Trending
Prev Story
Next Story

२७ लाख लाइसेन्स छापेको केन्द्रले प्रधानमन्त्री राहत कोषमा बुझायो एक करोड पाँच लाख

Nagarik News •
November 19, 2026 • 03:04 PM
1
1 reads 0 reactions

चेक हस्तान्तरणका अवसरमा सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, सञ्चार सचिव राजेन्द्र पौडेल, अर्थ मन्त्रालयका सहसचिवहरू लगायतको उपस्थिति थियो।

२७ लाख लाइसेन्स छापेको केन्द्रले प्रधानमन्त्री राहत कोषमा बुझायो एक करोड पाँच लाख

सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गत रहेको सुरक्षण मुद्रण केन्द्रले बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनः स्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा रु एक करोड पाँच लाख सहयोग गरेको छ।

केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाले आज उक्त रकम बराबरको चेक अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरे।

चेक हस्तान्तरणका अवसरमा सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, सञ्चार सचिव राजेन्द्र पौडेल, अर्थ मन्त्रालयका सहसचिवहरू लगायतको उपस्थिति थियो।

केन्द्रले उक्त सहयोग आफ्नै आम्दानीबाट जुटाएको जनाएको छ। बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले रकम उपलब्ध गराइएको केन्द्रले जनाएको छ।

केन्द्रले पछिल्लो एक वर्षमा संस्थागत तथा आर्थिक सुधार गर्दै सवारी चालक अनुमतिपत्र र हुलाक टिकट छपाइलगायतका काममार्फत आफ्नो क्षमता विस्तार गरेको जनाएको छ। केन्द्रका अनुसार लामो समयदेखि बाँकी रहेको सवारी चालक अनुमतिपत्रको २७ लाख थान छपाइ छ महिनाभित्र सम्पन्न गरी यातायात व्यवस्था विभागलाई हस्तान्तरण गरिएको छ।

यसअघि सवारी चालक अनुमतिपत्र छपाइका लागि विदेशी मुद्रामा ठूलो रकम खर्च गर्नुपर्ने अवस्था रहेकामा अहिले स्वदेशमै छपाइ हुन थालेपछि विदेशी मुद्रा बचत हुनाका साथै सुरक्षण मुद्रण क्षेत्रमा नेपालको क्षमता विकास भएको केन्द्रको भनाइ छ।

केन्द्रका कार्यकारी निर्देशक ढुंगानाका अनुसार आगामी दिनमा राष्ट्रिय परिचयपत्र, अन्तःशुल्क टिकट, नागरिकता प्रमाणपत्रलगायतका उच्च सुरक्षणयुक्त कागजात पनि स्वदेशमै छपाइ गर्ने तयारी भइरहेको छ। अन्तःशुल्क टिकट छपाइका लागि आन्तरिक राजस्व विभागसँग आवश्यक कार्यढाँचा निर्माणको काम भइरहेको उनले जानकारी दिए।

राज्यका संवेदनशील कागजात स्वदेशमै छपाइ गर्दा तथ्यांक सुरक्षा र राष्ट्रिय सार्वभौमिकता सुदृढ हुनाका साथै विदेशी आपूर्तिकर्तामाथिको निर्भरता घट्ने ढुंगानाको भनाइ छ।

सो अवसरमा अर्थमन्त्री वाग्ले र सञ्चारमन्त्री तिमिल्सिनाले केन्द्रको क्षमता विस्तार तथा आवश्यक पूर्वाधार विकासका लागि सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: ३ मंसिर २०८३ २०:४९ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
22m ago
सुरक्षण मुद्रण केन्द्रद्वारा प्रधानमन्त्री राहत कोषमा एक करोड पाँच लाख सहयोग

सुरक्षण मुद्रण केन्द्रद्वारा प्रधानमन्त्री राहत कोषमा एक करोड पाँच लाख सहयोग

चेक हस्तान्तरणका अवसरमा सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, सञ्चार सचिव राजेन्द्र पौडेल, अर्थ मन्त्रालयका सहसचिवहरू लगायतको उपस्थिति थियो ।

#राहत #चेक #हस्तान्तरण
Compare →
Bizshala
1d ago
प्रधानमन्त्री राहत कोषमा साढे १८ अर्ब मौज्दात, नौ बैंकमा मात्रै १३ अर्ब ७३ करोड रुपैयाँ

प्रधानमन्त्री राहत कोषमा साढे १८ अर्ब मौज्दात, नौ बैंकमा मात्रै १३ अर्ब ७३ करोड रुपैयाँ

काठमाण्डौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि आर्थिक...

#राहत #कोष
Compare →
Arthasansar
1d ago
प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम साढे १८ अर्ब पुग्यो

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम साढे १८ अर्ब पुग्यो

रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सरकारले सञ्चालन...

#राहत #कोष
Compare →
Onlinekhabar
1d ago
भोटेकोशी बाढी : प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम साढे १८ अर्ब पुग्यो

भोटेकोशी बाढी : प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम साढे १८ अर्ब पुग्यो

२ मंसिर, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सरकारले सञ्चालन गरेका प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग …

#राहत #कोष
Compare →
Hamro Patro News
1d ago
भोटेकोशी बाढी : प्रधानमन्त्री राहत कोषमा १८ अर्बभन्दा बढी रकम मौज्दात

भोटेकोशी बाढी : प्रधानमन्त्री राहत कोषमा १८ अर्बभन्दा बढी रकम मौज्दात

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सरकारले सञ्चालन गरेका प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र...

#राहत #कोष
Compare →

Related Stories

Politics & Governance
Build #2612