Trending
Prev Story
Next Story

ठूला तीन शक्तिको छायामा एपेक

Ekantipur •
November 19, 2026 • 06:32 AM
4
4 reads 0 reactions

सी, ट्रम्प र पुटिनबीचको बैठकमा आणविक हतियार, युक्रेन र मध्यपूर्वका द्वन्द्वजस्ता विषयमा छलफल हुने अपेक्षा गरिएको छ

ठूला तीन शक्तिको छायामा एपेक

सी, ट्रम्प र पुटिनबीचको बैठकमा आणविक हतियार, युक्रेन र मध्यपूर्वका द्वन्द्वजस्ता विषयमा छलफल हुने अपेक्षा गरिएको छ

सेन्जेन — व्यापार र प्रविधि विकासलाई खुला राख्न देशहरू एकजुट हुनुपर्ने चिनियाँ राष्ट्रपति सी चिनफिङले बताएका छन् । बिहीबार एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा सहभागी विश्व नेताहरूसँगको संवादमा उनले यस्तो बताएका हुन् ।

गगनचुम्बी भवनहरुले भरिएको वित्तीय केन्द्र शेन्जेनमा आयोजित यस सम्मेलनले कृत्रिम बुद्धिमत्ता (एआई) लगायत आधुनिक प्रविधिमा चीनको नेतृत्वलाई उजागर गरेको छ । तर, सी, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आजै हुने अभूतपूर्व त्रिपक्षीय बैठकले महाशक्ति राजनीतिलाई चर्चाको केन्द्रमा ल्याएको छ ।

एपेक सम्मेलनमा पनि अन्य सदस्य राष्ट्रहरुको दाँजोमा यी तीन महाशक्तिकै सम्बोधनलाई मानिसहरुले चासोपूर्वक लिए ।

वार्षिक एपेक सम्मेलनमा औपचारिक स्वागत, रात्रिभोज, दर्जनौँ द्विपक्षीय भेटघाट र सामूहिक तस्बिर खिच्ने परम्परा कायमै छ । यसपटकको तस्बिरमा नेताहरू औपचारिक पोसाक र काँधमा रातो वा नीलो सल लगाएको अवस्थामा देखिए ।

प्रविधिको सहर शेन्जेनमा झिलिमिली बत्ती र रोबोटहरूले ध्यान तानेका छन् । युद्ध, व्यापार विवाद र आर्थिक सङ्कटबीच सदस्य राष्ट्रलाई संवादमा राख्दै प्रशान्त क्षेत्र वरिपरि स्वतन्त्र व्यापार क्षेत्र बनाउने एपेकको लक्ष्य भने सुस्त गतिमा अघि बढिरहेको छ ।

सी, ट्रम्प र पुटिनबीचको बैठकमा आणविक हतियार, युक्रेन र मध्यपूर्वका द्वन्द्वजस्ता विषयमा छलफल हुने अपेक्षा गरिएको छ । बन्दसत्रको उद्घाटनमा सीले एपेकका २१ अर्थतन्त्रलाई खुला व्यापार र प्रविधि विकासमा एकजुट हुन आह्वान गरे ।

'एपेक सदस्य एउटै डुङ्गाका यात्रुजस्ता हुन्,' उनले भने ।वर्षपछि एपेकमा सहभागी भएका  पुटिनले पनि एकता र रचनात्मक सहकार्यमा जोड दिए ।

ट्रम्पले अमेरिकी अर्थतन्त्रको प्रशंसा गर्दै एकेप सदस्य राष्ट्रहरुसँग थप व्यापार सम्झौता हुने बताए । उनले ती राष्ट्रहरुबाट आफ्नो देशमा खर्बौँ डलर लगानी भित्र्याएको दाबी पनि गरे ।

त्यस्तै, एआईको विकासलाई अन्तर्राष्ट्रिय जगतले नियमन र नियन्त्रण गर्न नहुने धारणा राखे । तर, चीनमा उन्नत कम्प्युटर चिप्सको निर्यातमाथि अवरोध गर्ने अमेरिकी प्रयास बेइजिङका लागि संवेदनशील विषय बनेको छ ।

वासिङ्टनले हालै रिमोट पहुँचमा कडाइ गर्दै एनभिडियाका चिप्समा रहेको कमजोरी बन्द गरेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रमुख क्रिस्टालिना जर्जिएभाले मध्यपूर्वको ऊर्जा सङ्कटको असर कम गर्न एआईले सघाएको बताइन् ।

उनका अनुसार एपेक क्षेत्र ३.४ प्रतिशत र विश्व व्यापार ४.६ प्रतिशतले विस्तार भइरहेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
56m ago
एपेक सम्मेलनमा ट्रम्प र सीबिच द्विपक्षीय वार्ता

एपेक सम्मेलनमा ट्रम्प र सीबिच द्विपक्षीय वार्ता

सेन्जेन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बिहीबार चीनको सेन्जेनमा आयोजित ३३औँ एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका अवसरमा द्विपक्षीय वार्ता भएको छ ।...

#ट्रम्प #राष्ट्रपति #एपेक
Compare →
Nagarik News
3h ago
एआईको पैरवीदेखि चीन–रुससँगको सम्बन्धसम्म एपेकमा ट्रम्पले के-के भने ?

एआईको पैरवीदेखि चीन–रुससँगको सम्बन्धसम्म एपेकमा ट्रम्पले के-के भने ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिंग र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको त्रिपक्षीय शिखर बैठकअघि दुवै नेतासँग आफ्नो सम्बन्ध राम्रो रहेको बताएका छन्।

#ट्रम्प #राष्ट्रपति #एपेक
Compare →
Onlinekhabar
15h ago
चीनमा एकैसाथ देखिए ट्रम्प, सी र पुटिन

चीनमा एकैसाथ देखिए ट्रम्प, सी र पुटिन

चीनको सेन्जेनमा बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी जिनपिङ र  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटघाट भएको छ ।  क्रेमलिनले टेलिग्राममार्फत सार्वजनिक गरेको भिडियोमा पुटिन, ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङ रेड कार्पेटमा सँगै …

#ट्रम्प #राष्ट्रपति
Compare →
Bizshala
20h ago
ट्रम्पका लागि चिनियाँ राष्ट्रपति सीले तोडे कूटनीतिक परम्परा, विमानस्थलमै पुगेर गरे भव्य स्वागत

ट्रम्पका लागि चिनियाँ राष्ट्रपति सीले तोडे कूटनीतिक परम्परा, विमानस्थलमै पुगेर गरे भव्य स्वागत

काठमाण्डौ । चीन र अमेरिकाबीच व्यापार तथा प्रविधिका क्षेत्रमा प्रतिस्पर्धा चर्किरहेका बेला चिनियाँ राष्ट्रपति सी...

#ट्रम्प #राष्ट्रपति
Compare →

Related Stories

World News
Build #2612