Trending
Prev Story
Next Story

एनसेलले एक महिनाभित्रै थ्रीजी पूणरुपमा बन्द गर्दै, ग्राहकलाई भोल्टे सेवा लिन आग्रह

Nagarik News •
November 19, 2026 • 03:48 PM
1
1 reads 0 reactions

एनसेलका कुल ३,१२९ वटा थ्रीजी साइटमध्ये हालसम्म ९९२ वटा साइट बन्द भइसकेका छन्। अब कम्पनीले बाँकी रहेका २,१३७ वटा साइटहरुमासमेत थ्रीजी सेवा बन्द गर्नेछ।

एनसेलले एक महिनाभित्रै थ्रीजी पूणरुपमा बन्द गर्दै, ग्राहकलाई भोल्टे सेवा लिन आग्रह

एनसेलले पुरानो प्रविधिलाई विस्थापित गर्दै आधुनिक तथा उन्नत प्रविधिको प्रयोग विस्तार गर्ने उद्देश्यसहित थ्रीजी सेवा पूर्ण रूपमा बन्द गर्ने प्रक्रियालाई अन्तिम चरणमा पु¥याएको छ। कम्पनीले अब बाँकी रहेका ६८ प्रतिशत थ्रीजी साइटहरू पनि एक महिनाभित्रै बन्द गर्ने योजनाको कार्यान्वयन सुरु गरेको छ।

एनसेलका कुल ३,१२९ वटा थ्रीजी साइटमध्ये हालसम्म ९९२ वटा साइट बन्द भइसकेका छन्। अब कम्पनीले बाँकी रहेका २,१३७ वटा साइटहरुमासमेत थ्रीजी सेवा बन्द गर्नेछ।

थ्रीजी सेवा चरणबद्ध रूपमा बन्द गर्ने रणनीतिअनुरूप एनसेलले यसलाई चार चरणमा कार्यान्वयन गर्दैछ। पहिलो चरणमा मंसिर ७ गते लुम्बिनी र गण्डकी प्रदेशका थ्रीजी साइटहरू बन्द गरिनेछन्। दोस्रो चरणमा मंसिर १४ गते काठमाडौं, ललितपुर र भक्तपुरका साइटहरू बन्द गरिनेछन्। त्यसैगरी, तेस्रो चरणमा मंसिर २१ गते मधेश र गण्डकी प्रदेशका बाँकी विभिन्न स्थानका साथै चितवनमा थ्रीजी सेवा बन्द गरिनेछ। चौथो तथा अन्तिम चरणमा मंसिर २६ गते मधेश र कोशी प्रदेशका विभिन्न स्थानमा बाँकी रहेका सबै थ्रीजी साइटहरू बन्द गरिनेछन्।

२०७४ मा सुरु भएको एनसेलको थ्रीजी सेवा यही पुस २ गतेदेखि पूर्ण रूपमा बन्द हुनेछ। यससँगै ग्राहकले फोरजीमा आधारित भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे) प्रविधिमार्फत अझ स्पष्ट तथा उच्च गुणस्तरको भ्वाइस कल र छिटो कल कनेक्सनको अनुभव गर्न सक्नेछन्। भोल्टे प्रविधिबाट ग्राहकले भ्वाइस कल गर्दै एकै समयमा फोरजी डेटा पनि प्रयोग गर्न सक्नेछन्। भोल्टे चलाउनका लागि ग्राहकले फोरजी सिमका साथै यो सेवा चलाउन मिल्ने मोबाइल प्रयोग गर्नुपर्दछ ।

एनसेलकी नेटवर्क हेड लेना केशरी कंसाकारले भनिन्, “पुरानो प्रविधिको सट्टा नयाँ, छिटो र प्रभावकारी प्रविधिमा रूपान्तरण गर्ने तथा पुराना प्रणालीको सञ्चालन र मर्मतसम्भार लागत घटाउने योजना बमोजिम हामीले यो निर्णय लिएका हौं। थ्रीजी सेवा बन्द गर्ने यो प्रक्रियाले हाम्रा बाँकी ग्राहकलाई फोरजी प्रविधिमा आधारित सेवाहरूमा अपग्रेड हुने अवसर प्रदान गर्दछ। थ्रीजी सेवा बन्द भएपछि हामी भोल्टेसहितको फोरजी नेटवर्कलाई थप सुदृढ बनाउन र भविष्यमा फाइभजी प्रविधिका लागि तयार हुन सक्षम हुनेछौं।” उनले थपिन्, “थ्रीजी सेवा बन्द गर्ने क्रममा यसबाट कुनै पनि ग्राहक डिजिटल डिभाइडको जोखिममा नपरून् भन्नेमा एनसेल सचेत छ। फोरजीमा अपग्रेड हुन बाँकी रहेका ग्राहकले पनि टुजी नेटवर्कमार्फत आधारभुत अत्यावश्यक दूरसञ्चार सेवाहरू निरन्तर प्रयोग गर्न सक्ने व्यवस्था सुनिश्चित गर्नेछौं।”

