन्धरको स्वामित्वमा २ लाख २६ हजार ४०३ कित्ता र मिरा अग्रवालको स्वामित्वमा ५ हजार कित्ता छन्। उनीहरूले आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीका लागि सञ्चालक समितिसमक्ष निवेदन दिएका थिए।
यसअघि उक्त सेयर बिक्रीका लागि ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरेको थियो। उक्त अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट कुनै आवेदन नपरेपछि अन्य इच्छुक व्यक्ति तथा संस्थालाई सेयर खरिदको अवसर दिइएको हो।
बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। इच्छुक खरिदकर्ताले उक्त मूल्यभन्दा कम नहुने गरी आवेदन दिनुपर्नेछ।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।