Trending
Prev Story
Next Story

उदितिको हातमा ‘सेफ्टी कार्ड’, कसको पल्टिनेछ पासा ?

Onlinekhabar •
November 19, 2026 • 09:01 AM
2
2 reads 0 reactions

‘बिग बोस २०’को घरमा कप्तान बन्नु भनेको कुर्सीमा बस्नु मात्र होइन, कहिलेकाहीँ एक जनाको भाग्य नै बदल्ने अधिकार पनि पाउनु हो । यसपटक त्यस्तै मौका पाएकी छन्,  उदिति सिंहले । नयाँ हप्ताको सुरुवातसँगै उदिति फेरि घरको …

उदितिको हातमा ‘सेफ्टी कार्ड’, कसको पल्टिनेछ पासा ?

‘बिग बोस २०’को घरमा कप्तान बन्नु भनेको कुर्सीमा बस्नु मात्र होइन, कहिलेकाहीँ एक जनाको भाग्य नै बदल्ने अधिकार पनि पाउनु हो ।

यसपटक त्यस्तै मौका पाएकी छन्,  उदिति सिंहले । नयाँ हप्ताको सुरुवातसँगै उदिति फेरि घरको कप्तान बनेकी छन् ।

कप्तान बनेलगत्तै उनको हातमा ठूलो अधिकार आएको छ । त्यो हो, नोमिनेशनमा परेका एक जना सदस्यलाई सेफ बनाउने ।

अब रमाइलो कुरा के छ भने, उदितिले आफूलाई मन पर्ने र मन नपर्ने दुई सदस्य छान्नुपर्नेछ ।

अनि यी दुईमध्ये हुने प्रतिस्पर्धाले तय गर्नेछ, आखिर कसले नोमिनेशनबाट मुक्ति पाउँछ ?

अर्थात्, उदितिले नाम त छान्नेछिन्, तर अन्तिम बाजी भने कसले मार्छ भन्ने उनको हातमा मात्र हुनेछैन ।

प्रोमोमा बिग बोसले उदितिलाई सोध्छन्, ‘सबैभन्दा मन पर्ने सदस्य को हो ? अनि, अर्को प्रश्न घरमा राख्नै नचाहने  सदस्यको नाम भन्नुहोस् ?’

उदितिको ‘मोस्ट फेभरेट’मा अरिश्फा खानको नाम आउला भन्ने चर्चा छ । तर ‘लीस्ट फेभरेट’मा कसको नाम पर्ला ?

यही प्रश्नले अहिले दर्शकको उत्सुकता बढाएको छ ।

किनक,  उदितिले रोज्ने दुई नाममध्ये एक जनाले नोमिनेशनबाट बच्ने मौका पाउनेछन् । तर त्यसका लागि उनीहरूले आपसमा प्रतिस्पर्धा गर्नुपर्नेछ ।

यो हप्ता नोमिनेशनमा कनिका मान, लव गिल, माही विज, गुल्लू, आम्रपाली दुबे, काजी तौकीर, अरिश्फा खान, मनीष गोयल, यंग र स्काउट छन् ।

अब यीमध्ये कसको नाम उदितिको रोजाइमा पर्छ ?

र, सबैभन्दा ठूलो कुरा के छ भने उदितिले जसलाई बचाउन चाहन्छिन्, के त्यही सदस्य साँच्चै सेफ हुन सक्ला ?

कप्तान उदितिको हातमा आएको यो पावरले अब घरको खेलमा कसको पासा पल्टाउँछ, हेर्न बाँकी छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
4d ago
लुम्बिनी लायन्सका सन्दीप जोरा भन्छन्, ‘जित हात पर्नेमा विश्वास थियो’

लुम्बिनी लायन्सका सन्दीप जोरा भन्छन्, ‘जित हात पर्नेमा विश्वास थियो’

लुम्बिनी लायन्सका सन्दीप जोरा भन्छन्, ‘जित हात पर्नेमा विश्वास थियो’ विराटनगर किंग्सविरूद्धको खेलमा जितका लागि १ सय ६७ रन पछ्याउने क्रममा लुम्बिनी लायन्सले एक बलको खेल बाँकी छँदा ६ विकेट गुमाएर १ ...

#हात
Compare →
Nagarik News
1w ago
जेनजी अगुवा रवि किरणले दिदीको हातबाट भाइटीका ग्रहण गर्दै भने- यो आत्मियता बढाउने चार्ड हो

जेनजी अगुवा रवि किरणले दिदीको हातबाट भाइटीका ग्रहण गर्दै भने- यो आत्मियता बढाउने चार्ड हो

जेनजी अगुवा रवि किरण हमालले यस वर्षको भाइटीका चितवन पुगेर मनाएका छन्। उनले चितवनको कैलाशनगरस्थित आफ्नी दिदी लक्ष्मीको हातबाट सप्तरङ्गी टीका, माला तथा आशीर्वाद ग्रहण गरेका हुन्।

#हात
Compare →
Ekantipur
1w ago
हाम्रा हातमै पुलिस र सीडीओ छन्, हाम्रा हातमै सबै छन् भन्ने दम्भ त्याग्नुपर्छ : सभापति लामिछाने

हाम्रा हातमै पुलिस र सीडीओ छन्, हाम्रा हातमै सबै छन् भन्ने दम्भ त्याग्नुपर्छ : सभापति लामिछाने

रास्वपा सभापति रवि लामिछानेले भने- 'साथी हो, जनताले दिएको यो अभिमत जनताको हुर्मत लिनका लागि दुरुपयोग नगर्नुहोला, पार्टीले नियालिरहेको छ ।'

#हात
Compare →

Related Stories

Business & Economy
Build #2612