यस कदमले एनसेलको सेवा गुणस्तर थप सुधार गर्न, फोरजी नेटवर्कको क्षमता अभिवृद्धि गर्न र सञ्चालन खर्च घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, यसले कम्पनीलाई भविष्यमा फाइभजी प्रविधि भित्र्याउन आवश्यक तयारी गर्न पनि मद्दत गर्नेछ। थ्रीजी सेवा बन्द भएपछि उपलब्ध हुने फ्रिक्वेन्सीलाई फोरजी सेवा थप सुदृढ बनाउन, नेटवर्क क्षमता बढाउन र कनेक्टिभिटी सुधार गर्न पुनः प्रयोग गरिने एनसेलले बताएको छ ।

हाल थ्रीजी सेवा प्रयोग गरिरहेका ग्राहक आधारभुत दूरसञ्चार सेवाबाट वञ्चित नहून् भन्ने सुनिश्चित गर्न एनसेलले आफ्नो टुजी नेटवर्कको उपलब्ध हुने स्पष्ट पारेको छ । टुजी नेटवर्कमार्फत ग्राहकले आधारभूत भ्वाइस कल र एसएमएस सेवा प्रयोग गर्न सक्नेछन्। एनसेलको फोरजी यसअघि नै नेपालको करिब ९५ प्रतिशत जनसंख्यामा पहुँच विस्तार भइसकेको छ। यो प्रविधिले ग्राहकलाई आधुनिक मोबाइल कनेक्टिभीटीको पहुँच सुनिश्चित गर्दछ ।

हाल एनसेलका कुल सक्रिय ग्राहकहरूमध्ये करिब ५ प्रतिशतले अझै फोरजी सिम प्रयोग गरिरहेका छैनन्। थ्रीजी सेवा बन्द हुने क्रममा ग्राहकलाई पर्न सक्ने असुविधा न्यूनीकरण गर्न कम्पनीले अझै थ्रीजी सिम प्रयोग गरिरहेका ग्राहकलाई निःशुल्क फोरजी सिम उपलब्ध गराउँदै आएको छ। ग्राहकले नजिकैको एनसेल सेन्टर वा प्वाइन्ट अफ सेल्समा गएर आफ्नो सिमलाई फोरजीमा अपग्रेड गर्न सक्छन्। ग्राहकले फोरजी सिम लिदा सात दिन समयसीमा भएको २ जीबी डेटा पनि निःशुल्क प्राप्त गर्दछन् ।

प्रकाशित: ३ मंसिर २०८३ २१:३३ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Bizshala
5h ago
एनसेलको थ्रीजी पुस २ देखि पूर्ण बन्द हुने, ग्राहकलाई भोल्टेमा जान आग्रह

एनसेलको थ्रीजी पुस २ देखि पूर्ण बन्द हुने, ग्राहकलाई भोल्टेमा जान आग्रह

काठमाण्डौ । एनसेलले आगामी पुस २ देखि देशभर थ्रीजी सेवा पूर्ण रूपमा बन्द गर्ने जनाएको छ। पुरानो प्रविधि विस्थापन गर्दै...

#थ्रीजी #एनसेल #साइट
Compare →
Onlinekhabar
5h ago
एनसेलले एक महिनाभित्रै थ्रीजी पूर्ण रुपमा बन्द गर्ने, ग्राहकलाई भोल्टे सेवा लिन आग्रह

एनसेलले एक महिनाभित्रै थ्रीजी पूर्ण रुपमा बन्द गर्ने, ग्राहकलाई भोल्टे सेवा लिन आग्रह

३ मंसिर, काठमाडौं । एनसेलले पुरानो प्रविधिलाई विस्थापित गर्दै आधुनिक तथा उन्नत प्रविधिको प्रयोग विस्तार गर्ने उद्देश्यसहित थ्रीजी सेवा पूर्ण रूपमा बन्द गर्ने प्रक्रियालाई अन्तिम चरणमा पुर्‍याएको छ। कम्पनीले अब बाँकी रहेका ६८ प्रतिशत थ्रीजी साइटहरू …

#थ्रीजी #एनसेल #महिनाभित्रै
Compare →
Ekantipur
2w ago
एनसेलले एक महिनाभित्रै थ्रीजी बन्द गर्दै, टेलिकमले चालु आवमा १ हजार साइट हटाउने

एनसेलले एक महिनाभित्रै थ्रीजी बन्द गर्दै, टेलिकमले चालु आवमा १ हजार साइट हटाउने

थ्रीजी बन्द गर्ने क्रममा एनसेलले निःशुल्क फोरजी सिम अपग्रेड, अपग्रेड गर्दा ७ दिनका लागि २ जीबी बोनस डेटा र तत्काल फोरजीमा जान नसक्नेका लागि टुजी नेटवर्कमार्फत आधारभूत भ्वाइस तथा एसएमएस सेवा उपलब्ध गराउने भएको छ ।

#थ्रीजी #एनसेल #महिनाभित्रै
Compare →

Related Stories

World News
Build #2612