नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार एक विज्ञप्ति जारी गर्दै सोमपाल कामी घाइते भएकाले उक्त प्रतियोगितामा सहभागी हुन नसक्ने जानकारी दिएको छ ।
काठमाडौँ — आजदेखि कतारमा हुरु भएको एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स २०२६ प्रतियोगिताअघि नै नेपाली टोलीका सोमपाल कामी घाइते भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार एक विज्ञप्ति जारी गर्दै सोमपाल कामी घाइते भएकाले उक्त प्रतियोगितामा सहभागी हुन नसक्ने जानकारी दिएको छ ।
उनको स्थानमा लेफ्ट आर्म पेसर प्रतिश जीसीलाई टोलीमा समावेश गरिएको पनि क्यानले जनाएको छ । त्यस्तै यसअघि ट्राभलिङ रिजर्भमा रहेका मयन यादवलाई मुख्य टोलीमै समावेश गरिएको क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।